काठमाडौं । भिभोले केही समय अघि आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो । भिभो वाई सिरिजका स्मार्टफोनहरु प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् ।
वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ । वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भए पनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ ।
यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ ।
भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् ।
वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढी टिक्छ ।
दुवै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ ।