नेपालमा र विश्वभर रहेका नेपालीमाझ गैरआवासीय नेपालीहरूको अभियानले तीव्रता लिएको छ । भर्खर मात्र नेपालमा गैरआवासीय नेपाली संघको नवौं महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन भैसकेको छ । नेपालको राजनीति, सामाजिक परिवेश र आर्थिक क्रियाकलापमा विदेशमा बस्ने नेपालीको सहभागिता हुँदै आएको छ ।
विदेशमा रहेका नेपालीहरुले नेपालमा पछिल्लो पटक लगानी बढाउँदै लगिरहेका छन् । जलविद्युत, बैकिङ, पर्यटन, सुचनाप्रविधीदेखि लिएर कृषी क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी बढिरहेको छ ।
लगानीसँगै विदेशमा नेपालीहरुले सिकेका प्रविधि, ज्ञान र सिप पनि सँगै नेपालमा भित्रिरहेको छ । गैरआवासीय नेपाल संघ (एनआरएन) को स्थापनाको मुख्य उद्देश्य भनेको नेपालको सामाजिक आर्थिक विकास गर्नलाई हो ।
लगानी भित्राउन एनआरएनले ट्रेड एण्ड इन्भेस्टमेन्ट कमिटी भनेर बनाएको छ । त्यस कमिटीले नेपालमा लगानीका लागि आवश्यक पर्ने कुराका लागि पहल गरिरहेको छ । यस कमिटीले एक वर्षअघि नेपाली लगानीकर्ता कोष स्थापना गरेको छ । यसको उद्देश्य पहिलो चरणमा नेपालमा १० अर्ब रुपैयाँ लगानी ल्याउने, त्यसपछि नेपालको विकासमा सहभागिता गराउने रहेको छ ।
नेपालका विभिन्न विकासका कार्यक्रमहरुमा गैरआवासिय नेपालीहरुलाई सहभागी गराउने भन्ने हो । यस्तै लगानीको अवसर सिर्जना र अर्काे नेपालको विकासमा सहयोगी बन्ने यी दुई वटा अवधारणाले यो अगाडी बढेको छ । यसले सानो र ठूलो पूँजी भएका लगानीकर्ताहरुलाई लगानी गर्न सक्ने खालको वातावरण सिर्जना गरिदिएको छ । राष्ट्रिय विकासका लागि सरकारसँग र नेपालको निजी क्षेत्रसँग पनि सहकार्य गरिरहेको छ ।
गत चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा हामीले एउटा समझदारीपत्र (एओयुमा) मा हस्ताक्षर गरेका छौं । एमओयुमा एनआरएनले १० अर्ब रुपैयाँ ल्याउने भन्ने छ । विभिन्न कारणले केही समय लाग्यो ।
प्रमुख उद्देश्य भनेको नेपालमा रहेका नेपालीहरुको जीवनशैली बढाउने र रोजगारी सिर्जना गर्ने हो । अहिले धेरै नेपाली युवाहरू रोजगारीका लागि बाहिर गएका छन् । मुलुकभित्र रोजगारीको सिर्जना नभएर दैनिक १७ सय युवाहरु कामको खोजीमा विदेशीने गरेको तथ्याँक मुलुकसँग छ । हामीले यही रोजगारी सिर्जना गर्न सक्यौँ भने युवा बाहिर जान बन्द हुन्छ । बाहिर गएर आएकाहरुको सीपलाई पनि हामीले प्रयोग गर्न सक्नुपर्छ ।
गत चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा हामीले एउटा समझदारीपत्र (एओयुमा) मा हस्ताक्षर गरेका छौं । एमओयुमा एनआरएनले १० अर्ब रुपैयाँ ल्याउने भन्ने छ । विभिन्न कारणले केही समय लाग्यो । जुन रुपमा हामी अगाडी बढ्नुपर्ने थियो । त्यहि रुपमा अगाढी बढ्न सकेन ।
अब तीव्र रुपमा अगाढी बढ्ने छ । एमओयुपछि हामीले सरकारसँग छलफल गर्यौं के के अप्ठ्यारा, समस्याहरु छन् भनेर । यसमा केही विषय खुलाउनुपर्छ । एउटा आर्थिक ऐनमा व्यवस्था गर्नुपर्ने कुरा पनि छन् । यस्तै एनआरएनलाई पुँजी बजारमा छिर्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्यो । त्यसमा केही कानुन अरु व्यवधानहरुलाई हटाउनु पर्ने देखिएको छ ।
यसपालीको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई पुँजी बजारमा ल्याउन वातावरण सिर्जना गर्ने र अर्काे गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्ने नीति ल्याएका छन । बजेटमा भएको व्यवस्थालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले पनि सम्बोधन गरेको छ ।
एनआरएनको पुँजी र सीप सेयर बजारमा प्रवेश गराउन हामीले अर्थ र राष्ट्र बैंकसँग छलफल गरेका थियौं । राष्ट्र बैंकलाई विदेशी मुद्रामा खाता खोल्नका लागि स्वीकृतिको व्यवस्था गर्न माग गरेका थियौं । पहिलो चरणमा राष्ट्र बैंकबाट २ वर्षको फिक्स डिपोजिटमा खाता खोल्न स्वीकृति दिएको छ ।
अब हाम्रो माग भनेको बचतमै ल्याउ भन्ने हो । बचतमा भएको पैसाले एकातिर ब्याज आउँछ भने अर्कातिर पैसाको अभाव पूरा गर्न सहयोग पु¥याउने छ । जस्तो हामीले सीसीडी रेसियो ८० प्रतिशत राखेका छौँ । त्यसले हामीलाई लगानीमा संकुचन भइरहेको छ ।
हामीलाई लगानी गर्न स्वदेशी पुँजीले पुग्दैन विदेशी पुँजी चाहिन्छ । विदेशी पुँजी आउनका लागि ३ वटा स्रोतहरु छन् । एउटा रेमिट्यान्स, सरकारबाट सहयोग लिने र अर्काे वैदेशिक लगानी ल्याउने हो । पुँजी जुटाउन एनआरएन फण्डले पहिलो चोटी देश बाहिर साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओले देशबाहिरबाट ठुलो रकम संकलन गर्ने छ । यसका पनि चुनौतीहरु छन् । ती चुनौतीलाई चिर्न हामीले अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरेका छौँ ।
गैरआवासीय नेपालीले ल्याउने भनेको १० अर्ब रुपैयाँ आएको छैन । त्यसका लागि कम्पनी दर्ताको क्रममा छौं । कम्पनीको आधिकारीक पूँजी २० अर्ब रुपैयाँ हुन्छ । यसको चुक्तापुँजी १० अर्ब रुपैयाँ हुने छ । त्यसमध्ये गैरआवासिय नेपालीको संस्थापक लगानीकर्ता हुने छ । एनआरएनको हिस्सा १५ प्रतिशत हुन्छ । कोषले नेपालको पूर्वाधार क्षेत्र, कृषि, पर्यटन, नयाँ आविष्कार लगायतका क्षेत्रमा लगानी गर्नेछ ।
मूख्य कुरा भनेको संसारभर छरिएका नेपालीहरुको पुँजीलाई नेपालमा भित्राउनका लागि गर्ने पहल नै हो । त्यसका लागि अबको नेतृत्वको भूमिका पनि महत्वपूर्ण हुनेछ । लगानीको अभियानलाई विभिन्न मुलुकको नेटवर्कमा पुराएर लगानी जुटाउनु नै ठूलो कुरा हो । फरक फरक रुपमा विदेशमा बस्ने नेपालीको लगानी नेपालमा प्रवेश भैरहेको छ । १० अर्बको कोषले नेपालका लागि नयाँ अवसर सिर्जना पक्कै गर्नेछ ।