एजेन्सी। भारतीय रेलवेले आफ्नो विरासत लाइनलाई आधुनिक प्रविधिका साथ रूपान्तरण गर्ने भएकाे छ। त्यसका लागि रेल मन्त्रालयले हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याउने योजना बनाएको हाे। सरकारले याे वर्षको अन्तिमसम्म हेरिटेज लाइनमा पावर ट्रेन सञ्चालन गर्ने तयारी गरेकाे रेल मन्त्रालय स्राेतले जनाएकाे छ।
स्रोतका अनुसार ‘हाइड्रोजन फर हेरिटेज’ योजनाले रेलको लुक र सञ्चालन प्रणाली परिवर्तन गर्ने प्रविधि मात्र नभई सार्वजनिक यातायात प्रणालीमा हरित ऊर्जाको प्रयोगलाई पनि प्रवर्द्धन गर्नेछ।
हाइड्रोजन ट्रेनहरू न्यारो गेज र मिटर गेज दुवैमा सञ्चालन हुनेछन्। रेल मन्त्रालयका अनुसार हाइड्रोजन-सञ्चालित ट्रेनहरूले ८ हेरिटेज लाइनहरूमा प्रारम्भिक रुट तय गर्नेछन्। यी लाइनहरू मध्य रेलवेको माथेरान हिल रेलवे एक हो। जसको लम्बाइ १९.९७ किलोमिटर छ।
उत्तर सीमावर्ती रेलवेको दार्जिलिङ हिमालयन रेलवे, जसको लम्बाइ ८८.६ किलोमिटर छ, ९६.५ किलोमिटरको कालका शिमला रेलवे, १६४ किलोमिटरको उत्तरको कांगडा उपत्यका रेलवे, ६२.७ किलोमिटरको पश्चिम रेलवेको बिलमोरा वाघाई रुट, ५८ किलोमिटरको पश्चिम रेलवेको महू पातालपानी रुट, ४६ किलोमिटरको निलगिरि माउन्टेन रुट र ५२ किलोमिटर मारवाड उत्तर पश्चिम रेलवेको मद्रिया रुट रहेका छन्।
याे हेरिटेज रुटमा हाइड्रोजन-सञ्चालित ट्रेन सञ्चालन गर्न धेरै प्राविधिक परिवर्तन पहिले नै भइरहेको बताइएकाे छ। सहज सञ्चालनका लागि ट्रेनको प्रत्येक डिब्बामा प्रोपल्सन युनिट स्थापना गरिनेछ। साथै, राम्रो यात्रा अनुभवको लागि भिस्टाडोम कोच प्रत्येक ट्रेनमा सेट हुनेछन्। भने हाइड्रोजन ट्रेनले देशमा रेल प्रतिस्थापन गर्ने अनुमान गरिएकाे छ। जुन १९५०-६० मा डिजाइन गरिएको थियो।