काठमाडौं। हिमालयशमशेर राणा। यो एक यस्तो नाम हो, जसबारे नसुन्ने र थाहा नपाउने आर्थिक तथा वित्तदेखि समाज सेवा क्षेत्रमा सायदै कोही होलान्। उनलाई इतिहासले सम्झनैपर्ने केही विषय छन्। नेपालका आर्थिक संस्थाहरूको आधुनिकीकरणका प्रणेता मानिने हिमालयशमशेर कागजी मुद्रा (बैंक नोट) मा हस्ताक्षर गर्ने मुलुककै पहिलो गभर्नर थिए। नेपाल राष्ट्र बैंकको जिम्मेवारी काँधमा लिँदा उनी २९ वर्षका केटौले थिए।
उनी अर्थ मन्त्रालयको पनि पहिलो सचिवदेखि नेपाली मुद्राका प्रवर्तकसमेत थिए। सरकारी सेवा निवृत्त भएपछि उनैले सुरु गरेको हिमालयन बैंक अहिले मुलुकका अग्रणी बैंकमध्ये दरिएको छ। यो उनकै ‘भिजन’ बाट सम्भव भएको हो।
हिमालयको परिचय यतिमै सीमित हुँदैन। नेपालकै पहिलो अर्थ सचिवमात्र नभई केन्द्रीय बैंकका पहिलो गभर्नर, यी विशेषण सधैं उनीसँग जोडिएका छन्। साढे दुई दशक संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत रहेर मुलुक बाहिर बसेका उनी नेपालको राजनीति र अर्थतन्त्रसँग सधैं निकट थिए।
जीवनको उत्तरार्द्धमा पुगिसक्दा पनि सक्रिय भइरहेका हिमालय आइतबार ९५ वर्षको उमेरमा सदाका लागि अस्ताए। उनले फुर्सदिलो जीवन नै बिताएनन्। लगभग शताब्दीहाराहारी जीवन बाँचेका उनी सधैं व्यस्त रहन्थे। त्यो नै उनको ‘खासियत’ थियो। उनी सधैं मुस्कुराइरहेका हुन्थे। मुहारमा कहिल्यै निराशाको भाव झल्किन दिन्थेनन्।
२०७५ असार तेस्रो साता हिमालयले क्यापिटल नेपालसँग दुई घन्टा खुलेर कुरा गरेका थिए। त्यसबेला ९० वर्षमा दौडिरहेका उनलाई ‘यो उमेरमा पनि यतिविधि सक्रिय हुनुहुन्छ, थकाइ लाग्दैन?’ भन्दा उनको मुहारमा एकखालको चमक देखियो, अनि मुसुक्क मुस्कुराए। र, लगत्तै पावरवाला सेतो चस्मा मिलाउँदै भने, ‘मलाई आवश्यक ठानेर बोलाउनेहरूकोमा गएर सल्लाह दिने गरेको छु। सल्लाह, सुझाव, निर्देशन दिन र आफ्नो काम गर्न कहिल्यै ‘टायर्ड’ महसुस गर्नुहुन्न भन्ने मेरो मान्यता छ।’
हिमालयको परिचय यतिमै सीमित हुँदैन। नेपालकै पहिलो अर्थ सचिवमात्र नभई केन्द्रीय बैंकका पहिलो गभर्नर, यी विशेषण सधैं उनीसँग जोडिएका छन्। साढे दुई दशक संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत रहेर मुलुक बाहिर बसेका उनी नेपालको राजनीति र अर्थतन्त्रसँग सधैं निकट थिए।
उनको त्यही भनाइ शिरोपर गर्ने हो भने सक्रिय जीवन बाँच्न पक्कै सहज हुनेछ। उनी आफैंले स्थापना गरेको हिमालयन बैंकको नियमित बोर्ड बैठकमा सहभागी हुन्थे। बैंकलाई अब कसरी अगाडि बढाउने, ग्राहकमाझ अझै विश्वासिलो कसरी बनाउने, बजारमा दरिलो उपस्थिति कसरी बढाउँदै लाने भनेर उनले प्रत्येक बोर्ड बैठकमा बोर्ड सदस्यहरूलाई सल्लाह, सुझाव र निर्देशन दिने गरेका थिए। त्यति पाको उमेरमा पनि सक्रिय भएर सल्लाह, सुझाव र निर्देशन पाउँदा बोर्ड सदस्य नतमस्तक हुन्थे।
‘म चार वर्षभन्दा बढी समय अर्थ सचिव र त्यति नै समय गभर्नर बनेँ। अर्थ सचिवबाट हटेपछि गभर्नर बन्दाको समयमा चाहिँ अर्थ सचिव नै बनिरन पाए हुन्थ्यो जस्तो लागेको थियो,’ त्यसबेला क्यापिटल नेपालसँग हिमालयले भनेका थिए, ‘म गभर्नरको महत्व थाहा पाएर भएको होइन, तर गभर्नरको ग्ल्यालमर पछि बढ्दै गयो।’
हिमालयको परिचय यतिमै सीमित हुँदैन। नेपालकै पहिलो अर्थ सचिवमात्र नभई केन्द्रीय बैंकका पहिलो गभर्नर, यी विशेषण सधैं उनीसँग जोडिएका छन्। साढे दुई दशक संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत रहेर मुलुक बाहिर बसेका उनी नेपालको राजनीति र अर्थतन्त्रसँग सधैं निकट थिए।
‘म चार वर्षभन्दा बढी समय अर्थ सचिव र त्यति नै समय गभर्नर बनेँ। अर्थ सचिवबाट हटेपछि गभर्नर बन्दाको समयमा चाहिँ अर्थ सचिव नै बनिरन पाए हुन्थ्यो जस्तो लागेको थियो,’ त्यसबेला क्यापिटल नेपालसँग हिमालयले भनेका थिए, ‘म गभर्नरको महत्व थाहा पाएर भएको होइन, तर गभर्नरको ग्ल्यालमर पछि बढ्दै गयो।’
हिमालयले भनेजस्तै उनलाई त्यो बेला गभर्नरको महत्व साँच्चै थाहा थिएन। अर्थ सचिव भएर नीतिगत सुधारमा लागेका राणाले त्यो बेलाका राजनीतिक शीर्ष नेतालाई अर्थमन्त्रीका रूपमा पाएका थिए। अर्थ सचिव भएकै बेला वित्तीय ज्ञान बढाउन उनी थप अध्ययनका लागि अमेरिका र क्यानडा गएका थिए। एक वर्षपछि फर्किंदा अर्थ सचिवमा तत्कालीन सरकारले अर्कै व्यक्ति नियुक्त गरिसकेको थियो।
‘अर्थ सचिव हुँदा नै म अध्ययनका लागि एक वर्ष बाहिर गएँ, आउँदा मेरो ठाउँमा अर्कैलाई ल्याइएको थियो,’ हिमालयले विगत सम्झिएका थिए, ‘एक वर्ष ग्याप हुँदा अर्को व्यक्ति आउनु स्वाभाविकै थियो। तर, मलाई भने अर्थ सचिवमै राखिदिए हुन्थ्यो भन्ने लागेको थियो, सम्भव हुन सकेन।’
उनी जगेडामा परे। मुलुकमा राणाशासन हटेर प्रजातन्त्र आएको पाँच वर्ष पुगेको थियो। नयाँ राजनीतिक व्यवस्थाको जग बस्दै थियो। जताततै नयाँ लहर र उमङ्ग छाएको थियो। हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्ने राजा महेन्द्रले उद्घोष गरेर अगाडि बढिसकेका थिए।
तर, त्यसबेला नेपालमा दुई किसिमका मुद्रा चल्थे। पहाड र हिमालमा नेपाली मुद्रा चले पनि तराईमा भारतीय मुद्रा (भारु) मात्र चल्थ्यो। एउटै देशमा दुइटा मुद्रा चलेपछि राजा महेन्द्रलाई राष्ट्र बैंक खोल्ने, बैंक स्थापना गर्ने र वित्तीय अवस्थामा सुधार ल्याउने हुटहुटी चल्यो। त्यसका लागि उपयुक्त पात्रको खोजीमा रहेको राजा महेन्द्रले हिमालयलाई भेटे। राष्ट्र बैंकको अवधारणाअनुसार राजा महेन्द्रले हिमालयलाई गभर्नर बन्न प्रस्ताव गरे।
गभर्नर भएपछि नोटमा हस्ताक्षर गरेको महिमा पनि धेरै समयसम्म थाहै नभएको उनले बताएका थिए। नोटमा हस्ताक्षर त गरे। तर, त्यो बेला पनि उनमा कुनै उत्साह देखिएको थिएन।
‘तराईमा नेपाली मुद्रा नचल्ने र सरकारी टेन्डरदेखि राजस्वसम्म भारतीय मुद्रा नै चल्ने अवस्था थियो,’ हिमालयले भनेका थिए, ‘एउटै मुद्रा चलाउने र वित्तीय अवस्थामा नयाँ सुधार ल्याउने उद्देश्यले राजा महेन्द्रले राष्ट्र बैंकको अवधारणा ल्याउनुभएको थियो।’
विदेशबाट आएको पुगनपुग दुई महिना हुँदै थियो। राजा महेन्द्रले दरबारका मान्छे पठाएर राष्ट्र बैंकको अवधारणा सुनाए। उनीहरूमार्फत बैंकमा ‘तपाईं नै गभर्नर हुनुपर्यो’ भन्ने प्रस्तावपछि हिमालय मुलुककै पहिलो गभर्नर बनेका थिए।
गभर्नर भएपछि नोटमा हस्ताक्षर गरेको महिमा पनि धेरै समयसम्म थाहै नभएको उनले बताएका थिए। नोटमा हस्ताक्षर त गरे। तर, त्यो बेला पनि उनमा कुनै उत्साह देखिएको थिएन।
‘पछि त्यसको महत्व बढी रहेछ भन्ने बुझेँ। आफ्नै हस्ताक्षरको नोट अहिले मसँग छैन,’ त्यसबेला आफूले नोट खोजिरहेको रमाइलो प्रसङ्ग उनले सुनाएका थिए, ‘२४ वर्ष बाहिर बस्दा संकलन गर्नै पाइनँ। अहिले खोजिरहेको छु, भेटेको छैन। नोटको सुरुको अंकमा राजा महेन्द्रले हस्ताक्षर गरेर मलाई दिनुभएको थियो। त्यो पनि अहिले भेटेको छैन।’
‘महेन्द्र सरकारले राख्नु पनि भयो, हटाउनु पनि भयो,’ उनले भनेका थिए, ‘दलहरूलाई प्रतिबन्ध गरेर निर्दलीय गराउने महेन्द्रको योजना रहेछ। सबैलाई हटाउँदा म पनि हटेँ। गभर्नरबाट हटाउँदा साह्रै दुःख लाग्यो। मुटुमा ज्वालामुखी नै गएको थियो। रातभरि निद्रा परेन। राजपरिवारसँग राणा परिवारको पारिवारिक नाता पनि थियो।
र, सायद उनी आफैंले हस्ताक्षर गरेको नोट नभेटी सदाका लागि गए। हिमालयले गभर्नरको जिम्मेवारी काँधमा लिएपछि तराई क्षेत्रमा पनि नेपाली नोट चलनचल्तीमा आयो। उनले नेपाली रुपैयाँ र भारुको सटही दर व्यवस्थित बनाए। उनलाई महेन्द्रले गभर्नर बनाएका थिए र पछि महेन्द्रले नै हटाएका थिए। २०१७ सालमा महेन्द्रले राजनीतिक ‘कू’ गरेपछि प्रमुख पदबाट सबैलाई हटाउँदा हिमालय पनि त्यही घानमा परेका थिए।
‘महेन्द्र सरकारले राख्नु पनि भयो, हटाउनु पनि भयो,’ उनले भनेका थिए, ‘दलहरूलाई प्रतिबन्ध गरेर निर्दलीय गराउने महेन्द्रको योजना रहेछ। सबैलाई हटाउँदा म पनि हटेँ। गभर्नरबाट हटाउँदा साह्रै दुःख लाग्यो। मुटुमा ज्वालामुखी नै गएको थियो। रातभरि निद्रा परेन। राजपरिवारसँग राणा परिवारको पारिवारिक नाता पनि थियो। त्यसैले ‘मैले के बिराएँ? किन हटाइबक्स्यो? भनेर निवेदनसमेत दिएको थिएँ।’
राणा भए पनि हिमालयको परिवार मध्यमवर्गीय थियो। अर्थ सचिवबाट गभर्नर बने पनि चार वर्षमै त्यो पद पनि फुस्किएपछि उनलाई साह्रै समस्या भएको थियो। उनले राजालाई दिएको निवेदनको जवाफ पनि फिर्ता आएन। जीवन अन्यौलमै चलिरहेको थियो।
‘दरबारबाट राजाले मलाई भेट्छु भन्ने हुकुम भएको छ भन्ने खबर त आएको थियो,’ उनी विगतमा फर्किएका थिए, ‘तर, तीन महिनासम्म भेट भएन। यसबीचमा मैले युएनमा जागिर खान आवेदन दिइसकेको थिएँ।’
फुर्सदिला हिमालयलाई युएनबाट बोलाइयो। यता, दरबारबाट बोलावट भयो। उनी दोधारमा परे। तर, उनी दरबार नगई सिधै युएनतिर सोझिए। ‘म युएन जाने बेलाा दरबारबाट खबर आयो तर गइनँ,’ हिमालयले भनेका थिए, ‘खासमा दरबारलाई कुर्नुपर्छ भन्ने भावमा त्यहाँबाट सन्देश आएको थियो।’
२००७ देखि २०१२ सालमा नौ–नौ महिनामा सरकार फेरिरहँदा हिमालयले विभिन्न अर्थमन्त्रीसँग काम गरेका थिए। अरू मन्त्रालयका धेरै सचिव फेरिँदा पनि उनी अर्थसचिवमै बसिरहेका थिए। ‘म अर्थसचिव भएपछि इन्कम ट्याक्स डिपार्टमेन्ट, एक्साइज ड्युटी डिपार्टमेन्ट खडा गरेँ,’ उनले विगत सम्झिएका थिए, ‘म अर्थ सचिव हुँदा सुवर्णशमशेर राणा, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, गुञ्जमान सिंह र केआई सिंह अर्थमन्त्री भएर आएका थिए तर सबैसँग मिलेर काम गरेँ र सबैको मन जितेँकाे थिएँ।’
युएन प्रमुख भएर उनले बर्मा, इन्डोनेसिया, अफगानिस्तान, श्रीलंकालगायत देशमा काम गरे। न्युयोर्क बसे। उनी जहाँजहाँ जान्थे, सन्तानलाई पनि उतै लैजान्थे। उतै पढाउँथे। संसारका विभिन्न देशमा ज्ञान र अनुभव बटुलेका उनका जेठा छोरा अशोक बुबाको पदचापअनुसार प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेर हिमालयन बैंक हाँकिरहेका छन्। कान्छा छाेरा अमर विभिन्न व्यवसायमा आबद्ध छन्। जेठी छोरी प्रतिमाको अर्का बैंकर पृथ्वीबहादुर पाँडे र कान्छी छोरी संगीताको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापासँग दाम्पत्य जीवन चलिरहेको छ।
राजा त्रिभुवन र महेन्द्रसँग नजिक रहेका हिमालय उनीहरूसँग उठबसमै हुन्थे। ‘मैले राजा त्रिभुवनसँग बसेर धेरैपटक वाइन पिएको छु। महेन्द्र सरकारसँग पनि पिउनकै लागि पनि बसियो तर गभर्नरबाट हटेपछि टाढा भइयो,’ उनले त्यसबेला सम्झिएका थिए।
२००७ देखि २०१२ सालमा नौ–नौ महिनामा सरकार फेरिरहँदा हिमालयले विभिन्न अर्थमन्त्रीसँग काम गरेका थिए। अरू मन्त्रालयका धेरै सचिव फेरिँदा पनि उनी अर्थसचिवमै बसिरहेका थिए। ‘म अर्थसचिव भएपछि इन्कम ट्याक्स डिपार्टमेन्ट, एक्साइज ड्युटी डिपार्टमेन्ट खडा गरेँ,’ उनले विगत सम्झिएका थिए, ‘म अर्थ सचिव हुँदा सुवर्णशमशेर राणा, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, गुञ्जमान सिंह र केआई सिंह अर्थमन्त्री भएर आएका थिए तर सबैसँग मिलेर काम गरेँ र सबैको मन जितेँकाे थिएँ।’
त्यसबाहेक नेपालको पहिलो बजेट निर्माण गर्न पनि उनको योगदान थियो। त्यसपछिको पहिलो चार वर्षको बजेट पनि उनले नै बनाएका थिए। ‘पहिलो बजेट तीन करोडको थियो। बजेटको अभ्यास भएपछि बनाइएकाले त्यसले धेरै कुरा सम्बोधन गरेको थियो,’ उनले भावुक हुँदै भनेका थिए।
अर्थ सचिव र गभर्नरसमेत भइसकेकाले होला, हिमालयशमशेर २०४७ सालमा निजी क्षेत्रबाट बैंक खोल्न कस्सिएका थिए। त्यसका लागि टिम बनाए। नाम पनि राखियो- हिमालयन बैंक।
‘खासमा ठ्याक्कै मेरै नामलाई बैंकको नाम बनाउन लागिएको थियो। साथी र हाम्रो टिमले मेरै नामबाट बैंक सञ्चालन गर्न दबाब दिएका थिए। मैले कुनै पनि हालतमा मानिनँ,' उनी त्यसबेला खुलेका थिए, 'अन्ततः हिमालयन भएको हो। यो नामले मलाई होइन, देशलाई चिनाउँछ भनेपछि हिमालयन नै राखियो।’
हिमालयले मुलुकमा धेरै राजनीतिक परिवर्तन देखे। तर, जेजस्तो परिवर्तन साक्षात्कार गरे पनि जहिल्यै सुशासनको अभाव खड्किएको बताउँथे। ‘हरेक व्यवस्था देशका लागि राम्रो हुन्छ भनेर आउने हो,’ उनले गम्भीर हुँदै भनेका थिए, ‘तर, अहिलेसम्म व्यवस्था बदलियो, देश बदलिएन। राजाले पनि राम्रै गर्न खोजेका हुन्। दलले पनि राम्रै गर्न खोजेजस्तो लाग्छ तर देश बनिरहेको छैन। सुशासन नभएकाले यस्तो भएको हो।’
हिमालय रोलक्रमवाला राणा थिए। प्रधानमन्त्री हुनेवाला रोलक्रममा भएकालाई रोलक्रमवाला राणा भनिन्थ्यो। ‘राणाशासन अन्त्य हुँदा हामी ३९ जना रोलक्रमवाला थियौं। प्रधानमन्त्रीमा मेरो पालो आउँथ्यो-आउँदैनथ्यो, अर्कै कुरा हो। मलाई पदको लोभ थिएन। काम गर्ने लोभ थियो,’ उनले भनेका थिए।
बैंकिङ क्षेत्रबाहेक उनले व्यापारिक घराना खेतान ग्रुपका अध्यक्ष मोहनगोपाल खेतानसँगको साझेदारीमा गोरखा ब्रुअरी सञ्चालन गरेका थिए। पछिल्ला पाँच वर्ष पार्किन्सन रोगसँग जुधिरहेका हिमालयकाे राजधानीकाे नर्भिक अस्पतालमा उपचार गरिएकाे थियाे।
लगभग एक शताब्दी सक्रिय जीवन बाँचेर हिमालयशमशेरले सबैलाई प्रेरणा र हौसला दिए...
अलबिदा हिमालय सर!