काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आगामी आर्थिक वर्ष २०८०/८१ मा दुईवटा ठेक्का आह्वान गर्ने भएको छ।आयोजनाले ‘इलेक्ट्रोमेकानिकल’ र प्रसारण लाइन निर्माण गर्न ठेक्का आह्वान गर्ने तयारी गरेको छ।
आयोजनाका अनुसार हालसम्म सुरुङ, बाँध र विद्युतगृह निर्माण गर्न ठेक्का आह्वान भइसकेकाले इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनकोे ठेक्का दिने तयारी गरिएको हो।
अर्को आर्थिक वर्ष सुरुमा इलेक्ट्रोमेकानिकलको ठेक्का आह्वान गर्ने तयारी रहेको आयोजनाका सूचना अधिकारी रवि शाक्यले बताए।‘अब हाम्रो आयोजनामा छिट्टै इलेक्ट्रोमेकानिकल खरिद प्रक्रिया अघि बढ्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘आर्थिक वर्ष २०८०/८१ सुरुवातमै ठेक्का आह्वान गर्ने योजनामा छौं।’
तै पनि यी दुवै निर्माण कार्यका लागि फरक–फरक समयमा ठेक्का आह्वान हुनेछ। ठेक्का सम्झौता भएकामध्ये सुरुङ खन्ने काम तीव्र गतिमा अघि बढेको छ। त्यस्तै विद्युत र बाँधको पुस १७ गते ठेक्का सम्झौतामा हस्ताक्षर भएकाले केही समयपछि निर्माण सुरु हुनेछ।
अर्को आर्थिक वर्ष सुरुमा इलेक्ट्रोमेकानिकलको ठेक्का आह्वान गर्ने तयारी रहेको आयोजनाका सूचना अधिकारी रवि शाक्यले बताए।‘अब हाम्रो आयोजनामा छिट्टै इलेक्ट्रोमेकानिकल खरिद प्रक्रिया अघि बढ्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘आर्थिक वर्ष २०८०/८१ सुरुवातमै ठेक्का आह्वान गर्ने योजनामा छौं।’
इलेक्ट्रोमेकानिकलका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान अयोजनाको छ। तर, निर्माणका लागि ठेक्का आह्वान भएपछि आशयपत्र पेस गर्ने कम्पनीबीचको आपसी प्रतिस्पर्धाले आयोजनाको अनुमानितभन्दा लागत रकम घट्ने सम्भावना रहन्छ।
‘प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको छ,’ शाक्यले भने, ‘अरू अध्ययन प्रक्रिया सकेर आगामी आर्थिक वर्ष अत्यसम्म ठेक्का प्रक्रियामा जाने गरी काम हुँदैछ।’ प्रसारण लाइन ठेक्का भने स्वदेशी निर्माण कम्पनीले मात्रै सहभागी हुन पाउने गरी खुलाउने आयोजनाले जनाएको छ।
इलेक्ट्रोमेकानिकलका लागि ‘ग्लोबल टेन्डर’ (अन्तर्राष्ट्रिय बोलपत्र) आह्वान हुनेछ। नेपाली निर्माण कम्पनीसँग इलेक्ट्रोमेकानिकलसम्बन्धी आवश्यक दक्षता कम रहेकाले ग्लोबल टेन्डरमा जानुपर्ने शाक्यको भनाइ छ। त्यस्तै आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म प्रसारण लाइन निर्माण ठेक्का आह्वान हुनेछ। प्रसारण लाइन बनाउन पनि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
‘प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको छ,’ शाक्यले भने, ‘अरू अध्ययन प्रक्रिया सकेर आगामी आर्थिक वर्ष अत्यसम्म ठेक्का प्रक्रियामा जाने गरी काम हुँदैछ।’ प्रसारण लाइन ठेक्का भने स्वदेशी निर्माण कम्पनीले मात्रै सहभागी हुन पाउने गरी खुलाउने आयोजनाले जनाएको छ।
‘इलेक्ट्रोमेकानिकलको काम नेपालबाट मात्रै सम्भव हुँदैन, त्यसैले ग्लोबल टेन्डरमा जान्छौं,’ उनले भने, ‘प्रसारण लाइनको भने नेपालमै काम हुने भएकाले स्वदेशी कम्पनी लक्ष्य गरी ठेक्का आह्वान हुनेछ।’आयोजनाको सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ। २०७७ फागुनमा भएको सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ।
ठेक्का सम्झौता २०७७ मै भए पनि गत असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो। सुरुङमा ७ सय बढी कर्मचारी÷मजदुर परिचालन गरिएको छ। जसमध्ये करिब ९० जना चिनियाँ छन् भने बाँकी नेपाली कर्मचारी/मजदुर छन्।
सुनकोसीको पानी सुरुङमार्फत् तराई लगेर सिँचाइ सुविधा उपलब्ध गराउने योजनाअनुसार आयोजना निर्माण सुरु भएको हो। १३ किलोमिटर लामो सुरुङमार्ग ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) बाट खन्ने काम भइरहेको छ। अमेरिकी प्रविधिको उक्त मेसिन चीनमा बनेर नेपाल भित्रिएको हो।
असोज २८ माघ १३ सम्म २ हजार ४ सय ६७ मिटर सुरुङ खनिसकिएको सूचना अधिकारी शाक्यले जानकारी दिए। कोभेकले २२ महिनामा सुरुङ खनेर काम सक्ने लक्ष्य लिएको छ। तर, अहिलेसम्मको कामको गति हेर्दा निर्धारित समयभन्दा पहिला नै काम पूरा हुने आयोजनाले जनाएको छ।
बाँध, सिँचाइ र विद्युत उत्पादनलगायत संरचनासहित आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम २२ महिनामा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ। सुनकोसी–मरिण डाइभर्सनको सबै लगानी नेपालको हो।
त्यस्तै साढे १२ अर्ब रुपैयाँमा नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको संयुक्त उपक्रम (जेभी) ले बाँध र विद्युतगृह निर्माणको जिम्मेवारी पाएका छन्। सूचना अधिकारी शाक्यका अनुसार सम्झौता भएको मितिले ४ वर्ष ७ महिनामा डाइभर्सनको बाँध र विद्युतगृह निर्माण सम्पन्न हुनेछन्। जसअनुसार २०८४ भदौमा निर्माण सम्पन्न हुनेछ।
बाँध, सिँचाइ र विद्युत उत्पादनलगायत संरचनासहित आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम २२ महिनामा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ। सुनकोसी–मरिण डाइभर्सनको सबै लगानी नेपालको हो।
आयोजनालाई आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ७१ करोड बजेट प्राप्त भएको छ। गत पुस मसान्तसम्म आयोजनाको समग्र भौतिक १२ प्रतिशत र वित्तीय प्रगति १२.६९ प्रतिशत रहेको सूचना अधिकारी शाक्यको भनाइ छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। आयोजनामा बाँध, सुरुङ, विद्युतगृह र नहरका संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।
२०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनामा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ।
डाइभर्सनले मात्रै तराईका ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईका ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।