काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सोमबारदेखि काठमाडौंमा एसएमईज सम्मेलनको आयोजना गर्दैछ । महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको
हो ।
सम्मेलनको दौरान यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुँदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुती, सामूहिक छलफल हुनेछन् ।
मुलुुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा एसएमईजको अंशमात्र ९० प्रतिशत रहेको बताइन्छ । यस क्षेत्रबाट करिव १७ लाखले रोजगार पाएका छन् ।
एकदिने सम्मेलनको समुदघाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, युनिसेफ, आइएफसी, आइएलओका अधिकारीहरुले सम्बोधन गर्ने भएका छन् ।
त्यसैगरी सम्मेलनको प्राविधिक पहिलो शत्र ठूला तथा साना उद्योग बीच व्यवसायिक सम्बन्ध,दोस्रो सत्र वित्तिय पहुंच, तेस्रो सत्र वस्तु बजारीकरण÷निर्यात÷अति कम विकसित मुलुकबाट स्तरोन्नती/युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आआफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदान प्रदानको सत्र समेत राखिएको छ ।
सम्मेलनबाट एमएसएमई उद्योग प्रवद्र्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गर्नुका साथै सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।
महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिका अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ,सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायतका सरोकारवाला निकायका करिब ३०० जना प्रतिनिधिहरुको सहभागीता रहने छ ।