नेपाली नागरिकसँग अन्य देशका नागरिकको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यसाथ नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ मा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स स्थापना भएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको संयुक्त लगानीमा सञ्चालित हिमालयमा हाल चार ठूला जहाज छन्। हिमालयले हाल युएई, मलेसिया, कतार, साउदी अरब, कुवेत तथा दक्षिण एसियाका बंगलादेशलगायत गन्तव्यमा नियमित उडान गरिरहेको छ भने विशेषरूपमा चीनबाट र चीनसम्म कार्गो उडान सञ्चालन गरिरहेको छ।
वैदेशिक लगानीमा सञ्चालनमा आएको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्समा विजय श्रेष्ठले सुरुवातदेखि नै उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। साढे तीन दशकदेखि पर्यटन तथा उड्डयन क्षेत्रमा एउटा दरिलो नाम बनाउन सफल श्रेष्ठ हिमालय एयरलाइन्स स्थापना भएयता सरकारले सधैं विभेद गर्दै आएको गुनासो गर्छन्।
तर, राजनीतिक शक्तिकेन्द्रका आडमा उड्डयन नियामक निकायलाई सधैं प्रभावमा पार्ने गरेको आरोप हिमालय एयरलाइन्समाथि लाग्दै आएको छ। उड्डयन नियामकलाई प्रभावमा पार्ने गरेको आरोप ठाडै अस्विकार गर्ने हिमालयका उपाध्यक्ष श्रेष्ठसँग हिमालयलाई भारत उडान गर्न अनुमति नदिइएका सहित विविध विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका लागि सुशील भट्टराई र सुवास योञ्जनले गरेको गरेको कुराकानी:
तपाईंहरू साझेदारीमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी चलाइरहनुभएको छ। नेपाली व्यवसायीले एकल लगानीमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गर्न सक्छन् कि सक्दैनन्?
संसारमा असम्भव भन्ने चिज केही छैन। नेपाली उड्डयन क्षेत्रको इतिहास हेर्ने हो भने यो क्षेत्रमा स्थापित भएका नेपाली व्यवसायीले पनि विभिन्न एयरलाइन्स सञ्चालन गर्न नखोजेको भने होइन। नेकोन एयर, कस्मिक एयरदेखि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि प्रयास नगरेका पनि होइनन्। अहिलेसम्मको अवस्था हेर्दा ६ वटाभन्दा बढी कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रयास गरेको देखिन्छ। फ्लाइ यतीले पनि विगतमा अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति लिएको थियो तर त्यो सम्भव हुन सकेन।
बुद्ध एयरले विभिन्न समयमा चार्टर उडान गर्दै आएको छ। त्यसबाहेक नेपाली उद्यमीले मात्र सञ्चालन गरेका एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न सकिरहेका छैनन्। भोलिका दिनमा नेपालबाट संस्थागतरूपमा दिर्घकालीन हिसाबले अन्तर्राष्ट्रिय उडान गर्न नै सक्दैन भनेर भन्न चाहिँ मिल्दैन। तर, अहिलेसम्मको स्थितिमा भने त्यो देखिएको छैन।
मेरो अनुभवअनुसार भन्नुपर्दा एयरलाइन्स चलाउन जुन ‘इको सिस्टम’ मा लगानी गर्नुपर्ने हो, त्यसमा नगद लगानीमात्र होइन, अन्य विषय पनि मिलाउनुपर्ने भएकाले निकै चुनौती सामना गर्नुपर्ने हुन्छ। तर, नेपालीले अन्तर्राष्ट्रिय वायुसेवा चलाउनै सक्दैनन् भन्न चाहिँ मिल्दैन। आन्तरिक उडानमा धेरै राम्रो गरिरहेका वायुसेवा कम्पनीले निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छन् भन्ने सम्भावना नकार्न मिल्दैन।
संसारमा असम्भव भन्ने चिज केही छैन। नेपाली उड्डयन क्षेत्रको इतिहास हेर्ने हो भने यो क्षेत्रमा स्थापित भएका नेपाली व्यवसायीले पनि विभिन्न एयरलाइन्स सञ्चालन गर्न नखोजेको भने होइन। नेकोन एयर, कस्मिक एयरदेखि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि प्रयास नगरेका पनि होइनन्। अहिलेसम्मको अवस्था हेर्दा ६ वटाभन्दा बढी कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रयास गरेको देखिन्छ। फ्लाइ यतीले पनि विगतमा अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति लिएको थियो तर त्यो सम्भव हुन सकेन।
चीनसँगको साझेदारीमा एयरलाइन्स चलाउँदा कतिको सहजता छ?
ज्वाइन्ट भेन्चर (संयुक्त लगानी) मा काम गर्नका लागि चीनसँग त्यति असहज छैन। हामीजस्तो ‘इक्विटी म्यानेजमेन्ट बेस’ भएको कम्पनी चलाउन सबैभन्दा ठूलो कुरा भनेको लगानीकर्ताबीचको प्रतिबद्धतालाई मुख्य आधारका रुपमा लिन सकिन्छ। हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले नेपालमा लगानी गरेर नेपालको लगानीलाई राम्रो बनाउँछौं र यहाँको विकासमा टेवा पुर्याउने प्रतिबद्धता गरेको छ।
चिनियाँ लगानीकर्ताले नेपालमा लगानी गरेर तत्कालै नाफा कमाउने भन्दा पनि दिर्घकालीनरूपमा नागरिक उड्डयन र पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने रणनीति लिएका कारण हामीलाई काम गर्न सहज छ। नेपालको अर्थतन्त्रप्रति गम्भीर भएकाले पनि चिनियाँ कम्पनीसँग आठौं वर्षको दौरानसम्म पनि काम गर्न कुनै कठिनाइ आएको छैन। अहिलेसम्म सुमधुर ‘मल्टिकल्चर’ मा उनीहरूसँग काम भइरहेको छ। अर्कातर्फ, नेपाली दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग गर्ने चिनियाँ कम्पनीको प्रतिबद्धता रहेकाले पनि हामीलाई धेरै सहज भएको छ। उड्डयन क्षेत्रमा मेरो ३० वर्षको अनुभवले हेर्दा अहिलेसम्म हिमालय एयरलाइन्सले सबैभन्दा बढी दक्ष जनशक्ति उत्पादनमा लगानी गरेको छ।
नेपालमा भएका अन्य एयरलाइन्स कम्पनीभन्दा हिमालयको योगदान धेरै छ। हिमालय एयरलाइन्सले सबैभन्दा पहिला ४० जना नेपालीलाई एयरबसको इन्जिनियरिङ तालिम दिलाएको थियो। जुन नेपालीका लागि ठूलो अवसर हो। त्यसैले हाम्रो पैसाको लगानीमात्र होइन, नेपालीलाई पनि दक्ष बनाउने प्रतिबद्धताअनुसार जनशक्ति उत्पादनमा समेत ठूलो लगानी रहँदै आएको छ।
योसँगै क्रु मेम्बर (चालक दल सदस्य) उत्पादन, फ्लाइट सेफ्टी, क्वालिटी कन्ट्रोल र सेफ्टीमा समेत धेरै प्रतिबद्धता रहेकाले त्यहीअनुसारले काम गर्नका लागि सहयोग पुगेको छ। त्यसका लागि हाम्रा भगिनी संस्थाहरूको पनि ठूलो साथ र सहयोग छ। यती एयरलाइन्सको पनि हिमालय एयरलाइन्स राम्रोसँग चलोस् भन्ने नै रहेको छ र आवश्यक परेका बेला जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता छ। त्यसले गर्दा हिमालयलाई ज्वाइन्ट भेन्चरका रूपमा काम गर्न सहज छ।
हिमालय एयरलाइन्स सुरु गर्दा अरू ठूला व्यापारिक घराना पनि जोडिएका थिए। तर, सुरुवातको छोटो समयमै तपाईंहरूसँगको साझेदारी तोडे। त्यसबेला के भएको थियो?
कम्पनीमा आबद्ध हुने र छाड्ने अधिकार सबैको हुन्छ। सायद, उहाँहरूबीच पनि केही समझदारी भएको हुनसक्छ। हामीले ज्वाइन्ट भेन्चरका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको करिब दुई वर्षपछि ती व्यापारिक घरानाले साझेदारी छाडेका हुन्। सम्भवतः त्यो अवधिमा उहाँहरूलाई एयरलाइन्समा लगानी गर्न उपयुक्त छैन भन्ने लागेको पनि हुनसक्छ। तर, किन छाड्नुभयो भन्ने जवाफ हामीले पनि मागेनौं। सायद, अन्य क्षेत्रमा जस्तो लगानी गरेर तत्कालै नाफा एयरलाइन्समा नआउने भएकाले पनि उहाँहरू बाहिरिनुभएको हुनसक्छ। किन बाहिरिनुभयो भन्ने कारणको जानकारी भने दिनुभएन।
नेपालमा भएका अन्य एयरलाइन्स कम्पनीभन्दा हिमालयको योगदान धेरै छ। हिमालय एयरलाइन्सले सबैभन्दा पहिला ४० जना नेपालीलाई एयरबसको इन्जिनियरिङ तालिम दिलाएको थियो। जुन नेपालीका लागि ठूलो अवसर हो। त्यसैले हाम्रो पैसाको लगानीमात्र होइन, नेपालीलाई पनि दक्ष बनाउने प्रतिबद्धताअनुसार जनशक्ति उत्पादनमा समेत ठूलो लगानी रहँदै आएको छ।
अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने आइडिया यती एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको थियो। त्यो बेला हिमालय स्थापना गर्न कतिको पापड बेल्नुपरेका थियो?
पापड बेल्नेको खास परिभाषा चाहिँ मलाई थाहा छैन। सिभिल एभिएसनको सुरुको इतिहास हेर्दा निजी क्षेत्रले एयरलाइन्स चलाएको खासै धेरै वर्ष भएको छैन। हामीले पनि उड्डयनका परिधिभित्र नै रहेर लाइसेन्सका लागि आवेदन दियौं। हामीसँग हिमालयभन्दा अघि नै यती एयरलाइन्स चलाइसकेको र फ्लाइ यतीको नाममा अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स समेत पाइसकेको हुनाले त्यति असज भएन।
उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले जारी गरेर मापदण्ड पूरा गर्ने बेलामा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको र आवश्यक जनशक्तिदेखि कागजातसमेत भएकाले त्यति गाह्रो भएन। हिमालयका नाममा वायुसेवा सञ्चालन अनुमति प्रमाणपत्र (एओसी) लिँदा आइकाओको मापदण्ड पूरा गर्न कुनै पनि कन्जुस्याइँ गरेनौं। त्यसले गर्दा सेफ्टीसहित कुनै पनि विषयमा कन्जुस्याइँ नगर्ने आफ्नै प्रतिबद्धता रहेकाले पनि काम गर्नका लागि कुनै असहजता भएन। योसँगै सरकारले बनाएका जुनसुकै मापदण्ड पूरा गर्नका लागि हिमालय सदैव तयार छ।
अर्को कुरा, हामीले सुरुदेखि नै उठाउँदै आएको आवाज भनेको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को काम हो। सरकारले सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि बनाएको ऐन, नियम र कार्यविधि हिमालय एयरलाइन्स सञ्चालन हुनुअघिकै हुन्। त्यसलाई हामीले चार वर्ष लगाएर सबै मापदण्ड पूरा गरेका छौंं। सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि लाइसेन्ससमेत पाएपछि काम गर्ने बेला सरकारले रोकिदिएको छ। यो भनेको त सरकारले हामीलाई अवरोध गरेको हो नि!
हाम्रो माग भनेको हाम्रा तर्फबाट सबै मापदण्ड पूरा गरेपछि काम गर्न दिनुप¥यो भन्ने नै हो। कि त कार्यविधिअनुसार अपुग भएका विषय भनिदिनुपर्यो, नत्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा त पाउनुपर्यो भन्ने हो। त्यसैले सबै मापदण्ड पूरा गरेका कारण कोही व्यक्ति वा समूहको भनेर अनुमति पाउनेभन्दा पनि आफ्नै कारणले अनुमति पाएका हौं। म दाबीका साथ भन्छु, यसका लागि कुनै पापड बेल्नुपरेन।
तपाईंहरू सुरुवातदेखि नै भारतका विभिन्न सहरमा उडान गर्न खोजिरहनुभएको छ। तर, आठ वर्षसम्म पनि सफल हुन सक्नुभएको छैन। चीनको लगानी भएको भएर छिमेकी भारतले उसका गन्तव्यमा उडान गर्न अनुमति नदिएको हो?
भारतले उडान अनुमति अहिलेसम्म दिएको छैन। दुई मुलुकबीच भएको हवाई सम्झौतामा जुन मुलुकमा दर्ता भएर एयरलाइन्स सञ्चालनमा आएका छन्, तिनले सहजै उडान अनुमति पाउने उल्लेख छ। हवाई सम्झौताको ‘ट्राफिक राइट’ अनुसार हामीले भारतमा उडान अनुमति माग गरेका हौं। तर, भारतले अहिलेसम्म उडान अनुमति दिएको छैन।
भारतले सेफ्टीको समस्या छ भनेर हामीलाई पन्छाउँदै आएको छ। नेपालबाट जाने एयरलाइन्सलाई यही विषय लिएर रोक्नुपर्ने अवस्था नै छैन। हामीलाई आइकाओको मापदण्ड सबैभन्दा राम्रोसँग पालना गरेको भन्दै आएकाओले नेपाललाई समेत कालोसूचीबाट हटाएको थियो। त्यतिमात्र होइन, चीनको सेफ्टीका मापदण्ड एकदमै राम्रो रहेको र हामीले सबै पूरा गरिरहेकाले यसमा प्रश्न उठाउनुपर्ने कुनै विषय छैन।
भारतीय सिभिल एभिएसनले विदेशी एयरलाइन्सलाई आफ्नो देश आउँदा पालना गर्नुपर्ने सम्पूर्ण नियम कानुन पूरा गरेको र कार्यविधिअनुसार पनि हिमालय तयार रहँदै आएको छ। त्यहाँको सिभिल एभिएसनको तल्लो निकायबाट समेत हिमालयलाई उडान अनुमति दिन स्वीकृति पाइसकेका बेला त्यहाँको नागरिक उड्डयन प्राधिकरणले भने रोकिरहेको छ। जुन नेपालका लागि ठूलो दुर्भाग्य हो। संसारभरि अहिले वैदेशिक लगानीको समय छ।
भारतमा पनि संसारभरिका सबैभन्दा बढी मुलुकबाट लगानी आउने गरेको भन्दै गर्व गरिरहेको पाइन्छ। चीनबाट पनि भारतमा लगानी भित्रिएको छ। जुन देशले वैदेशिक लगानीलाई प्राथमिकता दिइरहेको छ, छिमेकी देशमा वैदेशिक लगानीमा सुरु भएको एयरलाइन्सलाई स्वीकार गर्न नसक्नु अर्को दुर्भाग्य हो। एकै वाक्यमा भन्दा हिमालयमा चिनियाँ लगानी रहेकै कारण भारतले अहिलेसम्म उडान अनुमति नदिएको हो। अरू कुनै कारण छैनन्।
भारतले सेफ्टीको समस्या छ भनेर हामीलाई पन्छाउँदै आएको छ। नेपालबाट जाने एयरलाइन्सलाई यही विषय लिएर रोक्नुपर्ने अवस्था नै छैन। हामीलाई आइकाओको मापदण्ड सबैभन्दा राम्रोसँग पालना गरेको भन्दै आएकाओले नेपाललाई समेत कालोसूचीबाट हटाएको थियो। त्यतिमात्र होइन, चीनको सेफ्टीका मापदण्ड एकदमै राम्रो रहेको र हामीले सबै पूरा गरिरहेकाले यसमा प्रश्न उठाउनुपर्ने कुनै विषय छैन।
तपाईंहरूमाथि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको व्यापार खोसेको आरोप लाग्ने गरेको छ। खास के हो?
नेपालको हवाई इतिहास हेर्ने हो भने उड्डयन क्षेत्रमा ५० प्रतिशत बजार हिस्सा विगतमा नेपाल एयरलाइन्सले ओगटेको थियो। हिमालय आउनुभन्दा अघिसम्म पनि नेपाल एयरलाइन्सले जहाज थप्न सकेन। जसका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा समेत आफ्नो हिस्सा घटाउँदै लग्यो। कुनै एक समय यस्तो पनि थियो, नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय बजार हिस्सा पाँच प्रतिशत।
आफ्नो बजार हिस्साको ५० प्रतिशत त विदेशी एयरलाइन्सले खाइसकेका थिए। त्यसबीचमा हिमालय एयरलाइन्स आयो। अहिले हामीसँग चारवटा जहाज छन्। नेपाल एयरलाइन्सको पनि चारवटै जहाज छन्। हामीले प्रतिस्पर्धा गर्दा सयौं जहाज भएका एयरलाइन्ससँग प्रतिस्पर्धा गरेर उडान गर्दै आएका छौं। अन्य प्रतिस्पर्धीका लागि हिमालय हात्तीको अगाडि भुसुनाजस्तै हो।
हामी नेपाल एयरलाइन्सलाई कुनै प्रतिस्पर्धी नै मान्दैनौं। नेपाल एयरलाइन्सलाई जतिसक्दो धेरै सहयोग गर्ने भन्ने धारणा हाम्रो सदैव रहेको छ। उसलाई चाहिएको बेला जस्तो सुकै सहयोग गरेर सहयात्री भएर अगाडि बढ्न चाहन्छौं। विगतमा हेर्ने हो भने एकजना प्रधानमन्त्री भारत भ्रमणमा जाने क्रममा नेपाल एयरलाइन्सको जहाजमा एउटा पांग्रा नभएका बेलामा हामीले नै सापटी दिएर पठाएका हौं।
यो बिर्सिनु हुँदैन। नेपाल एयरलाइन्समा तालिम दिने क्याप्टेन नहुँदा पनि दिने भनेकै हौं। तर, उहाँहरूले लिनुभएन। त्यसैले नेपाल एयरलाइन्स मुलुकको सम्पत्ति हो, यसलाई जोगाउनुपर्छ र राम्रो हुनुपर्छ भन्ने धारणा पहिलादेखिकै हो र अहिले पनि त्यस्तै छ।
सामान्यतया, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणमा सरकारी वायुसेवा कम्पनी प्रयोग गर्ने चलन छ। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जाँदा हिमालयको जहाज लगेको भन्दै ठूलो विवाद भएको थियो। खास कुरा के थियो?
एउटा कार्यक्रमलाई मात्र ‘आइसोलेसन’ मा राखेर हामीले हेर्नु हुँदैन, समग्रमा हेर्नु हुँदैन। अहिलेसम्म नेपाल सरकारको अनुरोधमा सरकारका लागि धेरैपटक निःशुल्क अन्तर्राष्ट्रिय उडान गर्दै आएका छौं। जुन चीन भ्रमणको पनि त्यहीअन्तर्गतको हो। हिमालयको स्पष्ट नीति भनेको नेपाल सरकार र नेपाली जनताका लागि आवश्यक परेका बेला निःशुल्क सेवा दिने भन्ने छ। र, सरकारले चाहिएका बेला जुनसुकै सहयोग गर्न पनि तयार रहेको उल्लेख गरेको छ। यो बीचमा पनि नेपालका विभिन्न निकायका प्रमुखले विदेशी एयरलाइन्सको जहाजमा यात्रा गर्नुभएकै छ।
हामी त नेपालमै दर्ता भएको नेपाली कम्पनी हो। हाम्रो जहाजमा प्रधानमन्त्री चढ्नै नहुने भन्ने त हुँदैन नि! वैदेशिक लगानी ऐनले नेपाली एयरलाइन्स, अन्य एयरलाइन्स र वैदेशिक लगानी भएको एयरलाइन्सलाई कुनै विभेद गरिने छैन भनेर उल्लेख छ।
त्यस अर्थमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सरकारको नजरमा फरक होइन भन्ने लाग्छ। त्यतिमात्र होइन, हाम्रो ‘सेफ्टी स्टाण्डर्ड’ धेरै नै माथि छ। त्यस कारणले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्च पदस्थ अधिकारीलाई उडान गर्न सुहाउने एयरलाइन्सका रूपमा हिमालयलाई मान्छौं र हो पनि। त्यसैले सुरक्षाका हिसाबले पनि उच्च अधिकारीहरू हिमालयमा यात्रा गर्नु राम्रो हो भनेर दाबी पनि गर्छौं।
केही समयअघि अफगानिस्तानको काबुलमा नेपालबाट सहयोग लिएर जाने क्रममा सरकारबाट हिमालयलाई निःशुल्क उडान गरिदिन अनुरोध आयो। हामीले सहजै स्वीकार गरेर उडान गर्यौं। त्योबेला हिमालयको करोडौं रुपैयाँ खर्च भएको थियो। त्यो खर्च त सरकारप्रति हाम्रो पनि दायित्व छ भनेर गरेका हौं नि! तत्कालीन परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा पनि निःशुल्क उडान गरेका थियौंं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परिक्षण उडान नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा निःशुल्क गरेका छौं ।
सरकारले हामीलाई अनुरोध गर्ने बेलामा उडान गर्ने सबै निःशुल्क र सरकारले पैसा तिर्ने सबै उडान भने नेपाल एयरलाइन्सलाई दिने गरेको छ। यसरी हेर्दा त सोझै हामीमाथि विभेद भएको देखिन्छ। तै पनि, सरकारको कार्यक्रमलाई सदैव साथ दिनुपर्छ भनेर निरन्तर रुपमा लागिपरेका छौं। त्यसैले हामीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्छ।
त्यस अर्थमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सरकारको नजरमा फरक होइन भन्ने लाग्छ। त्यतिमात्र होइन, हाम्रो ‘सेफ्टी स्टाण्डर्ड’ धेरै नै माथि छ। त्यस कारणले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्च पदस्थ अधिकारीलाई उडान गर्न सुहाउने एयरलाइन्सका रूपमा हिमालयलाई मान्छौं र हो पनि। त्यसैले सुरक्षाका हिसाबले पनि उच्च अधिकारीहरू हिमालयमा यात्रा गर्नु राम्रो हो भनेर दाबी पनि गर्छौं।
राजनीतिक शक्तिकेन्द्रका आडमा उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तपाईंहरूले सधैं प्रभावमा पार्ने गरेको आरोप लागिरहेको हुन्छ। यसबारे के भन्नुहुन्छ?
त्यो भन्नेहरूको बुझाइमा कमी भएको हो भन्ने लाग्छ। किनभन्दा हामीले पूरा गर्नुपर्ने सबै मापदण्ड पूरा गर्ने र कुनै पनि विषयमा कन्जुस्याइँ नगर्ने भएकाले पनि हामी कसैसँग झुक्नुपर्ने अवस्था छैन। हाम्रो नीति पनि हिमालय एयरलाइन्स सिकाउने एयरलाइन्सका रूपमा अगाडि बढ्ने भन्ने नै हो र अहिले त्यही गतिमा लागिरहेको छ। जसले प्राधिकरणको सम्पूर्ण नियम कानुनको पालना गर्छ, त्यसले प्राधिकरणलाई नै कब्जा ग¥यो र प्रभावमा पार्छ भन्नु गलत हो।
हिमालयको सेफ्टी स्ट्यान्डर्ड प्राधिकरणको भन्दा माथि इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) अनुसार लैजाने भनेर लागिरहेका छौं। अहिले पनि प्राधिकरणले तोकेको र भनेको भन्दा माथि छ।
त्रिभुवन, गौतमबुद्ध र पोखरा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सञ्चालनको माग गरिरहनुभएको छ। तपाईंहरूलाई आफैं ग्राउन्ड ह्यान्डलिङ किन गर्नुपर्यो?
हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको माग राखेका छैनौं र चाहिँदैन पनि। सरकारले लौन ग्राउन्ड ह्यान्डलिङ गरिदिनुपर्यो भनेर दिनै आए पनि लिँदैनौं, त्यो स्पष्ट छ। हामीले मागेको भनेको प्राधिकरणको नियमअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनुपर्छ भन्ने हो। जुन प्राधिकरणले तोकेका सबै कार्यविधि पूरा गरेर लाइसेन्स नै लिइसकेका छौं।
तर, अहिले प्राधिकरणले हामीलाई पत्र लेखेर तत्कालका लागि नदिने भनेको छ। जुन गलत हो। यो विषयमा प्राधिकरणसँग संवाद गर्छौं र त्यहाँबाट पनि सहमति नभए अदालतको ढोका ढकढकाउन पुग्छौं। किनकि, हामीले पाउने अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने हो। यो कुनै दबाब होइन।अर्को भनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मात्र नभई सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनामा हिमालयले सक्दो सहयोग र सहकार्य गरेर अगाडि बढ्ने भन्ने नीति बनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङमा सरकारले अन्याय गर्यो भन्दै आउनुभएको छ। खास के हो? किन आवश्यक छ सेल्फ ग्राउन्ड ह्यान्डलिङ?
सरकारले हामीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने विषयमा अन्याय गरेको छ। जसका कारण विदेशी लगानी आउन समस्या पर्नसक्छ। एयरलाइन्सले विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि यो निकै जोखिमयुक्त व्यवसाय हो। यस्तो खालको व्यवसायमा पनि विदेशी लगानी आउनु नेपालका लागि गौरवको विषय हुनुपर्ने हो। यसलाई जगेर्ना गर्न सरकार लागेको छैन। नेपालका अन्य एयरलाइन्सका तुलनामा सरकारले हिमालयलाई ठूलो विभेद गर्दै आएको छ।
हामीले पाउनुपर्ने ऐनकानुनमा रहेका न्यूनतम सुविधासमेत उपभोग गर्न पाएका छैनौं। यसले विदेशी लगानीमा नेपालमा काम गर्न सकिँदैन भन्ने सन्देश सरकारले दिइरहेको छ। जसबाट सरकार मुक्त हुनुपर्छ।
सरकारले हामीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने विषयमा अन्याय गरेको छ। जसका कारण विदेशी लगानी आउन समस्या पर्नसक्छ। एयरलाइन्सले विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि यो निकै जोखिमयुक्त व्यवसाय हो। यस्तो खालको व्यवसायमा पनि विदेशी लगानी आउनु नेपालका लागि गौरवको विषय हुनुपर्ने हो। यसलाई जगेर्ना गर्न सरकार लागेको छैन। नेपालका अन्य एयरलाइन्सका तुलनामा सरकारले हिमालयलाई ठूलो विभेद गर्दै आएको छ।
गौतमबुद्ध र पोखरामा ग्राउन्ड ह्यान्डलिङ दिएमात्र नियमित उडान गर्ने सर्त राख्नुभएको छ। यो सरकार र नागरिक उड्डयन प्राधिकरणमाथि तपाईंहरूको दबाब होइन?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुरामा हामीले एउटा जहाज नै राखेर उडान सुरु गरेका हौं। जहाज नै राखेर उडान सुरु गर्दा हाम्रो खर्च धेरै लाग्छ। पुँजीगत लगानी पनि धेरै हुने भएकाले विमानस्थलको लगानी लामो समयका लागि हुने भएकाले त्यहाँ व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनुपर्छ भन्ने हाम्रो धारणा हो। हामीले पाउनैपर्छ भन्ने होइन, हाम्रो पनि आवश्यकता त्यहाँ पर्छ भने सरकारले पनि हामीलाई सहयोग गर्नुपर्छ भनेर ग्राउन्ड ह्यान्डलिङको माग राखेका हौं।
पोखराका सन्दर्भ पनि त्यस्तै हो। हाम्रो उडान त्यहाँ भइरहँदा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मा हामीलाई दिनुपर्छ भन्ने हो। भन्ने बेलामा एयरलाइन्स ती विमानस्थलमा जसरी पनि गएर उडान गरिदिनुपर्यो भनेर सरकारले भन्ने, अनि हामीलाई पनि आवश्यक सुविधा दिनुपर्छ भन्दा दबाब चाहिँ कसरी हुन्छ? यदि, प्रतिस्पर्धा हुन्छ भने सबैलाई गराउनुपर्छ र समान हुनुपर्छ।