काठमाडौं। स्मार्टफोन कम्पनी भिभोले आफ्नो भी र वाई सिरिजका चार स्मार्टफोनको मूल्य घटाएको छ। कम्पनीले भी२३ई (१२८जीवी र २५६ जिवी), वाई५३एस, वाई२०एस, र वाई१५सीको मूल्य घटाएको हो।
घटाइएको नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र ई–कमर्स वेबसाइटमा लागू हुने कम्पनीले जनाएको छ।
यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन्:
मोडल | पूरानो मूल्य | नयाँ मूल्य |
भी२३ ई (८ +१२८ जिवी) | रु ४१,९९९ | रु ३६,९९९ |
भी२३ ई (८ +२५६ जिवी) | रु ४६,९९९ | रु ४१,९९९ |
वाई५३ एस (८ +१२८ जिवी) | रु ३४,९९९ | रु ३०,९९९ |
वाई२०एस (४ +१२८ जिवी) | रु २५,४९९ | रु २३,४९९ |
वाई१५सी (३ +३२ जिवी) | रु १७,९९९ | रु १४,९९९ |
भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्रेट र मल्टी–स्टाइल पोट्रेट जस्ता विभिन्न पोट्रेट मोडहरू छन्। यसमा ८जिवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जिवी र २५६जिवी छन्।
यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ। यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। यसमा फेनटच ओएस१२ छ। वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी पोट्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ।
जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जिवी र्याम र एक्सटेन्डेवल र्याम छ।
निर्वाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फुल भ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्सन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरालगायत उल्लेखनीय विशेषता छन्।
वाइ २० एस मा ४जिवी र्याम र १२८ जिवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो। यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्सका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जिपियुमा आधारित छ। यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग छ।