काठमाडाैं। बजार अनुगमनका क्रममा अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तीजन्य पदार्थसहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरि कसुरमा संलग्न व्यक्तिलाई थुनामा राखि अनुसन्धानअघि बढाएको भन्ने समाचारप्रति नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले ध्यानाकर्षण भएकाे जनाएकाे छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै आन्तरीक राजश्व विभागअन्तर्गतका राजश्व कार्यालय र नेपाल प्रहरीले अनुगमन एवं अनुसन्धान कार्यलाई सक्रियतापुर्वक तिव्रता दिएका कारण देशका विभिन्न भागबाट विभिन्नबजार उक्त अवैध सामान बरामद गरी र त्यसमा संलग्न व्यक्ति व्यक्तिलाई थुनामा राखि अनुसन्धान भइरहेकाे समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे।
यस्तै संघले अवैध कारोबारलाई नियन्त्रण गर्न आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न कार्यालयहरू र नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाप्रति धन्यवादसमेत दिएकाे छ। 'विगतमा पनि अवैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर परेको साथै ज्यानै जानेसम्मको कार्यहरू भएको समाचार आएका थिए,' विज्ञप्तिमा उल्लेख छ।
मदिरा जस्तो सम्वेदनशिल वस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई सरकारले तोकेको मापदण्डअनुसार ल्याव परीक्षण गरी स्वीकृती प्राप्त गरेर मात्र गर्नुपर्ने एवं बिक्री गर्दासमेत अनुमति पत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानूनी प्रावधान रहेको संघले जनाएकाे छ।
अवैध मदिराको उत्पादन एवं बिक्री वितरणबाट सरकारको राजश्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्री वितरण एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापीत उद्योगहरूको व्यावसायिक ख्याती, र्सिजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने तथ्यप्रति सचेत रहन सम्बन्धित सबैलाई संघले अनुरोध गरेकाे छ।
अवैध गुणस्तरहिन र मापदण्ड विपरित उत्पादन कार्यहरू कही कतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित सरकारका निकायमा सूचना दिई त्यस्ता अवैध कारोबारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न संघले अपिल गरेकाे छ।