काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन बिहीबार उच्च अंकले गिरावट आएको छ।
बिहीबार नेप्से २२.१२ अंकले घटेर २ हजार ९४ दशमलब ५४ बिन्दुमा बन्द भएको हो। बुधबार नेप्से ४.९७ अंकले बढेर २ हजार १ सय १६ दशमलब ६५ बिन्दुमा बन्द भएको थियो।
त्यस्तै, आज नेप्सेमा उच्च गिरावट भए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। हिजो नेप्सेमा कारोबार रकम २ अर्बभन्दा कम कारोबार भएकोमा आज भने नेप्सेमा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार नेप्सेमा १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको सेयरमूल्य ओरालो लागेको छ।त्यस्तै ३ वटा कम्पनीको सेयरमूल्य भने स्थिर छ।
आज कारोबार भएको कम्पनीमध्ये सबैभन्दा धेरै आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उच्च वृद्धि भएको छ आज यस कम्पनीको सेयरमूल्य सर्किट लेभलको वृद्धि भएको हो।
त्यस्तै, आज सुपर माइक्रो फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स र रिडी पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। यी कम्पनीहरुको शेयरमूल्यमा ५ प्रतिशत भन्दा बढीले घटेको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ । यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको हो।