काठमाडाैं। पुसको ठिही सकिएसँगै विवाहको मौसम सुरु भएको छ। नेपाली समाजमा विवाहलाई एक पवित्र र सुखद सम्बन्ध सुरुवातका रूपमा लिइन्छ। विवाह नयाँ जीवन सुरुवात गर्ने महत्वपूर्ण क्षण हो। यो सुन्दर क्षणलाई जो कोही पनि अविष्मरणीय बनाउन चाहन्छन्। एक्लो जीवनबाट वैवाहिक बन्धनमा बाँधिने उत्सव ‘विवाह’ अलौकिक होस् भन्ने लाग्छ।
विवाह बन्धनमा बाँधिन लागेका युवायुवती बदलिँदो फेसनसँगै फेसनेबल बन्न चाहनु स्वाभाविक हो। आफू उत्कृष्ट देखिन विवाहमा बेहुला–बेहुलीले कुनै कसर बाँकी राखेका हुँदैनन्। हुन पनि सबैको आकर्षणको केन्द्र बेहुला–बेहुली नै हुन्छन्।
नेपाली समाजमा बेहुलीलाई अलि विशेष तरिकाले हेरिन्छ। त्यसकारण बेहुली अलि खास र उत्कृष्ट देखिन चाहन्छन्। सबैको ध्यान पनि त्यसमै हुन्छ। लत्ताकपडा, शृङ्गार, भेन्यु यस्तै धेरै तयारी गर्नुपर्ने हुन्छ। जीवनमा एकपटक गर्ने विवाह खल्लो नहोस् भन्ने सबैलाई लाग्छ। विवाहलाई खास बनाउन सुरुदेखि नै तयारी गर्नु कुनै नौलो कुरा होइन। बेहुलीलाई उत्कृष्ट देखाउन घरपरिवारलाई पनि सकस पर्छ। बदलिँदो फेसनसँगै ‘बेहुली सेट सेलेक्सन’ मा सकस नै हुन्छ। पहिले एक–दुई दिनमा सकिने विवाह अचेल इन्गेजमेन्ट, संगीत, हल्दी, मेहेन्दी, विवाह रिसेप्सन गरी चार–पाँच दिनसम्म चल्ने गर्छ।
नेपाली समाजमा बेहुलीलाई अलि विशेष तरिकाले हेरिन्छ। त्यसकारण बेहुली अलि खास र उत्कृष्ट देखिन चाहन्छन्। सबैको ध्यान पनि त्यसमै हुन्छ। लत्ताकपडा, शृङ्गार, भेन्यु यस्तै धेरै तयारी गर्नुपर्ने हुन्छ। जीवनमा एकपटक गर्ने विवाह खल्लो नहोस् भन्ने सबैलाई लाग्छ। विवाहलाई खास बनाउन सुरुदेखि नै तयारी गर्नु कुनै नौलो कुरा होइन। बेहुलीलाई उत्कृष्ट देखाउन घरपरिवारलाई पनि सकस पर्छ। बदलिँदो फेसनसँगै ‘बेहुली सेट सेलेक्सन’ मा सकस नै हुन्छ। पहिले एक–दुई दिनमा सकिने विवाह अचेल इन्गेजमेन्ट, संगीत, हल्दी, मेहेन्दी, विवाह रिसेप्सन गरी चार–पाँच दिनसम्म चल्ने गर्छ।
यी सबैको तयारी कसरी गर्ने भन्ने चिन्ता स्वयं बेहुलीदेखि परिवारलाई समेत हुन्छ। पहिरनले मान्छे आकर्षक मात्र देखिँदैन, उसको पहिचान पनि बताइरहेको हुन्छ। भनिन्छ, बेहुलीको पहिरनबाट उनको आचरण झल्किरहेको हुन्छ। त्यसैले पनि बेहुलीका पहिरनलाई विशेष महत्वसाथ हेर्ने गरिन्छ। सुन्दर र आकर्षक बेहुली बन्न ‘ब्राइडल ड्रेस सेलेक्सन’ मा ध्यान दिनुपर्ने फेसन डिजाइनर बताउँछन्। बदलिँदो फेसन टे«न्डसँगै परम्परागत पहिरन अचेल रुचाइएको कुसुम क्रिएसनकी सञ्चालक कुसुम श्रेष्ठ बताउँछिन्। विवाहमा लत्ताकपडा, गरगहनाका कुरा आइनै हाल्छन्। नेपाली समाज जति आधुनिकतामा ढल्किए पनि साडीको फेसन भने अझै पनि रुचाइन्छ।
‘संस्कार, फेसनमा परिर्वतन आएको छ तर साडी प्रयोगमा कमी आएको छैन,’ श्रेष्ठ भन्छिन, ‘साडीको प्रयोग कहिल्यै पुरानो हुँदैन। उनका अनुसार बेहुलीको पहिलो रोजाइ साडी हुने गर्छ। बरु, परम्परागत साडीलाई अलि ‘मोडिफाइ’ गरेर आधुनिक तरिकाले पहिरिन थालिएको छ। ‘हामीले पनि त्यहीअनुसार डिजाइन तयार गर्छाैं,’ उनी भन्छिन्, ‘अहिले झन् ह्यान्डवर्क बुटिक साडी, चौबन्दी चोली टेन्ड्रमा छ। साडी सहज र सजिलो हुने हुँदा सबैले रुचाउँछन्।’
‘संस्कार, फेसनमा परिर्वतन आएको छ तर साडी प्रयोगमा कमी आएको छैन,’ श्रेष्ठ भन्छिन, ‘साडीको प्रयोग कहिल्यै पुरानो हुँदैन। उनका अनुसार बेहुलीको पहिलो रोजाइ साडी हुने गर्छ। बरु, परम्परागत साडीलाई अलि ‘मोडिफाइ’ गरेर आधुनिक तरिकाले पहिरिन थालिएको छ। ‘हामीले पनि त्यहीअनुसार डिजाइन तयार गर्छाैं,’ उनी भन्छिन्, ‘अहिले झन् ह्यान्डवर्क बुटिक साडी, चौबन्दी चोली टेन्ड्रमा छ। साडी सहज र सजिलो हुने हुँदा सबैले रुचाउँछन्।’
विवाहमा रङले पनि उत्तिकै महत्व राख्छ। विवाहमा रातो रङकै प्रयोग गर्नुपर्छ भन्ने विश्वास छ। रातो रङलाई प्रेमको प्रतीक मानिन्छ। तर, पछिल्लो समय रातो रङ नै प्रयोग गर्नुपर्छ भन्ने छैन। अन्य रङ पनि प्रयोग गर्ने गरेको पाइन्छ। ‘विवाहमा रातो नै लगाउनुपर्छ भन्ने छैन। बेहुलीले आफ्नो रोजाइअनुसार पहिरन लगाइरहेका हुन्छन्,’ श्रेष्ठ भन्छिन्, ‘रातोसँगै मरुन, रानी र गुलाफी रङ प्रयोग गरेको पाइन्छ।’ उनका अनुसार बेहुलीले अलि हेभी साडी र लेहेंगा लगाए राम्रो देखिन्छ। अचेल बजारको ट्रेन्ड पनि त्यस्तै छ। तर, सिम्पल लुक्समा पनि सुन्दर र आकर्षक देखिन सकिने भएकाले विवाहको भेन्यु, बेहुलीको वर्ण र उचाइका आधारमा बेहुली सेट सेलेक्ट गर्दा राम्रो हुन्छ।
नेपालीमा फेसन सेन्स बढेको उनको अनुभव छ। नेपालीहरू कसरी स्टाइलिस देखिने भन्ने ध्याउन्नमा हुन्छन्। बढ्दो प्रविधिका कारण समाजिक सञ्जाल, अनलाइनबाट डिजाइन हेरेर त्यसलाई आफैं थोरै मोडिफाइ गरेर तयार गरिएका डिजाइन लगाउन रुचाउने धेरै हुने श्रेष्ठको भनाइ छ। ‘ग्राहक हाम्रा लागि भगवान् हुन्, त्यसैले उहाँहरूकै च्वाइसलाई पहिलो प्राथमिकता दिएर लुक्स अनि भेन्युका आधारमा बेहुली सेट तयार गर्छाैं,’ उनी थप्छिन्।
पछिल्लो समय विवाहमा पश्चिमा संस्कृति बढ्दै गएको छ। यसको असर फेसनमा नहुने कुरै भएन। हल्दी, मेहेन्दी, संगीत हरेक फङ्सनमा फरक पहिरन लगाउने गरिन्छ। भनौं, ट्रेडिसनल पश्चिमा फेसनको फ्युजन छ। अचेल इम्ब्रोइडरी (भरेको) र दोपट्टा साडी लगाउने चलन पनि ट्रेन्डमा छ। यसमा बेहुली आकर्षक पनि देखिन्छन्। झट्ट हेर्दा राम्रो लाग्ने भएकाले पनि यो डिजाइन सबैले रुचाउने गरेका छन्। बेहुलीका लागि बजारमा थुप्रै डिजाइन नपाइने भने होइनन् तर नेपालीको पहिलो रोजाइमा साडी नै पर्छ। पश्चिमा पहिरन लेहेंगा, गाउन पनि चलेका छन्। यस्ता डे«स विशेषगरी पार्टीका लागि लगाउने गरेको पाइन्छ। इन्गेजमेन्ट र रिसेप्सनमा लेहेंगा, गाउन रुचाउने गरिएको श्रेष्ठ बताउँछिन्। अलि फरक, स्टाइलिस लुक्स देखिने भएकाले यस्ता ड्रेस रुचाइएको उनको अनुभव छ।
विवाह विशेष लेहेंगाको मूल्य १० हजार रुपैयाँदेखि सुरु हुन्छ। तर, श्रेष्ठले ४० देखि ७० हजारसम्मको लेहेंगा तयार गरेकी छिन्। हुन त नेपालमा १६ लाखसम्मका लेहेंगा लगाइएको उनी बताउँछिन्। अभिनेत्री आँचल शर्माले बाहिरबाट मगाएर भए पनि आफ्नो रिसेप्सनमा उक्त लेहेंगा पहिरिएकी थिइन्। १० लाख रुपैयाँसम्मको लेहेंगा भने नेपालमै डिजाइन गरिएको फेसन डिजाइनर बताउँछन्। लेहेंगामा पनि विशेषतः रोयल, स्काइ ब्लु, गोल्डेन, पिच, ग्रिन, मिन्ट ग्रिन, सेतो, रानी, पहेँलो, प्याजी रङ बढी रुचाइन्छ।
विवाह विशेष लेहेंगाको मूल्य १० हजार रुपैयाँदेखि सुरु हुन्छ। तर, श्रेष्ठले ४० देखि ७० हजारसम्मको लेहेंगा तयार गरेकी छिन्। हुन त नेपालमा १६ लाखसम्मका लेहेंगा लगाइएको उनी बताउँछिन्। अभिनेत्री आँचल शर्माले बाहिरबाट मगाएर भए पनि आफ्नो रिसेप्सनमा उक्त लेहेंगा पहिरिएकी थिइन्। १० लाख रुपैयाँसम्मको लेहेंगा भने नेपालमै डिजाइन गरिएको फेसन डिजाइनर बताउँछन्। लेहेंगामा पनि विशेषतः रोयल, स्काइ ब्लु, गोल्डेन, पिच, ग्रिन, मिन्ट ग्रिन, सेतो, रानी, पहेँलो, प्याजी रङ बढी रुचाइन्छ।
कसरी सेलेक्ट गर्ने?
सबैलाई सबै प्रकारका ड्रेस सुहाउँछ भन्ने हुँदैन। व्यक्तिको वर्ण उचाइ, मोटाइ, स्किन, भेन्युलगायत ध्यान दिएर सुहाउँदो डिजाइन तयार गर्दा बेहुली आकर्षक दखिने श्रेष्ठको भनाइ छ। ‘होचा व्यक्तिलाई लहरा बुट्टा भएको बढी सुहाउँछ। लेहेंगाको ठाउँमा गाउन लगाउँदा अलि हाइटी देखिन्छ,’ उनी भन्छिन्, ‘नाक सानो छ भने गला अलि खुलेको राम्रो देखिन्छ। अग्लो र मोटो व्यक्तिले पनि उत्तिकै ध्यान दिएर सेलेक्ट गर्दा अझ राम्रो हुन्छ।’
विवाहमा प्रयोग हुने पहिरनमा साडी र ब्लाउज सधैं एक नम्बरमा पर्छन्। ‘साडी र ब्लाउज लगाउने व्यक्तिमा व्यक्तित्व देखिन्छ भन्ने विश्वास छ। त्यसैैले पनि जति नै परिवर्तन र आधुनिकता भित्रिए पनि साडीको आकर्षण घटेको छैन,’ श्रेष्ठ भन्छिन्, ‘अहिले साडीमा जर्जेट, सिल्क, नेट र सिफन बढी प्रयोगमा छन्। यसमा पनि आफ्नो कल्चरअनुसार डिजाइन तयार गर्छौं।’ सिजनअनुसार पनि फेसन फरक हुने भएकाले कतिपयले जाडो मौसममा भेलभेट र पस्मिना सिफनको साडी पनि रुचाउने गर्छन्। अचेल ढाकाको ब्लाउज पनि ट्रेन्डमा छ। साडीमा डाइमन्ड, सोरसोकी, स्टोन, मोती, सितारा एवं पोतेजडित मागअनुसार बुट्टा भरिने खुशबु द फेसन बुटिकका मी. जिकरुल्लाह बताउँछन्।
बैलाई सबै प्रकारका ड्रेस सुहाउँछ भन्ने हुँदैन। व्यक्तिको वर्ण उचाइ, मोटाइ, स्किन, भेन्युलगायत ध्यान दिएर सुहाउँदो डिजाइन तयार गर्दा बेहुली आकर्षक दखिने श्रेष्ठको भनाइ छ। ‘होचा व्यक्तिलाई लहरा बुट्टा भएको बढी सुहाउँछ। लेहेंगाको ठाउँमा गाउन लगाउँदा अलि हाइटी देखिन्छ,’ उनी भन्छिन्, ‘नाक सानो छ भने गला अलि खुलेको राम्रो देखिन्छ। अग्लो र मोटो व्यक्तिले पनि उत्तिकै ध्यान दिएर सेलेक्ट गर्दा अझ राम्रो हुन्छ।’
यसमा पनि समयअनुसार परिर्वतन भएको पाइन्छ। अचेल साडी र लेहेंगामा पोते, स्टोनको प्रयोग बढेको छ। कलर कम्बिनेसन र मेटरियलमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनका अनुसार साडी लगाउनेलाई ब्लाउज, कम्मर पेटी, सितारा, पोते एवं डाइमन्डले भरिएको हुन्छ। साडीसँग पस्मिनाको पछ्यौरी पनि प्रयोग गर्ने चलन छ। त्यसैले मागअनुसार बेहुली सेट तयार गरिन्छ। अहिले हातले भरिएका साडीको माग बढेको छ। तर त्यसलाई तयार गर्न धेरै समय लाग्ने उनको भनाइ छ। ‘हेभी डिजाइनका लागि कम्तीमा एक महिना लाग्छ। त्यसैले कम्तीमा २० दिनअघि नै अर्डर गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्।
मेकअप
शृङ्गार महिलाका गहना हो। त्यसैले विवाहमा ‘मेकअप’ लाई उत्तिकै महत्वसाथ हेरिन्छ। उत्कृष्ट र आकर्षक देखिन मेकअपको ठूलो भूमिका हुन्छ। त्यसैले सबैले मेकअपमा पनि ध्यान दिने गर्छन्। बेहुलीको मेकअपले अनुहार बिग्रिन्छ भन्ने भ्रम पनि छ। त्यसैले धेरै मेकअप गर्न डराउने गरेको पनि पाइन्छ। तर, मेकअपले अनुहार नबिगार्ने एसएन ब्युटिपार्लरकी सञ्चालक दिप्सना थापा बताउँछिन्। त्यसैले निर्धक्क भएर मेकअप गर्न उनी सुझाउँछिन्। मेकअप गर्दा विशेषगरी क्रिम, वर्ण, ब्युटिसियन तथा मेकअप आर्टिस्ट सेलेक्टमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘बजारमा पाइने क्रिम प्रयोगले स्किनमा म्याच नगर्दा फेसमा असर पर्छ,’ उनी भन्छिन्, ‘जसले गर्दा फेसमा पिम्पल आउने, एलर्जी हुने हुन्छ। त्यसैले स्किन टाइप सामान प्रयोग गर्नुपर्छ।’
बेहुलीको मेकअपले अनुहार बिग्रिन्छ भन्ने भ्रम पनि छ। त्यसैले धेरै मेकअप गर्न डराउने गरेको पनि पाइन्छ। तर, मेकअपले अनुहार नबिगार्ने एसएन ब्युटिपार्लरकी सञ्चालक दिप्सना थापा बताउँछिन्। त्यसैले निर्धक्क भएर मेकअप गर्न उनी सुझाउँछिन्। मेकअप गर्दा विशेषगरी क्रिम, वर्ण, ब्युटिसियन तथा मेकअप आर्टिस्ट सेलेक्टमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘बजारमा पाइने क्रिम प्रयोगले स्किनमा म्याच नगर्दा फेसमा असर पर्छ,’ उनी भन्छिन्, ‘जसले गर्दा फेसमा पिम्पल आउने, एलर्जी हुने हुन्छ। त्यसैले स्किन टाइप सामान प्रयोग गर्नुपर्छ।’
पछिल्लो समय विवाहका कार्यक्रम धेरै दिनको हुने भएकाले बेहुली शृङ्गार प्याकेजमा गर्ने गरिन्छ। ब्युटिसियन थापाका अनुसार बेहुलीको शृङ्गार प्याकेजअनुसार गरिन्छ। सामान्यभन्दा प्याकेजमा सस्तो पर्ने उनको भनाइ छ। उनका अनुसार शृङ्गार प्याकेज १८ हजार रुपैयाँदेखि सुरु हुन्छ। प्याकेजभित्र मेनिकेयर, पेडिकेयर, नेल आर्ट, आइलाइसिस एक्सटेन्सन, फेसियल तथा मेहेन्दी पनि पर्छ। ‘ब्राइडल मेकअप भन्ने बित्तिकै हेभी हुन्छ, राम्रो देखिँदैन भन्ने भ्रम छ, तर त्यसो हुँदैन,’ उनी भन्छिन्, ‘राम्रोसँग मिलाएर गर्याे भने ब्राइडल मेकअप राम्रो देखिन्छ। तर, मेकअप ब्युटिसियन वा मेकअप आर्टिस्टको सल्लाह लिनुपर्छ।’
मेकअप गर्दा लुक्स, वर्णका आधारमा गर्नुपर्छ जसले बेहुली आकर्षक देखिन्छन्। खासगरी मेकअप गर्दा अनुहारको चमकलाई पनि ध्यान दिनुपर्छ। चमक र सफा अनुहार भए नेचुरल अर्थात सिम्पल गर्दा राम्रो देखिन्छ भने दागधब्बा लगायत समस्या भएको अनुहारमा अलि हेभी मेकअप गर्नुपर्छ। त्यसले बेहुलीको अनुहारमा चमक ल्याउन मद्दत गर्छ।
‘बेहुलीले मेकअपसँगै शरीरलाई पनि राम्रो बनाउनुपर्ने हुन्छ। जस्तै, फेस केयर, कपाल, हातखुट्टा र नङमा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनी भन्छिन्, ‘मेकअप गर्दा सबै राम्रो हुने होइन, विवाह हुनु एक दिनअघि फेसियल, मेनिकेयर, पेडिकेयर, नेल आर्ट आइलाइसिस एक्सटेन्सन र फेसियलका काम सक्नुपर्छ।’ राम्रो ब्युटिसियन तथा मेकअप आर्टिस्टसँग मेकअप गर्नुपर्छ नत्र अनुहारको चमक हराउन सक्ने उनको भनाइ छ। छाला सुहाउँदो सौन्दर्य सामग्री प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
(काठमाडौं डिल्लीबजारस्थित कुसुम क्रिएसन बुटिकले डिजाइन गरेको साडीमा नायिका दिपिका प्रसाईं।)