काठमाडौं । बृज सिमेन्टले प्रायोजन गरेका १३औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गते शुक्रबारबाट उक्त तीन दिने प्रदर्शनी सुरु भएको थियो ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रदर्शनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन, नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका सियिर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।
सिभिल इन्जिनियर विद्यार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्षदेखि बृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।
बृज सिमेन्ट इन्डस्ट्रिज प्रालि केडिया अर्गनाइजेसनअन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । बृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पिपिसी), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पिएससी) सिमेन्ट उत्पादन गरि बिक्री वितरण गर्दैै आइरहेको छ ।
कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकांश स्थानमा बृज सिमेन्टको माग भइरहको छ । नेपाल सिभिल इन्जिनियरिङअन्र्तगत निर्माण क्षेत्रमा बृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ । त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको छ ।
बृज सिमेन्ट कम्पनीले नेपालको प्राविधक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको छ ।