काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अंकले ओरालो लागेर २ हजार १६८.५३ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले ओरालो लागेर ४ सय १०.३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ ।
कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कुल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता सेयर ३ अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।
कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको ९ करोड ९९ लाख चार हजार तीन सय ९२ रूपैयाँबराबरको कारोबार भयो । हिमालयन ऊर्जा विकास कम्पनी रू नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एसिया बैंकको ७ करोड १३ लाख १८ हजार ३ सय एक रूपैयाँ, आँखु खोला जलविद्युत् कम्पनीको ६ करोड ८३ लाख ७० हजार रूपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको सेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स ६.९, सिभिल लघुवित्त ६.८, सूर्योदय बोमी लघुवित्त पाँच दशमलब २८, ग्रीनलाइफ इन्स्योरेन्स ५.७ र गणपति लघुवित्तका लगानीकर्ताले ४.६८ प्रतिशतले गुमाएका छन् ।