कम्प्युटर एसोसिएस नेपाल महासंघ (क्यान महासंघ) लाई नेपालको सूचना प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो संस्थाका रूपमा लिइन्छ। क्यान महासंघको हालै सम्पन्न १४औं महाधिवेशनले रणजितकुमार पौदारको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको छ। महासंघ अध्यक्षमा पौदार निर्विरोध निर्वाचित भएका छन्। उनले क्यान महासंघको सदस्यता लिएको १८ वर्ष भइसकेको छ।
लगभग दुई दशकमा पौदारले एक कार्यकाल कार्यसमिति सदस्य, पाँच वर्ष कोषाध्यक्ष, दुई वर्ष महासचिव र तीन वर्ष उपाध्यक्ष पदमा रहेर जिम्मेवारी पूरा गरिसकेका छन्। नवनिर्वाचित अध्यक्ष पौदारसँग क्यान महासंघलाई एकताबद्ध बनाउँदै यस क्षेत्र सुधारका लागि थुप्रै काम गर्नुपर्ने चुनौती छन्। यही सेरोफेरोमा रहेर सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा समाधानका उपायलगायत विषयमा अध्यक्ष पौदारसँग क्यापिटल नेपालका पदम भुजेलले गरेको कुराकानी:
अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएसँगै सूचना प्रविधिमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने विषयमा कस्ता योजना बनाउनुभएको छ? यो क्षेत्रको विकास र सुधारका लागि कस्तो नीति लिनुभएको छ?
निर्विरोध निर्वाचित त भइयो, तर निर्विरोध निर्वाचित भएपछि अझ बढी कठिन हुने रहेछ। म निर्विरोध निर्वाचित भएपछि सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने काम सर्वप्रथम भएको छ। निर्विरोध र निर्वाचन प्रणालीमार्फत एउटा टिम आएको छ। टिम आएपछि हामी सबै बसेर योजना बनाउने तयारीमा छौं। मेरोमात्रै नभएर ४३ जनाकै एउटै योजना हुनुपर्छ। एउटै योजना भएको खण्डमा सबैको ध्यान सोही योजना पूरा गर्नेतर्फ हुन्छ। यदि मैले ‘ए’ मा केन्द्रित भएँ र अर्को साथी ‘बी’ मा केन्द्रित भयो भने हामीले सोचेको जस्तो काम गर्न सक्दैनौं। हामी अब योजना बनाउने विषयमा केन्द्रित भएका छौं। हामी यही क्षेत्रका लागि केही गर्ने हो। हाल यो–यो गर्छौं भन्ने तयार भएको छैन तर हामी छिट्टै बसेर यो क्षेत्र सुधारका लागि आवश्यकताअनुसार योजना बनाउँछौं।
त्यस्तै सरकारसँग नीतिगतरूपमा यो क्षेत्रलाई केही दिने कुरामा पनि हामी लाग्ने छौं। हाम्रो संस्था सन् १९९२ मा स्थापना भएको संस्था हो। २०१५ मा आएर महासंघ भयो। आज हामीले ७४ जिल्लामा क्यान महासंघलाई विस्तार गरेर पु¥याएका छौं। ७४ जिल्लामा पुगेको अवस्थामा हामीले ती जिल्लाका सूचना प्रविधि क्षेत्रमा के–के काम गर्न सक्छौं? त्यहाँ विभिन्न आवश्यक प्रविधि पुगेको छ वा छैन? पुगेको भए प्रयोगमा छ वा छैन? भन्ने विषय केन्द्रमा राखेर हामी योजना बनाउँछौं र सोहीअनुसार काम गर्छौं।
मेरोमात्रै नभएर ४३ जनाकै एउटै योजना हुनुपर्छ। एउटै योजना भएको खण्डमा सबैको ध्यान सोही योजना पूरा गर्नेतर्फ हुन्छ। यदि मैले ‘ए’ मा केन्द्रित भएँ र अर्को साथी ‘बी’ मा केन्द्रित भयो भने हामीले सोचेको जस्तो काम गर्न सक्दैनौं। हामी अब योजना बनाउने विषयमा केन्द्रित भएका छौं। हामी यही क्षेत्रका लागि केही गर्ने हो। हाल यो–यो गर्छौं भन्ने तयार भएको छैन तर हामी छिट्टै बसेर यो क्षेत्र सुधारका लागि आवश्यकताअनुसार योजना बनाउँछौं।
आइटी पढ्ने र पढ्दै गरेका विद्यार्थीका लागि के कस्ता योजना बनाउने सोचमा हुनुहुन्छ?
हाम्रो देशमा आइटी पढेका युवा विदेशिने जुन लहर छ, यसलाई समाधान गर्नुपर्ने आवश्यकता छ। नेपालमा वार्षिक १० हजार विद्यार्थी आइटी क्षेत्रमा उत्पादन हुने गरेका छन्। जसमा ५० प्रतिशतभन्दा बढी बाहिरिनुपर्ने बाध्यता छ। उच्च शिक्षाका लागि विदेशिने ती विद्यार्थीले आफ्नो भविष्यका लागि उतै बस्ने गरेको पनि देखिन्छ। तिनीहरूलाई रोक्न के गर्न सकिन्छ? यही बसेर उच्च शिक्षा दिन सकिन्छ वा उद्योग स्थापना गर्न सकिन्छ? भन्ने विषयमा सरकारसँग बसेर काम गर्ने योजनामा हामी रहेका छौं। नेपालमा आइटी पढेका विद्यार्थीलाई नेपालमै उच्च शिक्षा लिने वातावरण बनाउन र नेपालमै केही गर्ने वातावरण बनाउने काममा हामी लाग्ने छौं।
सूचना प्रविधि क्षेत्रमा नेपालमा भइरहेका उत्पादन कस्ता छन्? यो पर्याप्त छ वा छैन? उत्पादन भएकाको अवस्था कस्तो छ?
यस क्षेत्रमा नेपालमा हाल पर्याप्त मात्रामा उत्पादन भइरहेको छ। उत्पादन गर्नेभन्दा पनि उत्पादन भएकालाई कसरी स्थापना गर्ने भन्ने विषय मुख्य हो। नेपालमा बर्सेनी १० हजार विद्यार्थी उत्पादन भइरहेका छन् भने तिनलाई कसरी स्थापना र व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा आजका लागि हाम्रो चुनौतीको विषय बनेको छ। त्यसका लागि सबैभन्दा आवश्यक भनेको आइटी क्षेत्रको उद्योग हो। उद्योग स्थापना हुने हो भने देशको अर्थतन्त्र स्वाभाविकरूपमा सुधार हुँदै जान्छ। विदेशमा विभिन्न ठाउँमा गएर विदेशीले आइटी उद्योग स्थापना गर्ने गर्छन् तर नेपालमा भने किन विदेशीहरू लगानी गरेर उद्योग खोल्न नेपाल आउँदैनन्? के विषयले रोकेको छ? हङकङलगायत देशमा अमेरिकी कम्पनीहरू आए भने तीन वर्षसम्म उनीहरूलाई कर लाग्दैन। यस्ता किसिमका सुविधा नेपाल सरकारले दिएको खण्डमा त्यस्ता कम्पनी नेपालमा आउन सक्छन्। नेपालमा त्यस्ता कम्पनी आए भने बाहिर जाने नेपाली विद्यार्थीले नेपालमा नै काम गर्न र सिक्न पाउँछन्। हामी यसका लागि पहल गर्ने काम पनि गरिरहेका छौं।
सरकारले प्राथमिकतामा राखेको छ, तर उद्योगको रूपमा बाहिर जाने विद्यार्थीलाई यहीँ राख्ने वातावरण बनाउन आवश्यक छ। हामीले हाम्रो सफ्टवेयर कम्पनीलाई उद्योगका रूपमा स्थापना गरेको खण्डमा यसबाट देशलाई पनि निकै फाइदा हुन्छ। यसका लागि नीतिगतरूपमा नै सुधार गर्न आवश्क छ।
हाल सूचना प्रविधि क्षेत्रमा देखिएका मुख्य–मुख्य चुनौती तथा समस्या के–के हुन्? समस्या समाधानका उपाय के हुन्?
नेपालमा सूचना प्रविधि क्षेत्रमा देखिएका चुनौतीको कुरा गर्दा हाल आइटीबिना मानिस बाँच्न कठिन छ। हाल नेपालमा धेरै मानिस आइटीमा लागेको देखिन्छ। तर, सबै लागेर भोलि पढ्यो, स्नातक तहसम्म पढ्यो अनि बाहिरिनुपर्ने अवस्था छ। ९० प्रतिशत विद्यार्थीको अवस्था यस्तै रहेको छ। यो अवस्थालाई हामीले कसरी रोक्ने भन्ने मुख्य चुनौती हाम्रो अगाडि छ। आज एउटा सफ्टवेयर कम्पनीमा काम गर्यो भने अर्को वर्ष त्यो हुँदैन। दुई वर्ष गर्यो तेस्रो वर्ष हुँदैन। जसका कारण मानवशक्ति खाँचो परिरहेको हुन्छ। तर, उसलाई त्योभन्दा राम्रो अफर बाहिर दिन्छ वा उच्च शिक्षाका लागि ऊ बाहिर गइदिन्छ। फेरि उसले गरिरहेको काम अर्कोलाई दिनुपर्ने हुन्छ। अर्को मानिसले सो काम सुरुबाट सिक्नुपर्ने हुन्छ। यो हाम्रो सामु देखिएको चुनौती हो। यहाँ उसले ६० हजार ७० हजार तलब खान्छ तर बाहिर त्योभन्दा बढी पाउँछ। यहाँ जतिको सुविधा र यहाँ जतिको पारिवारिक वातावरण भने उसले त्यहाँ पाउँदैन। बाहिर कम्पनीमा जान खोज्नेका लागि त्यो र त्यस्ता कम्पनी यहीँ स्थापना गर्यो र सेवा सुविधा दिएको खण्डमा बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएर जान्छ।
नेपालमा भएका कम्पनीको गुणस्तरमा सुधार गर्न र बाहिरका जस्तै कम्पनी नेपाल ल्याउन के–के गर्नुपर्छ?
नेपालमै पनि आइटीसँग सम्बन्धित धेरै राम्रा–राम्रा कम्पनी छन्। ३ सयदेखि ५ सयसम्म कर्मचारी राखेर काम गरिरहेका कम्पनी पनि छन्। आज ठूलो सफ्टवेयर किन्न परेको खण्डमा बाहिरबाट नै किन्नुपर्ने अवस्था छ। योजनाबद्ध तरिकाले नेपाल सरकारलाई चाहिएको सफ्टवेयर दुई वर्षअघि नै माग गरेर नेपालकै १० वटा सफ्टवेयर कम्पनीलाई बनाउन लगायो भने उसले गर्दिनँ भन्दैन। असम्भव पनि पक्कै होइन। दुई वर्षसम्म उसले सो सफ्टवेयर तयार बनाउन सक्छ। नेपालबाट नेपालमा नै खपत हुने त्यस्तो पुँजी पनि बाहिरिएको अवस्था छ। नेपालमा उत्पादन हुने र नेपालमा चल्ने छ भने नेपालमा उत्पादन भएको सफ्टवेयर किन्नुपर्छ। त्यो भएपछि नेपालमा भएका कम्पनीहरू ठूला भएर जान्छन् र गुणस्तरमा सुधार आउँछ। सानो–सानो युनिटले बाहिरको काम पनि गरिरहेको हुन्छ। त्यो कुरामा सुधार गरेको खण्डमा पनि नेपालमा रहेका कम्पनीलाई राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
आज ठूलो सफ्टवेयर किन्न परेको खण्डमा बाहिरबाट नै किन्नुपर्ने अवस्था छ। योजनाबद्ध तरिकाले नेपाल सरकारलाई चाहिएको सफ्टवेयर दुई वर्षअघि नै माग गरेर नेपालकै १० वटा सफ्टवेयर कम्पनीलाई बनाउन लगायो भने उसले गर्दिनँ भन्दैन। असम्भव पनि पक्कै होइन। दुई वर्षसम्म उसले सो सफ्टवेयर तयार बनाउन सक्छ।
सूचना प्रविधि क्षेत्र व्यवस्थित गर्न निजी क्षेत्र र सरकारबीचको सहकार्य कस्तो छ? कस्तो हुनुपर्छ?
निजी क्षेत्र र सरकारबीच सहकार्य भइरहेको हुन्छ, नभएको होइन। आज नेपालको डिजिटल फ्रेमवर्क छ त्यसमा पनि क्यान महासंघको सदस्य राखेको हुन्छ। यसरी हिजोको दिनमा पनि क्यान महासंघ नहुँदा पनि नेपालको शैक्षिक पाठ्यक्रमा पनि निजी क्षेत्रको भूमिका रहन्थ्यो। आजको दिनमा झन् यो क्षेत्र व्यापक भएको छ। नेपाल सरकार र क्यान अर्थात निजी क्षेत्र मिले आइटीमा विभिन्न प्रोजेक्ट आउँछन्। तिनलाई लिएर जिल्लादेखि स्थानीय तहसम्म जान्छन्। तिनीहरूको अनुगमन कम भएको छ। कम्प्युटर दिएरमात्र हुँदैन, त्यो चलेको छ वा छैन?
त्यसको सिकाइ भएको छ वा छैन? भन्ने विषयले यसमा भूमिका खेल्छ। बर्सेनी बजेट जान्छ, कम्प्युटर जान्छ तर चलाउने र सिकाउने मानिस छैन। यो विषयमा सहकार्य गरौं भनेर सरकारलाई म भन्न चाहन्छु। हाम्रो ७४ जिल्लामा संगठन छ। हामीले एकैपटक ७४ जिल्लामा सहकार्य गर्न सक्छौं। साताको एक वा दुई दिन तपाईंहरूले यसमा काम गर्दिनुस् भनेको खण्डमा हामी त्यसमा सहमत हुन्छौं। त्यस्तै तालिमको पाटोमा पनि क्यान र सरकार सहकार्य गर्नुपर्छ। हामीले सल्लाह सुझाव दिने काम भए पनि गर्छौं, नीति बनाउने मुख्य भूमिका खेल्ने काम सरकारको हो। नेपालमा पढेका र सिकेका विद्यार्थीले भोलि बाहिर जाँदा पनि केही सीप लिएर जाँदा राम्रो काम पाउँछ।
नेपालमा सफ्टवेयर उत्पादनको अवस्था कस्तो छ?
नेपालमा सफ्टवेयर उत्पादनको अवस्था राम्रो छ। नेपालमा अहिले जति सफ्टवेयर बनिरहेका छन्, राम्रै चलिरहेका पनि छन्। वित्तीय तथा सहकारी, केही साना बैंकका सफ्टवेयर तथा सरकारले चलाएका धेरै सफ्टवेयर यहीँ बनाइएका छन्। साथै, निजी क्षेत्रले पनि नेपालमा उत्पादन भएका सफ्टवेयर नै चलाइरहेका छन्। हामीले जबसम्म प्रयोग गर्दैनौं तबसम्म हाम्रो सफ्टवेयरको गुणस्तर थाहा हुँदैन। त्यसैले नेपालमा बनेको सफ्टवेयर प्रयोग गरेर कमिकमजोरीका विषय सुधारका लागि थप काम गर्न सकिन्छ। केही कमजोरी भएको खण्डमा त्यसमा सुधार हुने र गर्ने काम हुन्छ।
यो क्षेत्रप्रति सरकारको दृष्टिकोण कस्तो छ? नीतिगत तथा लगानीका हिसाबले सरकारले यस क्षेत्रलाई कति महत्व दिएको पाउनुहुन्छ?
आइटी क्षेत्रलाई सरकारले तथा जसले पनि महत्व नदिएको खण्डमा चल्दै चल्दैन। हिजो कोरोना महामारीभन्दा अगाडि हामी मोबाइलबाट फोन गर्ने र सामाजिक सञ्जाल हेर्ने काम मात्र गर्दथ्यौं। तर, कोरोना महामारीको समयमा यसको महत्व देखियो। यसबाट पढेको कुरालाई मान्यता दिने अवस्थामा सरकार पुग्यो। सरकारले प्राथमिकतामा राखेको छ, तर उद्योगको रूपमा बाहिर जाने विद्यार्थीलाई यहीँ राख्ने वातावरण बनाउन आवश्यक छ। हामीले हाम्रो सफ्टवेयर कम्पनीलाई उद्योगका रूपमा स्थापना गरेको खण्डमा यसबाट देशलाई पनि निकै फाइदा हुन्छ। यसका लागि नीतिगतरूपमा नै सुधार गर्न आवश्क छ। विदेशी लगानीको आइटी कम्पनी नेपालमा भित्र्याउन के–कस्ता सेवा सुविधा दिने भन्ने विषयमा हामीले सहज बनाउनुपर्छ। हाम्रोभन्दा अरूले राम्रो सेवा सुविधा दिएको खण्डमा ऊ किन यहाँ आउँछ? हामीले सल्लाह सुझाव दिने हो, गर्ने सरकारले हो। यी विषयमा ध्यान दिएको खण्डमा नेपालमा विदेशी कम्पनीहरू पनि आकर्षित हुन्छन्।
नेपालमा सफ्टवेयर उत्पादनको अवस्था राम्रो छ। नेपालमा अहिले जति सफ्टवेयर बनिरहेका छन्, राम्रै चलिरहेका पनि छन्। वित्तीय तथा सहकारी, केही साना बैंकका सफ्टवेयर तथा सरकारले चलाएका धेरै सफ्टवेयर यहीँ बनाइएका छन्। साथै, निजी क्षेत्रले पनि नेपालमा उत्पादन भएका सफ्टवेयर नै चलाइरहेका छन्। हामीले जबसम्म प्रयोग गर्दैनौं तबसम्म हाम्रो सफ्टवेयरको गुणस्तर थाहा हुँदैन।
नेपालमा आइटी क्षेत्रमा लगानी गर्ने वातावरण कस्तो छ? कसैले यस क्षेत्रका लागि नेपालमा बसेर लगानी गर्छु भन्यो भने लगानी गर्ने अवस्था सहज छ?
हाल अर्थतन्त्रमा देखिएका समस्याका कारणले जुनसुकै क्षेत्रमा लगानी गर्न कठिन अवस्था रहेको छ। नेपालमा हाल सञ्चालनमा रहेका कम्पनीहरू नै आर्थिक रूपमा केही कठिन अवस्थामा छन्। सबैभन्दा ठूलो कुरा अर्थतन्त्र हो, लगानी गर्न पनि केही नाफा हुन्छ भनेर गर्ने हो। तर, चलिरहेको कम्पनी नै घाटामा छन् भने नयाँ कम्पनी किन सञ्चालनमा ल्याउने? भन्ने विषयले पनि हाल नयाँ कम्पनीहरू आउन सकेका छैनन्। हुन त आइटी लगानी खेर जाने क्षेत्र होइन। नेपालको अर्थतन्त्र सुधार भएको खण्डमा यस क्षेत्रमा लगानी गर्ने वातावरण नेपालमा छ। हाल पनि थोरधेर यस क्षेत्रमा लगानी भइरहेको छ। यसलाई थप सहज बनाउन लगानी बढाउन र उद्योगका रूपमा विकास गर्न हामी लागिरहेका छौं।
क्यान महासंघले विभिन्न समयमा इन्फोटेक गर्ने गरेको छ। आइटी क्षेत्रमा यस्ता इन्फोटेकको महत्व कति छ? नेपालमा जति मात्रामा हुने गरेका छन्, त्यो पर्याप्त छ?
हामीले एउटा सामान्य होटलबाट इन्फोटेक गर्न सुरु गरेका हौं। हामीले सुरुमा इन्फोटेक गर्दा सूचना प्रविधि भनेको के हो भन्नेबारे निकै कम मानिस जानकार थिए। कम्प्युटर के थियो भन्ने थाहा थिएन। आइटी मेला लाग्दा हामी कम्प्युटर कस्तो हुन्छ भनेर हेर्न जान्थ्यौं। जसले गर्दा हामीले बुझ्न पाइन्थ्यो। त्यतिबेलादेखि नै इन्फोटेकको महत्व निकै थियो। हाल विश्वमा मेला महोत्सवको महत्व केही मात्रामा घटेको पाइन्छ किनभने सबै कुरा मोबाइल र अनलाइनबाट नै मगाउन, हेर्न पाइन्छ। इन्फोटेकले नयाँ कुरा के–के आएका छन्? कस्ता विषय नयाँ बनेका छन्? भन्ने बारे जानकारी मिल्छ। इन्फोटेकमा छुन पाइन्छ, आँखाले हेर्न पाइन्छ, अरूले बनाएका कुरा हेरेर सो कुरा बनाउन सकिन्छ। ती कुुरा ज्ञान बढाउन, विद्यार्थीलाई जानकारी गराउनका लागि पनि यो महत्वपूर्ण रहेको छ। वृहतरूपमा आइटीलाई हेर्न र बुझ्नका लागि पनि यो महत्वपूर्ण छ।
नेपालमा हुने गरेको इन्फोटेकका लागि सरकारले निकै काम गर्नुपर्ने देखिन्छ। हामीले नयाँबानेश्वरदेखि भृकुटीमण्डपसम्ममा इन्फोटेक गर्दै गर्दा भाडा निकै बढी तिर्नुपर्ने हुन्छ। भृकुटीमण्डपमा हामीले ६ दिनको ३० लाख जति रकम तिर्नुपर्ने हुन्छ। यदि यो अवस्थालाई केही छुट दिएको खण्डमा हामीले यसलाई थप बढाउन सकिन्छ। हामीले इभेन्ट गरेर नै रकम बुझाउने हो। यसका लागि सरकारलाई हामीले भनिरहेका छौं। सही ठाउँमा त्यस्तो प्रदर्शनी स्थल बनाएको खण्डमा झन् सहज हुने देखिन्छ।
नेपालमा हाल सञ्चालनमा रहेका कम्पनीहरू नै आर्थिक रूपमा केही कठिन अवस्थामा छन्। सबैभन्दा ठूलो कुरा अर्थतन्त्र हो, लगानी गर्न पनि केही नाफा हुन्छ भनेर गर्ने हो। तर, चलिरहेको कम्पनी नै घाटामा छन् भने नयाँ कम्पनी किन सञ्चालनमा ल्याउने? भन्ने विषयले पनि हाल नयाँ कम्पनीहरू आउन सकेका छैनन्। हुन त आइटी लगानी खेर जाने क्षेत्र होइन। नेपालको अर्थतन्त्र सुधार भएको खण्डमा यस क्षेत्रमा लगानी गर्ने वातावरण नेपालमा छ।
देश संघीयतामा गएको छ। प्रदेश सरकारदेखि स्थानीय सरकारले सूचना प्रविधिलाई कसरी प्रयोग गरिरहेका छन्? कसरी प्रयोग गर्दा अझ काममा चुस्तता आउँछ?
पहिलेको तुलनामा स्थानीयदेखि प्रदेश सरकार प्रविधिको प्रयोगमा निकै अगाडि बढेको पाइन्छ। आज गाउँपालिकासमेत कागज प्रयोग गर्नुनपर्ने अवस्थामा पुगेका छन् भने प्रत्येक निकायमा आइटीका मानिस राखेको पाइन्छ। उनीहरूले पनि सफ्टवयेरहरू राखेका छन्। नयाँ–नयाँ एपहरू प्रयोगमा ल्याइरहेका छन्। यसरी बिस्तारै यस क्षेत्रमा सुरुवात भएको छ। एकैपटक सबै हुन्छ भन्ने हुन्न तर बिस्तारै यस क्षेत्रमा सुधार आउँदैछ। त्यसका लागि क्यान महासंघले केही सहयोग गर्नुपरेमा हामी तयार छौं।
भर्खरै नयाँ सरकार बनेको छ। अबको नयाँ सरकारले यो क्षेत्र सुधार र विकास लागि के–के गर्नुपर्छ?
पहिलो कुरा सरकारले सूचना प्रविधि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्यो। देशलाई डिजिटलाइजेसनतर्फ लाने हो भने यस क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ। त्यसका लागि नीतिगत सुधार पनि आवश्यक छ। हाल भएको दुई शब्द वा केही व्यवस्था पर्याप्त हुँदैन। यसका लागि सरकारी, निजी क्षेत्रदेखि आइटीसँग सम्बन्धित सबै व्यक्तिहरू छलफलमा बसेर काम गर्न आवश्यक छ। हामीले के गर्दा हामी अझै राम्रो हुन्छौं भन्ने विषयमा छलफल गर्न आवश्यक छ।
यसरी छलफल गरेर निकालेको निष्कर्षलाई नीतिगतरूपमा सुधार गरेर काम गर्न सकिन्छ। यदि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको खण्डमा हाम्रो देशमा हरेक कामका लागि लाइन बस्नुपर्ने बाध्यताका अन्त्य हुन्छ। सरकारले समयअनुरूप विभिन्न प्रविधिमा सुधार गर्दै आएको छ। हिजो क्यास बोक्नुपर्ने अवस्थामा आज मोबाइल बैंकिङ आएको छ। अझ यसलाई सुधार गरेर गएको खण्डमा थप खर्च पनि बच्न सक्छ। अर्थतन्त्रमा पनि यसको सुधारले केही सहयोग गर्न सक्छौं।
महासंघको केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र छ। अहिले के–के काम गरिरहनुभएको छ? थप के–के गर्ने योजनामा हुनुहुन्छ?
आजभन्दा तीन वर्ष पहिले ४४ जिल्लामा मात्र महासंघ थियो। यसपालि हामी ७४ जिल्लामा पुगेका छौं। यसरी हेर्दा हामी कुना–कुनामा पनि पुग्नुपर्छ भन्ने धारणामा काम गरिरहेका छौं। हामीले संयन्त्र त पुर्यायौं तर त्यहाँको आवश्यकता के हो? सूचना प्रविधिमा के–के गर्नुपर्छ भन्ने जानकारी लिन हामी प्रदेश तथा जिल्लासँग तपाईंलाई के–के आवश्यक छ भनेर सोध्ने छौं। त्यसपछि सोहीअनुसार हामी ती कार्यक्रमलाई त्यो पहुँचमा पुर्याउने छौं। समग्र आइटी क्षेत्रको विकास, सुधारका लागि क्यान महासंघको जिल्ला, प्रदेश तथा केन्द्रको संयन्त्रले योजनाबद्ध काम गरिरहेको छ र गर्छ।