काठमाडौं। सामसङले केही समयको अन्तरालपछि फ्लागसिप समार्टफोनहरु पुनः नेपालमा ल्याएको छ।
ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ सामसङको फ्ल्यागसिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए। तर, अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरि नेपाली बजारमा फर्किएका छन्।
यी फ्ल्यागसिप मोडलको आफ्नै अद्वितीय विशेषता रहेको कम्पनीले दाबी गरेको छ। यी प्रतिस्पर्धी स्मार्टफोनहभन्दा फराकिलो छन्। फोल्डिङ र फ्लिपिङ विकल्प तथा अविश्वसनीय नक्स सेक्युरिटी र प्रदर्शनले गर्दा सामसङको फ्ल्यागशिप लाइन–अप स्मार्टफोनहरु नयाँ प्रविधिसहित अग्रस्थानमा छन्।
ग्यालेक्सी एस२२ सिरिजमा ग्यालेक्सी एस२२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्राले आफ्ना प्रयोगकर्ताहरूलाई ६.८ इन्चको डिस्प्ले प्रदान गरेको छ।
ग्यालेक्सी एस२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामेराहरूद्वारा सुसज्जित रहेको छ। साथै मुख्य रियर क्यामेराको रूपमा वाइड ५० एमपी क्यामेरा छन्।
ग्यालेक्सी एस २२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामेरा रहेको छ। रियरमा उस्तै सपोर्टिङ क्यामेराको साथमा क्वाड क्यामेरा रियर सेटअपको लागि थप १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ।
यस्तै क्यामेराको सुपर–जुम सुविधाले प्रयोगकर्ताहरूलाई ग्यालेक्सी एस२२ अल्ट्राको साथमा रहेको अहिलेको चर्चित मुन–जुमसहित राम्रो दूरीबाट पनि केही अमेजिङ सटहरू लिने मौका प्रदान गर्छ जसले तपाईंलाई फोनको १००ह स्पेस जुमको साथ चन्द्रमाको सतहलाई हेर्न सकिन्छ।
ग्यालेक्सी एस २२ अल्ट्रामा रहेको बिल्ट–इन एस–पेन यस फोनको अर्को हाइलाइट हो। ग्यालेक्सी ए७३ ५जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा रहेको छ। यो फोन पनि केही अद्भुत सुविधाहरूले भरिपूर्ण रहेको छ । यसको ६.७ इन्चको डिस्प्लेको साथ तपाईंले यसको ५००० एमएएच ब्याट्रीसँग लामो समयसम्म काम गर्न सक्नुहुन्छ।
यससँगै ग्यालेक्सी ए७३ ५जीले आईपी६७ रेटिङ पाएको छ। यसको सन्तोषजनक कार्यसम्पादन, डिस्प्ले र ब्याट्रीले यसमा केही एक्स्ट्रा पोइन्टहरू थपेको छ। यसमा रहेको डेप्थ, म्याक्रो र अल्ट्रा–वाइड क्यामेराद्वारा समर्थित १०८ एमपी मुख्य रियर क्यामेरा फिचरसहित ३२ एमपी फ्रन्ट क्यामेरा समावेश छ।
यस्तै प्राइमरी सेन्सरहरूले १०ह जुम र डेप्थ सेन्सरहरू जस्ता सुविधाहरूसहित राम्रोसँग उज्यालो कोठा होस् वा अध्यारो रातमा पनि अमेजिङ शटहरू लिन क्यामेराहरूको यो लाइन–अपसँग म्याजिकल रूपमा काम गर्न सक्छ।
अमेजिङ प्रफर्मेन्स र दीर्घकालीन स्थायित्वका लागि यो फोन एक पूर्ण प्याकेज हो। यसैगरी सामसङको शीर्ष फोल्डेबल ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ फाइन ट्युनिङको पुनरावृत्ति हो। यो फोल्ड गर्न मिल्ने स्मार्टफोन प्रविधिको नयाँ इनोभेसनको परिणाम हो।
जेड– सेगमेन्टका यी नयाँ प्रविधिहरुको साथ पूर्णरूपमा डिजाइन गरिएका छन्। तिनीहरूको टिकाहरु र एजेजदेखि लिएर तिनीहरूको स्मार्टफोनको रूपमा अविश्वसनीय प्रदर्शनसम्मका डिजाइनहरु पूर्णरूपमा राम्रोसँग गरिएका छन्।
ग्यालेक्सी जेड फ्लिप ४ को पकेटेबिलिटीलाई थप विस्तारको आवश्यकता पर्दैन। विशेष गरी आफ्नो फोनलाई आफ्नो दैनिक गतिविधिहरूमा केन्द्रबिन्दु बनाउने ती प्रयोगकर्ताहरूका लागि ग्यालेक्सी जेड फोल्ड ४ को अमेजिङ मल्टिटास्किङ क्षमता लगानी गर्न लायकको मूख्य विशेषता हो। यसलाई तपाईं आफ्नो साथमा कही पनि सजिलै लैजान सक्नुहुन्छ।
जेड फोल्ड ४ र जेड फ्लिप ४ दुवैमा फ्लेक्स–मोडले एक क्लिक लिँदा तपाईको फोनसँग काम गर्दा वा केही राम्रो संगीत बजाउँदा तथा सञ्चालनको सुविधाजनक आधार बनाउँदा डिस्पेलेमा अविश्वसनीय दृश्य अनुभव प्रदान गर्छ। फ्लेक्स–मोडले फोनको क्यामेराहरूसँग राम्रोसँग काम गर्छ। यसको क्याप्चर मोडहरूसँग अविश्वसनीय तस्बिर र भिडियोहरू लिन सकिन्छ।
ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ तपाईंको लागि एउटा अविश्वसनीय फ्लेक्स हो। अब फेरि यी फोनहरु तपाईंहरुका लागि नेपाली बजारमा उपलब्ध भएका छन्। सामसङले गत वर्ष अविश्वसनीय रेञ्जका यी स्मार्टफोनहरूको केही सेटहरु उपलब्ध गराएको थियो