काठमाडौं। 'पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान' भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोस्राे वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार राजधानीकाे एक समारोहका बीच साधारणसभा सम्पन्न भएको हो।
सभाका प्रमुख अतिथी पूर्वस्वास्थ्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए। 'खाद्य बैंकले सर्हानीय कार्य थालेको छ। त्यसकारण पनिम यस संस्थासँग जोडिएको छु,' उनले भने 'यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्न सके ठूलो उपलब्धि हासिल गर्ने देखेको छु।”
उनले खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए। खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्य बैंकले पहल कदमी लिएको उनकाे भनाइ। पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाले विकृत बनाएको र उनीहरु मात्रै धनी भएको बताए। उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए।
यस्तै सभामा बोल्दै राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूको सापनाले मुर्तरूप लिन थालेको बताए। उनले २ वर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी वर्ष त्यसलाई अझै रफतारमा लगेर सेयर सदस्यको मन जित्ने बताए। 'सेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सिड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफूहरु सफल भएको बताए।
रैथाले बालीहरू समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए। उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए। त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफ्ना कृषि उत्पादन ४ वटा प्रदेश अन्तर्गतको २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा ७ प्रदेशबाट अर्गानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागि पर्ने बताएका छन्।
खाद्य बैंकको साधारणसभामा बैंकका सल्लाकार दुर्गाबहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जना सिंह, गण्डकी प्रदेशबाट योगेन्द्रनारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जिवनाथ धिताललगायतका अतिथीले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्य बैंकले चालेको कदमको प्रशंसा गरेका थिए। साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहनप्रसाद पन्थीले गरेका थिए। कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए।