काठमाडौं। एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदैछ।
‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रम हुन लागेकाे हाे। कार्यक्रम माघ २७ देखि २९ गते सम्म हुनेछ।
विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डिइआई) प्रति आफ्नो प्रतिबद्धता अनुरूप कार्यक्रम आयाेजना गर्न लागिएकाे कार्यक्रमकाे उदेश्य महिलालाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु हाे। यस कार्यक्रमको अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन्।
शिक़्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषिलगायतका विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइप बनाउने छन्। हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडौंलगायत देशका विभिन्न ठाउँमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन्।
यस ह्याकाथनले महिलालाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनासँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास एनसेलकाे छ। कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ।
यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरहेका छात्रा तथा यस क्षेत्रमा काम गरिरहेका महिलाले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिष्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन्। दर्ता भएका समूहमध्येबाट छानिएका समूहरूको लिस्ट माघ २० गते घोषणा गरिने छ। कार्यक्रम पूर्व तयारी स्वरूप अहिले विभिन्न कलेजमा डिजाइन थिंकिङ, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेसन आइडिया पिचिङ र डेलिभरिमा केन्द्रित हुँदै कार्यक्रमको आयोजना भइरहेका छन्।
शिक़्वल फाउन्डेसनका अनुसार, यस प्रकारका महिला लक्ष्य पहलले नेपालमा आइटी–सम्बन्धित उद्योगमा महिलाको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाको समान सहभागितालाई बढाउँछ। यसले महिलाको व्यक्तिगत र उनीहरूका परिवारलाई मात्र नभई समाज र अर्थतन्त्रलाई पनि फाइदा हुने बताइएकाे छ।