काठमाडौं। पछिल्लो समयमा प्राकृतिक वातावरणमा ह्रास आउने, प्रदूषणहरु बढ्दै जाने विभिन्न समस्याहरु देखिँदै गएको छ । समय समयमा प्लास्टिकजन्य वस्तुहरुको प्रयोगले प्रदुषणलाई झन् बढावा दिएको कुरा पनि चर्चा चल्छ। तर मुलुकका होटल, पसल, रेस्टुरेन्ट, पार्टी प्यालेस, घरलगायतका धेरै ठाउँमा प्लास्टिकबाटै बनेका टेबुल, कुर्सी, सजावटका सामग्री प्रयोगमा छन्।
प्लास्टिकबाट बनेका यस्ता सामग्रीलाई विस्थापित गर्न आर्यन हस्तकलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ‘आर्यमन हस्तकला’ बाँसबाट विभिन्न आकर्षक सामग्री बनाएर बिक्री वितरण गर्ने व्यवसायीक उद्योग हो। यसमा बाँसबाट कुर्सी, टेबल, सजावटका अन्य सामग्री उत्पादन हुन्छन्।
यसमा बनेका बाँसका सामग्री विभिन्न होटल, रेष्टुरेन्टदेखि धेरैका घरमा पुग्छन्। बाँसकै ह्याङ्गर, र्याकदेखि बाँसकैमात्र आकर्षक सामग्री बनाउने आर्यमन हस्तकलाले नेपालमा प्रयाप्त मात्रामा पाइने बाँसको प्रयोग गरेर प्लाष्टिकका टेबल, कुर्सी तथा अन्य सामग्रीलाई विस्थापन गरी वातावरण संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।
आर्यमन हस्तकला एउटा पारिवारिक पेसा हो, जसलाई ललितपुरका दिवस श्रेष्ठले सञ्चालन गर्दै आएका छन्। इलाममा जन्मिएका श्रेष्ठ सानै उमेरमा परिवारसँग विराटनगर झरे। विराटनगरमा झरेपछि श्रेष्ठकी आमाले बाँसबाट बनाइएको सामग्रीको पसल राखिन्।
त्यसपछि श्रेष्ठले यस व्यवसायलाई सानैदेखि नजिकबाट चिन्ने मौका पाएँ। २०४९ सालमा नै उनी आमाले गरेको काम हेर्ने र सघाउने गर्थे। आमाले गर्दै आएको व्यवसाय भएर उनीमा सानैदखि पेसामा लगाव बस्यो। नौ वर्षको उमेरदेखि नै यसमा लागेका उनी अहिलेसम्म सक्रिय छन्।
लगभग ४०–४५ वर्षअघिको आफ्नो पारिवारीक व्यवसायलाई २०७३ सालमा कम्पनीको रुपमा स्थापना गरे। त्यसपछि उनले यस व्यवसायलाई थप बढाउने काम गरिरहेका छन्। बाँसको प्रयोग गरेर विभिन्न सामग्रीहरु बनाएर बिक्री गर्ने काम उनको परिवारको पुख्याैली पेसा हो। उनले बाँसबाट बनेका सामग्रि तयार गरेर यस व्यवसायलाई झन आकर्षक बनाए।
इमाडोलमा कारखाना र कुपन्डोलमा पसल रहेका उनले बताए। उनको पसलमा बाँसबाट कुर्सी, टेबल, सजावटका अन्य सामग्री बनाइन्छ। जहाँ नेपालमा प्रयाप्त मात्रामा भएको बाँसको प्रयोग गरेर उनले बनाएको सामग्रीप्रति धेरैको आकर्षण पनि बढ्दो मात्रामा छ।
मुलुकमा धेरैका घरमा, होटल तथा रेष्टुरेन्टमा प्लास्टिकका कुर्सी, टेबललगायतका अन्य सामग्री प्रचलनमा छन्। तर त्यस्ता प्लास्टिकको प्रयोगले प्रदुषण बढेको उनले पाए। त्यसलाई कम गर्न आफूले केही योग्दान दिनुपर्छ भन्ने उनले सोचे।
‘प्रदूषण गर्न कम गर्न बाँसबाट बनेका सामग्रीको प्रयोग बढाउनु उतम हुन्छ, जसको प्रयोगले प्रदूषण कम गर्न सहयोग हुन्छ,’ उनले भने ‘जुन नेपालमा पनि प्रयाप्तमात्रामा पाइन्छ ।’ उनको परिवारले बाँसको प्रयोग गरेर वर्षौअघिदेखि निर्माण गर्दै आएको छ । यस्ता सामग्रीको उत्पादन गर्नु राम्रो व्यवसाय हो भन्ने लागेको उनले बताए। त्यसैले उनले यो व्यवसायलाई प्राथमिकतामा राखेर अगाडि बढाए। ‘नेपालमा बाँस अथाह मात्रामा खेर गइरहेकाले यसको प्रयोग गर्न सकेकोमा म खुसी छु’ श्रेष्ठनले भने।
कोरोना महामारीको समयमा केही कठिन अवस्था सिर्जना भएपनि अहिले राम्रो आम्दानी गरिरहेको उनी बताउँछन्। ‘प्लास्टिक बनेका सामग्रीको प्रयोगले प्रकृतिमा नकरात्मक असर गर्ने र बाहिरबाट यस्ता सामग्री आयात हुने गरेको कारण यसको प्रयोग बढेको पाइएको उनले बताए। उनले भने ‘बाँसबाट बनेका सामग्री प्रयोगबारे सबै बुझाउनुपर्ने उनाको भनाइ छ ।
उनले वातावरीर्णीय रुपमा पनि फाइदाजनक र आफ्नो पारिवारिक र पुरानो पेसालाई आफूले निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्छन्। बाँसबाट बनेका अन्य बढीभन्दा बढी सामग्री बनाएर बजारीकरण गर्ने उनको लक्ष्य छ। यही पेसामा रमाइरहेकाले आफूले यसै पेसालाई थप व्यापक बनाउँदै लाने उनको योजना छ ।