काठमाडाैं। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित 'नेक्सन् इभी रेन्ज टेस्ट २०२३' प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सम्पन्न भएकाे छ।
सिप्रदी ट्रेडिङ र टाटा मोटर्स्काे सह–आयोजनामा भएकाे कार्यक्रममा नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकको उल्लेख्य एवम् उत्साहजनक सहभागिता थियाे।
बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन इभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भएका छन्। ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोस्राे भएका छन्। त्यसैगरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो भए। कार्यक्रममा सहभागी मध्ये २२ जनाले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सकेका थिए।
कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसंग स्मार्ट एलइडी टिभी जितेका छन्।
त्यसैगरी दोश्रो भएका गोपाल शर्माले सामसंग ओभेन जिते भने तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन्। विद्युतीय गाडीको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीप्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाबारे विश्वस्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी दिए।
कार्यक्रम पुस ३० शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट उद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन इभीको सहभागिता थियाे।
इभीको उपयोग गर्ने ग्राहकबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रममार्फत उहाँरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी दिए।
हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ।