काठमाडौं। चितवनको नारायणी नदीमा बन्ने 'सिग्नेचर ब्रिज' निर्माणको ठेक्का सम्झौता चैत मसान्तसम्म हुने भएको छ। ब्रिज निर्माणका लागि दुइटा कम्पनीले आशयपत्र पेस गरेका छन्।
ती कम्पनीका प्राविधिक प्रस्ताव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको सडक विभागअन्तर्गतको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) नरेन्द्र भट्टले बताए।
‘माघ अन्तिमसम्म आशयपत्र पेस गरेका कम्पनीको प्राविधिक मूल्यांकन हुन्छ, त्यसपछि आर्थिक प्रस्तावका लागि अर्को ठेक्का आह्वान गर्नुपर्छ,’ भट्टले क्यापिटल नेपालसँग भने।
आर्थिक प्रस्तावको ठेक्का आह्वानदेखि विभिन्न चरण पार गर्दै सम्झौता गर्न चैतभरि लाग्ने महाशाखाले जनाएको छ। पुस २० मा दोस्रोपटक आह्वान भएको ठेक्कामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका थिए। कात्तिक २ मा पहिलोपटक नारायणीमा सिग्नेचर ब्रिज निर्माणका लागि ठेक्का आह्वान भएको थियो। तर, उक्त समयमा कुनै पनि आवेदन नपरेपछि महाशाखाले पुनः मंसिर २० मा दोस्रोपटक आह्वान गरेको थियो।
उनका अनुसार नेपालका १८/२० वटा निर्माण कम्पनीले सिग्नेचर ब्रिज निर्माण गर्न सक्छन्। सरकारले निर्माण व्यवसायीका लागि नियममा कडाई गरेसँगै अन्य आयोजनाका ठेक्का आह्वानमा पनि २/३ वटा निर्माण व्यवसायीको मात्रै आवेदन आउने गरेको छ।
दोस्रोपटकको ठेक्का आह्वानमा भने अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका हुन्। ‘सरकारले पाँचवटा आयोजनाभन्दा बढीमा एउटा कम्पनीले एकैपटक काम गर्न नपाउने नियम बनाएको छ, त्यसको प्रभाव पनि होला,' नेपालमै पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणमा व्यवसायीहरूले चासो नदेखाउनुका कारणबारे महाशाखाका एक इन्जिनियर भन्छन्, 'नयाँ डिजाइनको पुल निर्माण गर्दा हुने जोखिमले गर्दा व्यवसायीले चासो नदेखाएका होलान्।’
उनका अनुसार नेपालका १८/२० वटा निर्माण कम्पनीले सिग्नेचर ब्रिज निर्माण गर्न सक्छन्। सरकारले निर्माण व्यवसायीका लागि नियममा कडाई गरेसँगै अन्य आयोजनाका ठेक्का आह्वानमा पनि दुई/तीन निर्माण व्यवसायीको मात्रै आवेदन आउने गरेको छ।
महाशाखाले आर्थिक प्रस्तावको ठेक्का आह्वान गर्न कम्तीमा दुइटा निर्माण कम्पनी प्राविधिकरूपमा योग्य भएर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। तर, नारायणीको सिग्नेचर ब्रिज निर्माणका लागि तुँदी र अनक कन्स्ट्रक्सन दुइटा कम्पनीले मात्रै आशयपत्र पेस गरेका करण एउटा कम्पनी प्राविधिकरूपमा अयोग्य भए आर्थिक प्रस्ताव खोल्न पाइँदैन।
पूर्व-पश्चिम राजमार्गमा पर्ने चितवनको नारायाणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गरेको पुल महाशाखाले हालसम्म पनि पुल बन्ने निश्चित स्थान भने तय गरेको छैन। अहिले रहेको पुलनजिकै सिग्नेचर ब्रिज बनाउने योजना महाशाखाको छ।
त्यस्तो अवस्थामा महाशाखाले ब्रिज निर्माणका लागि फेरि (तेस्रोपटक) ठेक्का आह्वान गर्नुपर्ने हुन्छ। तर, तुँदी र अनक कन्स्ट्रक्सन दुवै प्राविधिकरूपमा योग्य देखिए भने चैतसम्म ठेक्का सम्झौता हुनेछ।
२ अर्ब लागत अनुमान
नारायणीको सिग्नेचर ब्रिज निर्माण लागत करिब २ अर्ब रूपैयाँ लाग्ने पुल महाशाखाले जनाएको छ। सामान्यतया निर्माण हुने मोटरेबल पुलभन्दा सिग्नेचर ब्रिजको लागत दुई गुण बढी हुने इन्जिनियर बताउँछन्। महाशाखाले अनुमान गरेको करिब २ अर्ब रुपैयाँ लागत निर्माण सम्झौता गर्ने समयमा घटबढ हुनसक्छ।
त्यस्तै पुलको लम्बाइ ४ सय २० मिटर हुने महाशाखाले जनाएको छ। हाल सञ्चालनमा रहेको पुलको लम्बाइ पनि ४ सय २० मिटर नै छ। ४० वर्षअघि बनेका पुल जीर्ण बन्दै गएपछि सडक विभागले नयाँ पुल निर्माण गर्ने योजना अघि सारेको हो।
स्वदेशी निर्माण व्यवसायीमात्रै सहभागी हुन मिल्ने गरी ठेक्का आह्वान भएको थियो। तर, नेपाली निर्माण व्यवसायीसँग सिग्नेचर ब्रिज निर्माणको अनुभव भने छैन। जसका कारण निर्माण जिम्मेवारी लिने कम्पनीले अन्तर्राष्ट्रियरूपमा सिग्नेचर ब्रिजसम्बन्धी दक्षता भएको प्राविधिकको सहकार्यमा ब्रिजको डिजाइन बनाउनुपर्ने महाशाखाले जनाएको छ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने चितवनको नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गरेको पुल महाशाखाले हालसम्म पनि पुल बन्ने निश्चित स्थान भने तय गरेको छैन। अहिले रहेको पुलनजिकै सिग्नेचर ब्रिज बनाउने योजना महाशाखाको छ।
स्वदेशी निर्माण व्यवसायीमात्रै सहभागी हुन मिल्ने गरी ठेक्का आह्वान भएको थियो। तर, नेपाली निर्माण व्यवसायीसँग सिग्नेचर ब्रिज निर्माणको अनुभव भने छैन। जसका कारण निर्माण जिम्मेवारी लिने कम्पनीले अन्तर्राष्ट्रियरूपमा सिग्नेचर ब्रिजसम्बन्धी दक्षता भएको प्राविधिकको सहकार्यमा ब्रिजको डिजाइन बनाउनुपर्ने महाशाखाले जनाएको छ।
‘पुरानो दुई लेन र नयाँ बन्ने दुई लेन गरेर चार लेन हुन्छ, त्यस्तै जग्गा प्राप्तिको समस्याले पनि तत्काललाई चार लेनको सिग्नेचर ब्रिज निर्माण नहुने भएको हो,' चार लेनको सडकमा दुई लेनको पुल निर्माण गर्नुको कारणबारे एक अधिकारी भन्छन्, 'तर, फेरि चार लेनको सिग्नेचर ब्रिज बनाएर पछिसम्ममा ६ लेनको पुल तयार हुन्छ।’
‘ब्रिजको डिजाइन बनाउन नेपाली वा विदेशी जो भए पनि अन्तर्राष्ट्रिय एक्स्पर्ट हुनुपर्छ,' महाशाखाका एक अधिकारी भन्छन्, 'निर्माण कम्पनीले तयार गरेको डिजाइन विभाग वा महाशाखाले चेक गरेपछि मात्रै निर्माण सुरु हुने हो।’
दुई लेनमा निर्माण भएको पूर्व-पश्चिम राजमार्ग सरकारले 'एसियन हाइवे' का रूपमा विकास गर्न चार लेनमा विस्तार गर्दैछ। तर, त्यही राजमार्गमा बन्ने सिग्नेचर ब्रिज भने दुई लेनको बनाउने तयारीमा पुल महाशाखा देखिन्छ।
‘पुरानो दुई लेन र नयाँ बन्ने दुई लेन गरेर चार लेन हुन्छ, त्यस्तै जग्गा प्राप्तिको समस्याले पनि तत्काललाई चार लेनको सिग्नेचर ब्रिज निर्माण नहुने भएको हो,' चार लेनको सडकमा दुई लेनको पुल निर्माण गर्नुको कारणबारे एक अधिकारी भन्छन्, 'तर, फेरि चार लेनको सिग्नेचर ब्रिज बनाएर पछिसम्ममा छ लेनको पुल तयार हुन्छ।’
मुलुकमै पहिलोपटक बनाउन लागिएको सिग्नेचर ब्रिजले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समेत पर्यटक आकर्षण थप बढाउने महाशाखाले जनाएको छ। नारायणी नदीसँगै सरकारले देशभरि १२ वटा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना अगाडि सारेको छ। जसमध्ये अधिकांश पुल पूर्व–पश्चिम राजमार्गमा निर्माण हुनेछन्।