काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ। बुधबार ९.०१ अंकले घटेको बजार बिहीबार झिनो अंकले बढेको हो। आज नेप्से परिसूचक ५.७१ प्रतिशतले बढेर २ हजार १७८.८१ बिन्दुमा पुगेको छ।
झिनो अंकले बढेको बजारमा ३ अर्बको कारोबार भएको छ। तीन अर्बको कारोबार भएको बजारमा ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १०८ कम्पनीको घटेको छ। त्यसैगरी १४ कम्पनीको सेयरमूल्य भने स्थिर छ।
यस दिन नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयरमा उच्च माग रहेको थियो। अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ८५ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबारको तुलनामा यस दिन कारोबार रकम १ अर्ब १ करोड कम हो।
यस दिन नेप्से २ हजार १७५ बिन्दुमा खुलेर २१९२ उच्च बिन्दु र २१६३ न्यून बिन्दु समातेको थियो। यस दिन २४६ कम्पनीको ८२ लाख ४७ हजार पटकको खरिद बिक्री हुँदा ३ अर्ब ४ करोडको कारोबार भएको छ।
सर्वाधिक सेयरमूल्य बढेका कम्पनी
कारोबारमा आएकामध्ये आर्दन लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी मैलुङ खोला जलविद्युतको ९.५४ प्रतिशत, निफ्राको ७.२० प्रतिशत, ग्रीन भेन्चरको ६.७१ प्रतिशत र श्रेवत गंगा हाइड्रोपावरको सेयरमूल्य ६.१४ प्रतिशतले बढेको छ।
सर्वाधिक सेयरमूल्य घटेको कम्पनी
कारोबारमा आएका कम्पनीमध्ये कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ। त्यसैगरी लक्ष्मी लघुवित्तको ५.४४ प्रतिशत, सिटिजन्स म्युचल फन्ड–२ को इकाईमूल्य ३.८० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ।
सर्वाधिक कारोबार भएका कम्पनी
यस दिन कारोबारमा आएका कम्पनीमध्ये एनआइसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको १८ करोड ४ लाखको कारोबार भएको छ। त्यसैगरी रिडी हाइड्रोपावरको १२ करोड ३२ लाख, पिपुल्स हाइड्रोपावरको १० करोड ४० लाख, अपी पावर कम्पनीको ९ करोड ४५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।