काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको 'थ्री एस' सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपुर्जासम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।
शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभी पद्धार्थ फुटाउनका लगि 'जिसुङ र रामरु ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक 'एम्बिबकेट क्रसर' पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने छ ।
यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभी इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन । साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ ।
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने 'नेपालको नम्बर १ एक्स्काभेटर' को बिक्री वितरण गर्छ ।
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।