काठमाडाैं। फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ।
प्रालिले आफ्ना ग्राहकलाई बिक्री पछिको आधुनिक सेवासुविधा तथा पार्टपुर्जाको सेवा दिने उदेश्यले उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे हाे। सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुबबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसाेसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए।
यसअगाडि चाउथेमा सञ्चालित फोर्स मोर्टसको शाेरूम सञ्चालनमा आइसकेको छ। फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडीमर्मत गर्न सक्नेछन्। करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ।
गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उदेश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए।
विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्रान्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री वितरण गर्दै आइरहेको छ। साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन्।
काठमाडौंंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा छ। देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ।
यस आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरूसमेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समयअघि मात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो।