काठमाडौं । एनआईसी एसिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका बैंकका १ सय ५० भन्दा धेरै व्यावसायिक साझेदारको सहभागिता थियो।
‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फस्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरूले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्यांकन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एनआईसी एसयिा मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो।
बैंकका लाइफ स्टाइल बैंकिङ युनिर्भस प्रमुख श्यामप्रसाद लामिछानेज्यूले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरू तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरूको बारेमा जानकारी गराएका थिए । साथै, यस प्रकारको कार्यक्रमहरू आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना छ ।
हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३ सय बढी ई–कमर्स मर्चेन्टको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाले बैंकसँग सहकार्य गरिरहेका छन्।बैंककाे मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटिएम, १ सय ६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा छन् ।