काठमाडौं। भारतीय बजारमा नेक्सन इभीको मूल्य एकैपटक ३१ हजारदेखि ८५ हजार रुपैयाँसम्मले घटाइएको छ।
नेक्सन इभी निर्माण कम्पनी टाटाले भेरियन्टअनुसार ३१ हजारदेखि ८५ हजार रुपैयाँसम्म मूल्य कटौती गरेको हो। भारतमा महिन्द्राले एक्सयूभी ४ सय सार्वजनिक गरेसँगै टाटाले नेक्सन इभीको मूल्य कटौती गरेको हो। तर, पनि टाटाको म्याक्स मोडलभन्दा नेक्सनको मूल्य नै बढी रहेको छ।
सन् २०२२ मा ५० हजार युनिट नेक्सन बिक्री गरेको टाटाले २०२३ मा त्यसलाई दोब्बर बनाउने लक्ष्य राखेका कारण सो लक्ष्यमा पुग्न मूल्य कटौती गरेको बताइएको छ।
पहिलेको मूल्यअनुसार नेक्सन इभी प्राइम मोडल र एक्सयूभी ४ सयबीच १ लाख रुपैयाँको मात्रै अन्तर थियो। अब मूल्य घटाएपछि प्राइम मोडल कम्तीमा १ लाख ५० हजार भारतीय रुपैयाँको अन्तर कायम भएको छ।
कम्पनीले म्याक्स मोडलको एक्सएमको मूल्य १६ लाख ४९ हजार यथावत राखिएको छ। एक्सजेड प्लस ३.३ किलोवाट अनवोर्ड चार्जर भएको भेरियन्टमा ८५ हजारले मूल्य घटाएर १८ लाख ३४ हजार बनाइएको छ। सोही चार्जर भएको एक्स्जेड प्लस लग्जरी भेरियन्टमा पनि ८५ हजारले मूल्य घटेर १८ लाख ४९ हजार तोकिएको छ ।
टाटाले यसअघि बिक्री गर्दै आएको स्टायडर्ड (प्राइम) मोडलको एक्सएम भेरियन्टको मूल्य १४ लाख ९९ हजारबाट घटेर १४ लाख ४९ हजार कायम भएको छ। त्यस्तै एक्स्जेड प्लस भेरियन्टको मूल्य १६ लाख ३० हजारबाट घटाएर १५ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १७ लाख ३० हजारबाट घटेर १६ लाख ९९ हजार भरतीय रुपैयाँ तोकिएको छ।
त्यस्तै कम्पनीले अनबोड चार्जर ७.२ किलोवाट रहेको म्याक्स मोडलको एक्सएम भेरियन्टको मूल्य यथावत् १६ लाख ९९ हजार राखिएको छ। कम्पनीले एक्सजेड प्लस भेरियन्टको मूल्य ८५ हजार रुपैयाँले घटाएर १७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य पनि समान ८५ हजारले घटाएर १८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।