व्यवसाय गर्ने परम्परागत सोचमा बिस्तारै परिवर्तन हुँदै आइरहेको छ। परम्परागत सोचबाट प्रेरित व्यवसायले अल्पकालीनरूपमा निश्चित आम्दानी र नाफा सिर्जना गर्न सके पनि दिर्घकालीनरूपमा आम्दानी र नाफा गर्न नयाँ सोचको आवश्यकता महसुस हुन थालेको छ।
व्यवसाय गर्न अनुकूल व्यावसायिक वातावरणको आवश्यकता पर्दछ। व्यापार गरी नाफा कमाउनु व्यापारीको व्यावसायिक धर्म हो तर नाफाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्यो कि गरेन वा व्यावसायिक वातावरण र दिगो विकासका लागि के–कस्तो भूमिका खेल्यो भन्ने विषयले बढी अर्थ राख्छ।
कार्बन उत्सर्जन गर्ने व्यवसायले ठूलो नाफा कमाउला तर त्यसले वातावरणीय क्षति कति पुर्यायो भन्ने विषयले बढी महत्व राख्छ। अब कार्बन उत्सर्जन व्यवसाय र व्यवसायीले वातावरणीय सन्तुलन मिलाउन ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। आगामी दिनमा कुनै पनि व्यवसायलाई वातावरण, समाज र सुशासन तीन पक्षबाट हेर्नुपर्ने हुन्छ।
अर्थात, कुनै पनि व्यवसायमा गरिने लगानी सामाजिक उत्तरदायित्वबाट प्रेरित हुनुपर्छ। सामाजिक उत्तरदायित्वपूर्ण लगानी, नैतिक लगानी, दिगो विकास प्रेरित लगानी र वातावरणमा सकारात्मक प्रभाव पार्ने लगानीले मात्रै आमजनमानसको हित हुन सक्दछ।
२०२२ नोभेम्भर ६–२० सम्म इजिप्टमा सम्पन्न ‘कोप–२७’ सम्मेलनले १२ महिने कार्ययोजना पारित गर्दै सफा र हरित प्रविधिलाई सस्तो, सुलभ र सबैको पहुँचयोग्य बनाउने निर्णय गरेको छ।
ऊर्जा उत्पादन र यातायात क्षेत्रबाट हुने कार्बन उत्सर्जन कम गर्दै ‘हाइड्रोजन’ ऊर्जा उत्पादन र दिगो कृषि उत्पादनमा जोड दिई एक वर्षपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने कोप–२८ सम्मेलनअघि ऊर्जा लागत कटौती, कार्बन उत्सर्जन कटौती र खाद्य सुरक्षालाई बढावा दिने नीति कार्यान्वयनमा जोड दिइएको छ।
कोप–२७ ले जलवायु परिवर्तनको मार खेपेका वा जोखिममा रहेका विकासशील मुलुकलाई सहयोग गर्न बहुप्रतीक्षित क्षतिपूर्ति कोष स्थापना गरेको छ। क्षतिपूर्ति कोष स्थापनालाई जलवायु परिवर्तन र त्यसबाट हुने दुष्प्रभाव न्यूनीकरणका पक्षमा कोसेढुंगा साबित हुने मानिएको छ।
नेपालले पनि जलवायु परिवर्तन र वातावरणमा आइरहेको ह्रासबाट ठूलो क्षति बेहोरिरहेको छ। बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, सुक्खा, हुरीबतास र डढेलोजस्ता प्राकृतिक विपत्तिवाट वर्षेनि ठूलो जनधन क्षति भइरहेको छ। खासगरी १५ वर्ष यता नेपालमा जलप्रदुषण र वायुप्रदुषणको समस्या विकरालरूपमा बढ्दै आएको अनुमान गरिएको छ।
नेपालले पनि जलवायु परिवर्तन र वातावरणमा आइरहेको ह्रासबाट ठूलो क्षति बेहोरिरहेको छ। बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, सुक्खा, हुरीबतास र डढेलोजस्ता प्राकृतिक विपत्तिवाट वर्षेनि ठूलो जनधन क्षति भइरहेको छ। खासगरी १५ वर्ष यता नेपालमा जलप्रदुषण र वायुप्रदुषणको समस्या विकरालरूपमा बढ्दै आएको अनुमान गरिएको छ।
एसियाली विकास बैंकले जलवायु परिवर्तन असरबाट नेपालले २०५० सम्म वार्षिक कूल गार्हस्थ उत्पादन (जिडिपी) को २.२ प्रतिशतबराबर क्षति बेहोर्नुपर्ने डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ।
जलवायु परिवर्तनको असर वित्तीय क्षेत्रमा देखिने अनुमान गर्दै नेपाल राष्ट्र बैंकले आफूअन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई कुनै पनि व्यवसाय तथा परियोजनामा लगानी गर्नुपूर्व त्यसले वातावरण तथा समाजमा पार्न सक्ने प्रभाव आँकलन र मूल्यांकन गरेरमात्र लगानी गर्न वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी मार्गदर्शन जारी गरिसकेको छ।
व्यावसायिक जगत र उद्यमीले व्यावसायिक योजना बनाउँदा नाफामात्र नहेरी आफ्नो व्यवसायले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्छ वा पार्दैन अनि दिगो विकास लक्ष्यमा सकारात्मक टेवा पुर्याउँछ कि पुर्याउँदैन भन्ने विषयलाई प्राथमिकतासाथ मिहिनरूपमा हेर्नुपर्छ।
विशेषत, वातावरणमैत्री व्यवसायले दिगो सञ्चालन लक्ष्य लिई वातावरणमा कमभन्दा कम क्षति पुर्याउने, नविकरणीय साधन र स्रोत प्रयोग गर्ने, आफूले खरिद गर्ने सामान तथा कच्चापदार्थ र त्यसका आपूर्तिकर्ता वातावरणप्रति उत्तरदायी भए÷नभएको हेर्ने र कच्चापदार्थ उत्पादनमा कार्बन उत्सर्जन न्यून रहेको निश्चित गरेरमात्र खरिद गर्नुपर्छ।
आफ्नो व्यवसायले वातावरणमा कमभन्दा कम नकारात्मक प्रभाव पार्ने गरी योजना बनाउनुपर्छ भने सकेसम्म आफूले कारोबार गर्ने वस्तु तथा सेवाले कार्बन उत्सर्जन न्यूनीकरण गरेको हुनुपर्दछ। त्यतिमात्रै होइन, आपूर्ति चक्र व्यवस्थापनमा सचेत भई अनावश्यक प्याकेजिङ र अधिक उत्पादन निरुत्साहित गर्नुपर्छ।
आगामी दिनमा व्यावसायिक सफलता केवल नाफामा नहेरी सम्बन्धित व्यवसायीले कारोबार गर्ने वस्तु तथा सेवाको दक्षता, कर्मचारी व्यवस्थापन, संस्थाप्रतिको लगाव, वातावरणप्रतिको उत्तरदायित्व पूरा गरे/नगरेको र समग्र सञ्चालन प्रणाली वातावरणमैत्री भए/नभएको पक्ष हेरेर मूल्यांकन हुनुपर्दछ।
व्यवसाय वातावरणमैत्री हुनु वातावरणको हिसाबले मात्र फाइदाजनक नभएर दिर्घकालमा व्यवसायी आफैंलाई फाइदा हुने विषय हो। अहिले ग्राहक पनि वातावरणमैत्री वस्तु तथा सेवा प्रयोग गर्न रुचाउँछन्। वातावरणप्रति संवेदनशील व्यवसायको लोकप्रियता र प्रशंसनियता फरक प्रकृतिको हुन्छ। जसरी रेस्टुरेन्टहरूमा फरक प्रकृतिबाट दक्ष कर्मचारीले सेवा दिँदा सकारात्मक अनुभूति गर्दछौं, त्यसैगरी वातावरणप्रति सचेत व्यवसायवाट वस्तु तथा सेवा लिने मौका पाउँदा पनि सकारात्मक अनुभूति हुने गर्दछ।
व्यवसाय वातावरणमैत्री हुनु वातावरणको हिसाबले मात्र फाइदाजनक नभएर दिर्घकालमा व्यवसायी आफैंलाई फाइदा हुने विषय हो। अहिले ग्राहक पनि वातावरणमैत्री वस्तु तथा सेवा प्रयोग गर्न रुचाउँछन्। वातावरणप्रति संवेदनशील व्यवसायको लोकप्रियता र प्रशंसनियता फरक प्रकृतिको हुन्छ। जसरी रेस्टुरेन्टहरूमा फरक प्रकृतिबाट दक्ष कर्मचारीले सेवा दिँदा सकारात्मक अनुभूति गर्दछौं, त्यसैगरी वातावरणप्रति सचेत व्यवसायवाट वस्तु तथा सेवा लिने मौका पाउँदा पनि सकारात्मक अनुभूति हुने गर्दछ।
त्यतिमात्र होइन, वातावरणमैत्री व्यवसायहरू अब नयाँ ग्राहकको रोजाइ पनि हुन सक्दछ। जसले व्यवसायहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनुका साथै बिक्री आम्दानी पनि बढ्न जान्छ। यसको उदाहरणका रूपमा पछिल्लो समय विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण र बिक्रीलाई लिन सकिन्छ। विद्युतीय सवारीको बढ्दो बिक्रीले पनि मानिसको वातावरणप्रतिको चासो र जवाफदेहिता प्रतिविम्बित गर्दछ।
अर्कातिर, कुनै सवारीले नराम्ररी धुवाँ फालिरहेको छ भने हामी सरकारको सवारी प्रदुषण जाँच गर्ने निकायमाथि प्रश्न गर्दछौं र त्यस्ता सवारी सकेसम्म आफ्नो यात्राका लागि प्रयोग गर्दैनौं। जसले गर्दा वातावरण प्रदुषण गर्ने सवारीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँछ र आम्दानीमा धक्का लाग्दछ। वातावरणप्रति आममानिसको संवेदनशिलता बिस्तारै जागरुक हुँदै गरेको यथार्थ विद्युतीय सवारीको बढ्दो प्रयोग र प्रदुषण जाँच गर्ने निकायमाथि उठाइने प्रश्नले देखाउँछ।
वातावरणमैत्री व्यवसायले स्थानीयस्तरमा उत्पादित स्रोत र साधन प्रयोगमा जोड दिँदा ढुवानी र प्याकेजिङ लागतमा उल्लेख्य कमी आउँछ। नविकरणीय ऊर्जा प्रयोग र खेर जानसक्ने वस्तुको पुनः प्रयोगले त्यस्ता वस्तु बचत हुनुका साथै यस्ता व्यवसायले विभिन्न सरकारी र गैरसरकारी संस्थाबाट अनुदान प्राप्त गरी दोहोरो फाइदा लिनसक्ने राम्रो सम्भावना पनि छ।
तसर्थ, कुनै पनि व्यावसायिक कार्ययोजना बनाउँदा व्यवसायीले व्यवसाय सञ्चालनमा आउनुअघि कच्चापदार्थ र स्रोतसाधन आपूर्ति हुने स्थान, ढुवानीका लागि लाग्ने समय, कच्चापदार्थ तथा स्रोतसाधन उत्पादन प्रक्रिया र वातावरणमा पार्ने असर, व्यवसायले प्रयोग गर्ने इन्धन र शक्तिको स्रोत पहिचान र निश्चितता गर्नुपर्छ। व्यवसाय सञ्चालनका दौरान व्यवसायले प्रयोग गर्ने उपकरण, प्याकेजिङ र ढुवानीका साधनको प्रणालीगत संरचना तयार गरी दिर्घकालीन सञ्चालन प्रक्रियालाई रणनीतिका रूपमा अगाडि सार्नुपर्दछ।
व्यवसाय सञ्चालनमा आइसकेपछि वस्तु तथा सेवा उत्पादनका दौरान निस्किने फोहर (वेस्टेज) व्यवस्थापन, वेस्टेज पुनः प्रयोग हुने अवस्था, रासायनिक वेस्टेज व्यवस्थापन, ग्राहकले वस्तु तथा सेवा प्रयोग गर्ने तरिका र ‘डिस्पोजल’ व्यवस्थापन साथै अन्य वातावरणीय पक्षमा ध्यान दिन जरुरी छ।
वास्तवमै वस्तु तथा सेवा प्रयोगपछि निस्किने डिस्पोजल व्यवस्थापन अहिले गम्भीर चुनौती बनेको छ। खासगरी विभिन्न बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवा प्रयोगपछि निस्किने फोहर (डिस्पोजल) ले समुद्र र वातावरणमा जम्मा भइरहेको प्लास्टिकजन्य फोहोरले विकराल रूप लिइरहेको यथार्थ कसैबाट लुकेको छैन।
वातावरणविदहरू अहिले डिस्पोजल व्यवस्थापनको मुद्दामा निकै सक्रिय भएका छन् र उनीहरूले बहुराष्ट्रिय कम्पनीहरूबाट उत्पादित वस्तु तथा सेवालाई सामाजिक र सार्वजनिक बहिस्कार गर्नेतर्फ लबिङ गरिरहेका छन्। त्यसकारण वातावरण र समाजप्रति उत्तरदायी नभई व्यवसाय सञ्चालन गर्दा आगामी दिनमा धेरै महँगो मूल्य चुकाउनुपर्ने स्थितिलाई नकार्न सकिँदैन।
वातावरणविदहरू अहिले डिस्पोजल व्यवस्थापनको मुद्दामा निकै सक्रिय भएका छन् र उनीहरूले बहुराष्ट्रिय कम्पनीहरूबाट उत्पादित वस्तु तथा सेवालाई सामाजिक र सार्वजनिक बहिस्कार गर्नेतर्फ लबिङ गरिरहेका छन्। त्यसकारण वातावरण र समाजप्रति उत्तरदायी नभई व्यवसाय सञ्चालन गर्दा आगामी दिनमा धेरै महँगो मूल्य चुकाउनुपर्ने स्थितिलाई नकार्न सकिँदैन।
यदाकदा वातावरणको विषयलाई अनावश्यक आदर्शका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ तर निकै पेचिलो बनेर अघि आइरहेको छ। सरकार र सम्बन्धित निकाय, व्यवसायी र व्यावसायहरूले वातावरणमा पारिरहेको नकारात्मक प्रभावको लेखाजोखा नगरी राजनीतिक र चुनावी हिसाबले मात्र हेर्ने हो भने नेपालको हरियो वन र हरिया डाँडाकाँडा पूर्णरूपमा मासिएर कुरूप हुने स्थिति आउँछ।
पानीका मुहान सुकेर सबै बस्ती उजाडिने र कुनै पनि सहर बस्नयोग्य नरहने स्थिति बन्छ। त्यसै पनि अहिले सबै पहाडी बस्ती खाली भइरहेका छन् भने तराईमा जग्गा प्लटिङ लहरले खेतीयोग्य जमिन मासिन जाँदा खाद्यान्न उत्पादनमा कटौती भएर पूर्णरूपमा परनिर्भर हुनुपरेको तीतो सत्य हामीसामु छ।
फेरि पनि भन्न सकिन्छ, नाफा आर्जन कुनै पनि व्यवसायको मूलमर्म हो र यो मर्मलाई महत्व दिनु नै पर्दछ। तर, नाफा आर्जन गरिरहँदा व्यवसायले वातावरणमा सापेक्ष प्रभाव पारेको छ वा छैन भन्ने लेखाजोखा हुनुपर्दछ। कुनै पनि व्यवसायवाट आर्जन गर्ने नाफा आफ्नो भविष्य र सन्ततिका लागि हो तर त्यो नाफा आर्जन गर्ने बहानामा कतै वातावरण प्रतिकूलका काम त गरिरहेका छैनौं भन्ने विषयमा समीक्षा हुनुपर्दछ।
आफूले सञ्चालन गरेको कुनै व्यवसायले वातावरण प्रतिकूल प्रभाव पारेको छ भने त्यो सर्वथा महँगो हुन्छ र त्यसको उपभोग हाम्रा सन्ततिले गर्ने कुराको निश्चितता रहँदैन। जलवायु परिवर्तनका असरलाई कम गर्दै र वातावरणमा सकारात्मक प्रभाव पर्ने काम ग¥यौं भनेमात्र हामी र हाम्रा सन्तति यो वातावरणमा बस्न र बाँच्न योग्य रहन्छौं। सफा, दिगो र हरित आम्दानीमा जोड दिँदै व्यावसायिक धर्म र आदर्शलाई वातावरणप्रति उत्तरदायी बनायौं भने समग्र पृथ्वीको हितमा रहन्छ र व्यावसायिक निरन्तरताका लागी कोसेढुंगा साबित हुन्छ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै प्रदेश र संघमा नयाँ सरकार बन्ने छ। नयाँ बन्ने सरकार (प्रदेश र संघ) ले आ–आफ्ना स्तरबाट जलवायु परिवर्तन र वातावरण संरक्षणसँग सम्बन्धित मुद्दा प्राथमिकतामा राखी दिगो विकासका लागि काम गर्न सकुन्।