एजेन्सी। पेट्रोलिय पदार्थबाट चल्ने गाडीले प्रदुषण बढाएर जलवायु परिवर्तनमा असर देखिन थालेपछि अहिले विश्वभरि विद्युतीय गाडी (इभी) निर्माण भइरहेका छन्।
हाल विश्वका ठूला मोटर कम्पनीले इभी उत्पादन विस्तार गरिरहेका बेला विभिन्न देशले ब्याट्री उत्पादनमा लगानी बढाएका छन्। आगामी सन् २०२७ सम्म लिथियम ब्याट्री उत्पादन आठ गुणा बढ्ने अनुमान छ। विश्वले इभी युगको तयारी गरिरहेका बेला अमेरिकासहित धेरै देशको प्राथमिकतामा ब्याट्री निर्माण परेको छ।
तर, ब्याट्री निर्माण दौडमा चाँडै प्रवेश गरेकाले चीन यसको अग्रस्थानमा छ। सबैभन्दा बढी ब्याट्री उत्पादन गर्नेमा चीन छ। कूल उत्पादनको ७७ प्रतिशत हिस्सा चीनको छ। उसले २०२२ मा उत्पादन गरेको ब्याट्रीको क्षमता ८ लाख ९३ हजार मेगावाट ऊर्जा उत्पादनबराबर छ।
विश्वका १० ठूला उद्योगमध्ये चीनमा आधा दर्जनका केन्द्रीय कार्यालय छन्। ब्लुमबर्ग एनइएफको लिथियम–आयन आपूर्ति शृङ्खला र सूचीको तथ्यांक तथा अनुमानअनुसार चीनको ब्याट्री प्रभूत्व सीमा २०२२ र २०२७ मा देशअनुसार ब्याट्री उत्पादन हुने क्षमताको कल्पना गरेको छ।
पोल्यान्ड र अमेरिकाको हिस्सा ६÷६ प्रतिशत रहेको छ। हंगेरी, जर्मनी, स्वीडेन, दक्षिण कोरिया, जापान, फ्रान्स र भारत छन्। १० देशको हिस्सा ९९ प्रतिशत र बाँकी एक प्रतिशत अन्य देशको छ।
चीनको ब्याट्रीको प्रभूत्वका पछाडि धातु उत्खननदेखि इभी उत्पादनसम्म छ, जुन बाँकी इभी आपूर्ति शृङ्खलामा एकीकरण हो। यो सबैभन्दा ठूलो इभी बजार पनि हो, जुन २०२१ मा विश्वव्यापी बिक्रीको ५२ प्रतिशत थियो।
पोल्यान्ड चीनको क्षमताको १० भागको एक भागभन्दा कम क्षमताको साथ दोस्रो स्थानमा छ। यसले एलजी इनर्जी सोलुसनको ब्रोकला गिगाफ्याक्ट्री होस्ट गर्दछ, जुन युरोपमा आफ्नैप्रकारको सबैभन्दा ठूलो र विश्वको सबैभन्दा ठूलामध्ये एक हो।
समग्रमा युरोपेली देश (गैरइयु सदस्यसहित) २०२२ मा विश्वव्यापी ब्याट्री उत्पादन क्षमताको १४ प्रतिशतमात्र बनाइयो। त्यस्तै अमेरिका पनि विश्वको लिथियम–आयन पावरहाउसमध्ये एक हो। २०२२ सम्म यसमा मध्यपश्चिम र दक्षिणमा केन्द्रित आठ प्रमुख परिचालन ब्याट्री कारखाना थिए।
चीनको एकाधिकार २०२७ सम्म रहने
ग्लोबल लिथियम–आयन उत्पादन क्षमता आगामी पाँच वर्षमा आठ गुणा बढ्ने प्रक्षेपण गरिएको छ। यहाँ २०२७ मा ब्याट्री उत्पादन क्षमताको अनुमानित शीर्ष १० देश छन्।
विश्वको ब्याट्री उत्पादन क्षमताको ६९ प्रतिशत रहेको चीनको फाइदा २०२७ सम्म जारी रहने छ। यसैबीच अमेरिकाले आगामी पाँच वर्षमा आफ्नो क्षमता १० गुणाले बढाउने प्रक्षेपण गरेको छ। मुद्रास्फीति न्यूनीकरण ऐनमा इभी कर क्रेडिटले घरेलु सामग्रीबाट बनाइएका इभीलाई पुरस्कृत गरेर ब्याट्री निर्माणलाई प्रोत्साहन दिने सम्भावना छ।
फोर्ड र जनरल मोटर्ससँगै टोयोटा, एसके इनोभेसन र एलजी इनर्जी सोलुसनलगायत एसियाली कम्पनीले हालैका महिनामा अमेरिकी ब्याट्री उत्पादनमा लगानी गर्ने घोषणा गरेका छन्।
२०२७ मा ब्याट्री उत्पादनका लागि अनुमानित शीर्ष १० देशमध्ये ६ वटा युरोपमा रहनेछन्। युरोपको वर्तमान र भविष्यका ब्याट्री प्लान्ट जर्मनीको फक्सवागन, चीनको काटल र दक्षिण कोरियाको एसके इनोभेसनलगायत छन्।
अन्य देशले चीनसँग सम्बन्ध तोड्न सक्छन्?
उत्तर अमेरिका र युरोपमा जतिसुकै वृद्धि भए पनि चीनको प्रभूत्व अतुलनीय छ। ब्याट्री निर्माण सवारीको एक भागमात्र भए पनि पनि प्रमुख हो।
ब्याट्री बन्ने अधिकांश भाग र धातुहरू जस्तै ब्याट्री–ग्रेड लिथियम, इलेक्ट्रोलाइट्स, सेपरेटर, क्याथोड र एनोड मुख्यरूपमा चीनमा बनाइन्छ।
त्यसैले चीनको प्रभूत्वसँग लड्नु अरूका लागि महँगो हुनेछ। ब्लुमबर्गका अनुसार अमेरिका र युरोपले २०३० सम्ममा पूर्णस्थानीय आपूर्ति शृङ्खलासहितको घरेलु ब्याट्रीको माग पूरा गर्न १ खर्ब ८९ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने छ।