काठमाडौं । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.७२ अंकले बढेर २ हजार १८२ बिन्दुमा पुगेको हो। यस दिन कारोबारमा आएका २५० कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ ।
त्यसैगरी ६ कम्पनीको कारोबार स्थिर नै छ । यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यी हुन् सर्वाधिक सेयर मूल्य बढेका कम्पनी
बढेको बजारमा ग्रीन भेन्चर, आर्दश लघुवित्त र पिपुल्स पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तीन वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । त्यसैगरी बाराही हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशत र धलेम्दी हाइड्रोपावरको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।
यी हुन् सर्वाधिक गुमाउने कम्पनी
नेप्से कारोबार आएका ३० कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ । त्यस्तै एनआइबिएल समृद्धि फण्ड–२ को इकाईमूल्य ६.२१ प्रतिशत, आरबिबि म्युचल फण्ड–१ को ५.५४ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्डको ५.१ प्रतिशत र सामुदायी लघुवित्तको सेयरमूल्य ७.३० प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनी
नेप्से कारोबारमा आएका कम्पनीमध्ये अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी अपर तामाकोसी हाइड्रोपावर कम्पनीको ११ करोड ३८ लाख, न्यादी पावर कम्पनीको १० करोड ४८ लाख, रिडी पावरको ९ लाख ४ हजार र हिमालयन डिस्टीलरीको ८ करोड १७ लाख रुपैयाँको कारोबार गरेका छ ।