काठमाडौं। काठमाडौंका सुदीप महर्जनले ‘यु एन्ड एस ट्रेड सप्लायर्स’ मार्फत कपडाको व्यवसाय सञ्चालन गरिरहेका छन्। ‘यु एन्ड एस ट्रेड सप्लायर्स’ एक व्यापारीक मञ्च हो जसले भारत, चीन, बंगलादेशबाट कपडा आयात गरी प्रचलनअनुसार आफ्नै डिजाइन र ढाँचाका कपडा बनाउने काम गर्छ।
करिब एक करोड लगानीमा सुदीप महर्जनले याे व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले हाल सर्वत्र व्यापार खुच्किएको रहका बेला आफूहरूको व्यापार पनि घटेको बताए। तै पनि उनीहरूले मासिक रूपमा पाँचदेखि दश लाख रुपैयाँसम्मको व्यापार गर्छन्।
‘यु एन्ड एस ट्रेड सप्लायर्सका लागि हामीले सबै कपडा बाहिर (भारत, चीन र बंगलादेश) बाट ल्याउँछौं,’ सुदीप महर्जनले भने ‘हामीले जाडोमा जाडोको कपडा र गर्मीमा गर्मीको कपडाहरू बाहिरबाट आफैं ल्याएर बजारमा पुर्याउने काम गर्दै आएका छौं।’
उनले बजारीकरणका लागि अनलाइन प्लेटफर्म पनि प्रयोग गरिरहेका छन्। ‘हामीले मार्केटिङकारुपमा अनलाइन दराजमा यही सामानहरू बिक्री गर्ने काम गर्दै आएका छौं,’ महर्जनले भने ‘यसका साथै हामीले अन्य विभिन्न दश वटा डिस्ट्रिब्युटरबाट हाम्रो सामानहरू मुलुका विभिन्न बजारमा जाने गर्छन्।’
उनकाअनुसार मुलुकका आठदेखि दश जिल्लामा कपडा वितरकमार्फत जाने गर्छ। रिटेलरले पनि यहीबाट लाने गरेको उनी बताउँछन्। चितवन, पोखरा, बुटवल, नेपालगन्जमा यहीका वितरकमार्फत कपडा जाने उनले जानकारी दिए।
उनकोमा हाल ज्याकेटलगायत जाडोका सबै प्रकारका कपडा उपलब्ध छन्। गर्मी मौसम सुरू भएपछि गर्मीका सबै कपडा पनि उपलब्ध हुने महर्जनले बताए। हाल मार्केट डाउन भएकाले अहिले मार्केटमा फोकस गर्ने बताउँदै उनले त्यसपछि भने आफ्नो व्यापार अन्तर्राष्ट्रिय स्तरमा बढाउने विचार रहेको जानकारी दिए।