काठमाडौं। नेपाली बजारमा महिन्द्राको ‘एक्सयुभी–७००’ आज सार्वजनिक हुँदै छ। नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेट प्रालिले भित्र्याएको नयाँ एसयुभी ‘एक्सयुभी–७००’ आज सार्वजनिक गर्न लागेको हो।
एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख हुने बताइएको छ। ५ र ७ सिटर अप्सनसहित ६ भेरियन्टमा आउने एक्सयुभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको छ। एक्सयुभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्काे एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ।
त्यस्तै, एक्सयुभी ७०० एएक्स ५ अटोमेटिक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटिकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो ।
एक्सयूभी–७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको कम्पनीले बताएको छ।
एक्सयूभी–७०० मा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ। यसमा डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ।
गाडीमा मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेसन, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोबाइल एप र स्मार्टवाचबाट भेहिकल कन्ट्रोलजस्ता फिचर पनि यसमा समावेश छन्।
उच्च गतिमा गाडी गुडाउन यसको सिस्टमले चालकलाई नदिने विशेषता यसमा रहेको छ। बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयुभी भएको जनाएको छ।