एजेन्सी । दक्षिण कोरियाको गाडी उत्पादन गर्ने हुण्डाइ कम्पनीले २०१९ को अन्तिम र र २०२० को सुरुवातमा विभिन्न मोडलका नयाँ कारहरु विश्व बजारमा सार्वजनिक गर्दैछ । २०१९ र २०२० मा सार्वजनिक हुने यी गाडीहरुको मूल्य भारतीय बजारमा २० लाख भारतीय रुपैयाँभन्दा कम रहनेछ ।
१. हुुण्डाई टक्सन फेसलिफ्ट हुण्डाईले आफ्नो प्रिमियम एसयुभी टक्सन फेसलिफ्ट आगामी नोभेम्बर २०१९ मा भारतमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
त्यसो त यो गाडी यस अघि २०१६ मा नै विश्व बजारमा सार्वजनिक भईसकेको छ तर, यसलाई भारतमा फ्रेस सेट अफ कस्मेटिक तथा अपग्रेटेड फिचर्स सहित सार्वजनिक गरिदैँछ ।
यसको मूल्य भारतीय बजारमा १८ देखि २० लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । डिजाइनको कुरा गर्दा यसमा सिग्नेचर क्यासक्याडिङ ग्रिल, एलईडी हेडल्याम्पसहि स्लिकर डिजाइन र चिजलेड फ्रन्ट बम्पर रहनेछ । यसमा अलोय ह्वील्स छन् ।
टक्सनमा अहिलेका कारहरुमा जस्तै क्रुज कन्ट्रोल, रियर एसीसहितको क्लाइमेट कन्ट्रोल र सनरुप र रियर भ्यू क्यामेरा रहनेछन् । यो २ लिटरको फोर सिलिण्डर इंजिनमा उपलब्ध हुनेछ । यो पेट्रोल डिजलसहित इंजिनसहित सिक्स म्यानुअल स्पिडमा उपलब्ध हुनेछ ।
२. हुण्डाई न्यू एक्ससेन्ट हुण्डाई ग्राण्ड आई टेन नियोसमा आधारित नयाँ कम्प्याक्ट सेडान भारतीय बजारमा सार्वजनिक गर्ने तयारीमा छ । कम्पनीले यो गाडी भारतीय बजारमा २०२० को फेब्रवरीमा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, यो मोडल भारतमा आउँदा एक्ससेन्ट नाम हटाएर परिवर्तित नाममा आउने बताइएको छ ।
यो गाडीको अपफ्रन्ट लुक्स ग्राण्ड आई टेन नियोसको जस्तै हुने बताइएको छ । यसको अगाडी पट्टिको लुक्समा रहेको मूख्य विशेषता भनेको सिग्नेचर क्यासकेडिङ ग्रिल जसमा बुमर्याङ आकारको एलईडी डीआरएलएस, नयाँ बम्पर तथा प्रोजेक्टर हेडल्याम्प आदी हुनेछ ।
हुण्डाईले यो गाडीमा ब्ल्युलिंक कनेक्टिभीटि दिने सम्भावना छ । यो बीएस ६ मा आधारित पेट्रोल डिजल इंजिनमा फाइभ स्पिड म्यानुएल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यसको एक्स सोरुम मूल्य ६ देखि ९ लाख भारतीय रुपैयाँ रहने अपेक्षा गरिएको छ । सार्वजनिक भईसकेपछि यसले मारुती सुजुकी डिजायर, टाटा टिगोर, फोर्डको एस्पायर र होण्डाको अमेजसँग प्रतिस्पर्धा गर्नेछ ।
३्. हुण्डाई न्यू क्रेटा ह्युण्डाईले आफ्नो सेकेण्ड जेनेरेसन क्रेटालाई चीनमा आईएक्स २५ को नामबाट सार्वजनिक गरेको थियो । यो कारलाई हुण्डाईले आगामी २०२० मार्चमा सार्वजनिक गर्दैछ । क्रेटाको पहिलो जेनेरेसन केही स्क्वायर आकारको थियो र त्यो पुरानो एसयुभी डिजाइनको किसिमको थियो ।
तर, नयाँ क्रेटा क्रसओभर सेपको छ र यो अहिलेको क्रप हुण्डाई एसयुभीजस्तो छ । यसमा हनीकम्ब ग्रिल राखिएको छ र एलईडी रनिङ ल्याम्प प्रयोग भएको छ । दोस्रो जेनेरेसनको क्रेटाको इंजिन किया सेल्टोसको जस्तो छ । भारतीय बजारमा यसको मूलइ १० देखि १७ लाख भारुसम्म रहने अपेक्षा गरिएको छ ।
४. हुण्डाई न्यू इलाइट आई ट्वायन्टी ह्युण्डाईले इलाइट आई ट्वाइन्टी भारतमा २०२० को अप्रिलमा सार्वजनिक गर्दैछ । अहिलेको उपलब्ध मोडलभन्दा यो मोडल थप फिचरसहित आउनेछ र यसको डिजाइन पनि पहिलेको भन्दा स्पोर्टी हुनेछ ।
यसमा ब्ल्युलिंक कनेक्टिभिटी हुनेछ । न्यु इलाइट आई ट्वायन्टीमा भेन्यू प्लेटफर्मको मोडीफाई भर्जन हुनेछ । यसमा सिंग्ल जोन क्लाइमेट कन्ट्रोल सिस्टम, रियर एयरकन भेन्ट्स र सनरुफ रहेको छ । सार्वजनिक भएपछि यो गाडीले मारुती सुुजुकीको बालेनो, होण्डाको ज्याज र टोयोटाको ग्लान्जाजस्ता प्रिमियम ह्याचब्यागहरुसँग प्रतिस्पर्धा गर्नेछ । यो भारतीय बजारमा सातदेखि १० लाख भारुसम्मा उपलब्ध हुनेछ ।
५.हुण्डाई भर्ना फेसलिफ्ट विश्वबजारमा सार्वजनिक हुने तरखरमा रहेको हुण्डाई भर्ना फेसलिफ्टको तस्विर चीनमा लिक भएको छ । अगस्ट २०२० मा सार्वजनिक हुने अपेक्षा गरिएको यो गाडी भारतीय बजारमा ८ देखि १४ लाख भारु मूल्य अनुमान गरिएको छ । यसको अपफ्रन्ट लुक्सको कुरा गर्दा यसमा सिग्नेचर क्यासक्याडिङ ग्रिल डिजाइन, रिफ्रेस बम्पर र सार्प डिजाइन प्रोजेक्टर हेडलाइट्स रहेको छ ।
यसमा अलोय ह्वील्स रहेको छ । इंजिन र इन्टेरियरको बारेमा डिटेल अहिलेसम्म उपलब्ध भउको छैन । तर यो भारतका लागि स्पिेसिफीकल्ली ल्याइने यो मोडल १।५ लिटर पेट्रोल तथा डिजेल इंजिनसँग उपलब्ध हुने बताइएको छ । सार्वजनिक भएपछि यसले होण्डाको सिटी, मारुती सुजुकी सियाज, फोक्सवैगनको भेन्टो र स्कोडाको रेपिडसँग प्रतिस्पर्धा गर्नेछ ।