संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार धान नेपालको सबैभन्दा महत्वपूर्ण अन्न बाली हो। नेपालको उच्च पहाडी र हिमाली भेगबाहेक प्रायः सबै ठाउँमा धान खेती हुन्छ। अझ धानको मनग्ये खेती दक्षिणी भाग अर्थात तराईमा हुने गरेको छ। धान खेती सातै प्रदेशमा भए पनि उत्पादनका हिसाबले मधेश प्रदेश अब्बल छ। त्यसपछि क्रमशः प्रदेश १ र लुम्बिनी छन्।
सतप्रतिशत खेतीकिसानीबाट अहिले कूल जनसंख्याको ६० प्रतिशतमा खुम्चिएको छ। सन् ८० को दशकमा निर्यात गर्ने देश भनेर चिनिने नेपाल खाद्यान्नमा परिनिर्भर हुँदै गएको छ। वर्षेिन धान–चामलमात्र नभएर मरमसला, माछा, मासु, फलफूल, खानेतेल लगायत अधिकांश खाद्यान्न हामी आयात गरिरहेका छौं।
विकसित देशमा केही प्रतिशत किसानले सिंगो देशकै खाद्यान्न माग धानिरहेका हुन्छन्। अझ बढी भएका उब्जनी अरू देशलाई निर्यात गरी प्रशस्त आम्दानी गर्छन्। तर, हामीकहाँ बिल्कुलै प्रतिकूल अवस्था छ। यस वर्ष ५४ लाख ८० हजार टन धान उत्पादन भएको छ। यति धान चामलमा परिणत गर्दा ३५ लाख २० हजार टन हुन्छ। नेपाललाई चाहिने चामलको मात्रा वार्षिक ४० लाख टन छ। अपुग चामल ४ लाख ८० हजार टन भारतबाट आयात गर्नुपर्ने देखिन्छ। यस हिसाबले यो वर्ष झन्डै २४ अर्बको चामल आयात हुने प्रारम्भिक प्रक्षेपण छ। यस लेखमा धानबालीमा देखिएका मुख्य समस्या र समाधान केलाउने प्रयास गरिएको छ।
नेपालको कूल धान उत्पादनको करिब ७० प्रतिशत मोटा चामलले ओगटेको छ। नेपालीको औसत आम्दानी वृद्धि, चामल खाने संस्कृति विकास र अन्य अनाज कम खपतका कारण लामो दाना चामलको लोकप्रियता बढ्दै गएको छ। नेपाल दुई दशकदेखि लामो दाना चामल आयातमा निर्भर छ। चामल आयात पछिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेको देखिन्छ।
जग्गा खण्डीकरण, आनीबानी र आम्दानी
जनसंख्या वृद्धि र जग्गा खण्डीकरणले खेतको आकार वर्षेनि खुम्चिँदै गएको छ। पुस्तान्तरणसँगै जग्गाको स्वामित्व विभिन्न व्यक्तिमा बाँडिएका छन्। सँगसँगै किनबेचले गर्दा जग्गा खण्डीकरण व्यापक भएको छ।
खण्डीकरण हुनुको मुख्य कारण अंशबण्डा बताइए पनि बालबच्चाको पढाइ, लेखाइ, औषधोपचारमा खर्च गर्न जग्गाको व्यापक किनबेच भइरहेको छ। सन् ८० को दशक आधाउधीसम्म नेपालले धान निर्यात गर्ने गथ्र्यो। आर्थिक वर्ष २०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार रुपैयाँबराबरको चामल निर्यात गरेको तथ्यांक पाइन्छ।
आयातकर्ता बन्नुमा हाम्रो खानपान ‘भातमुखी’ हुँदै जानु हो। पहिले पहाडी क्षेत्रमा त्यहीँका उब्जनीले जीवनयापन गरिन्थ्यो। मकै, भटमास, कोदो, आलु इत्यादिमा निर्भर स्थानीय अहिले भातपारखी भएका छन्। जबकि मकै, भटमास, कोदो उत्तिकै स्वस्थ्यकर खाद्यान्न हुन्। तराईमा साँझ–रातको खानपिनमा गहुँको रोटीलाई प्राथमिकता दिइन्थ्यो। अहिले दुवै छाक प्रायः घरमा भात नै पाक्छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार एक नेपालीलाई वर्षेनि १ सय ८१ किलो अन्न आवश्यक पर्छ। जसमा चामलको मात्रा १ सय २१ किलो हुन्छ। तर, नेपालीको बढी भात खाने बानीले १ सय ३७ किलो चामल आवश्यकता पर्छ। उपभोक्ताको मागअनुसार चामल उत्पादन कम छ। किसानको प्राथमिकता मोटा चामल देखिन्छ। तर, उपभोक्ताको आनिबानी भने मसिनो चामलतर्फ आकर्षण बढ्दै गएको देखिन्छ।
नेपालको कूल धान उत्पादनको करिब ७० प्रतिशत मोटा चामलले ओगटेको छ। नेपालीको औसत आम्दानी वृद्धि, चामल खाने संस्कृति विकास र अन्य अनाज कम खपतका कारण लामो दाना चामलको लोकप्रियता बढ्दै गएको छ। नेपाल दुई दशकदेखि लामो दाना चामल आयातमा निर्भर छ। चामल आयात पछिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेको देखिन्छ।
यस वर्ष ५४ लाख ८० हजार टन धान उत्पादन भएको छ। यति धान चामलमा परिणत गर्दा ३५ लाख २० हजार टन हुन्छ। नेपाललाई चाहिने चामलको मात्रा वार्षिक ४० लाख टन छ। अपुग चामल ४ लाख ८० हजार टन भारतबाट आयात गर्नुपर्ने देखिन्छ। यस हिसाबले यो वर्ष झन्डै २४ अर्बको चामल आयात हुने प्रारम्भिक प्रक्षेपण छ।
किसानमैत्री धान मिल नहुनु
आयात बढ्नुका केही कारण भए पनि नेपालका राइस मिल किसानमैत्री नहुनु अर्काे मुख्य समस्या हो। किसानका धानलाई सही तरिकाले भण्डारण सुविधा नहुनु, मौसमका कारण के कति मात्रामा सुकाउनुपर्ने जानकारी साथै प्राविधिक सुविधा पनि नहुनु थप समस्या हुन्।
व्यापारी तथा बिचौलियाले कम मूल्यमा धान खरिद गरी बजारबाट टन्नै फाइदा लिएको देखिन्छ। धान खेतबाट उठाएको धानलाई चामल बनाएर बजार पु¥याउँदा पाँचदेखि सात गुणा बढी मूल्य लिएको देखिन्छ। त्यसैगरी व्यापारी र बिचौलियाले किसानलाई समयमा धानको पैसा नदिँदा किसान महँगो ऋणमा घरपरिवारको खर्च धानिरहेका हुन्छन्।
बीउबीजन तथा मल
धेरैजसो खेतीकिसानी रैथाने बीउमा निर्भर छ। सजिलै उपलब्ध हुने बाँकी धानलाई बीउमा प्रयोग गरेको देखिन्छ। वर्षेनि मौसमी परिवर्तन तथा किराफट्यांग्राले पु¥याएको हानीनोक्सानी बढ्दो गतिमा छ। जुन, रैथाने बीउ सहन पूर्णसक्षम नहुँदा उब्जनी घट्दो क्रममा छ।उन्नत जातका बीउबिजन महँगो र समयमा उपलब्ध नहुँदा किसानले फाइदा लिन सकेका छैनन्। विगत केही वर्षदेखि आरजु राइस मिलले तराईका पूर्वी क्षेत्रमा उन्नत जातका बीउबिजन निःशुल्क र अनुदानमा बाँडिरहेको छ। जसको नतिजाले किसान असाध्यै खुसी छन्।
अपर्याप्त सिँचाइ
धानखेतीमा पानीको आवश्यकता बरोबर हुन्छ। झन् रोपाइँका बेला अलिक बढी नै हुन्छ। मोरङ र सुनसरीका हकमा सिँचाइ सुविधा भए पनि कतिपय क्षेत्रमा नहर अझै पुगेको छैन। बोरिङको सुविधा कहीँकतै देखिन्छ।अधिकांश धानखेती अहिले पनि आकासेपानीमा निर्भर छ। जलवायु परिवर्तनका कारण खडेरीको अवस्था पनि सामना गर्नुपरेको छ। समयमा पानी नपर्दा उब्जनीमा निकै असर गरेको छ। अझ धान भित्र्याउने बेला आकासेपानीले धेरै क्षति पु¥याएको देखिन्छ।
युरिया मलको अनावश्यक प्रयोग
समयमा मल उपलब्ध नहुँदा धानखेतीमा युरिया (रासायनिक) मल प्रयोग पछिल्ला वर्ष घटेको छ। एक अध्ययनअनुसार अत्यधिक युरिया मल प्रयोगले अबको ६० वर्षपछि माटोको उर्वराशक्ति ह्रास हुने प्रक्षेपण गरिएको छ। युरिया मलले उब्जनी बढाए पनि क्रमशः माटोको उर्वराशक्ति घटाइरहेको छ।
खेतीपातीमा मात्रा र कसरी मल प्रयोग गर्ने भन्ने सही जानकारी नहुँदा लाभभन्दा हानी देखिन थालेको छ। गाउँघरमा गाईवस्तु पाल्ने चलन पनि क्रमशः घटिरहेको छ। यसकारण कम्पोस्ट मलका लागि चाहिने गोबर प्रयोग घटेको छ। गाउँघरमा मलका लागि लगाइने फसल ‘घन्सी’ पनि आजकल त्यति देखिँदैन।
खेतीपातीमा मात्रा र कसरी मल प्रयोग गर्ने भन्ने सही जानकारी नहुँदा लाभभन्दा हानी देखिन थालेको छ। गाउँघरमा गाईवस्तु पाल्ने चलन पनि क्रमशः घटिरहेको छ। यसकारण कम्पोस्ट मलका लागि चाहिने गोबर प्रयोग घटेको छ। गाउँघरमा मलका लागि लगाइने फसल ‘घन्सी’ पनि आजकल त्यति देखिँदैन।
किराफट्यांग्रा र रोगको प्रकोप
धान उत्पादनको अर्को मुख्य चुनौती किरा र रोग हुन्। धानबाली प्रायः राइस ब्लास्ट, ब्राउन प्लान्ट हपर, र ब्याक्टेरियाको पात ब्लाइटले प्रभावित हुन्छन्। जसले बाली उत्पादन उल्लेखनीय रूपमा घटाइदिन्छन्। यसबाहेक धानको बिरुवालाई असर गर्ने ‘फङ्गल’ रोग धान ब्लास्ट पनि अर्को चुनौती हो। मौसम परिवर्तनका कारण किराफट्यांग्राको प्रकोप बढेको छ।
वित्तीय सेवामा सीमित पहुँच
सरकारले वर्षेनि बजेटमार्फत अर्बाैं रकम छुट्ट्याए पनि ती सुविधा किसानको पहुँचबाहिर छ। किसानले ऋणका लागि ठूलै पापड बेल्नुपर्ने बाध्यता छन्। बैंकले खेतको मूल्यांकन निकै कम गर्ने हुँदा किसानले पर्याप्त ऋण पाउन सकेका छैनन्। उल्टै ऋण जोहो गर्न कागजातमै हजारौं रकम खर्चिनुपर्ने बाध्यता छ। वित्तीय र बिमा साक्षरता गाउँमा पुगेको छैन। जसका कारण यी सुविधाबाट किसान वञ्चित छन्।
बजारको पहुँच
किसानले उत्पादन गरेका अन्नबालीको समर्थन मूल्य नहुँदा उनीहरूले पाउनुपर्ने फाइदाबाट वञ्चित हुनुपरेको छ। सरकारले समयमा समर्थन मूल्य घोषणा नगर्दा र उसले स्वयं खरिद नगर्दा बिचौलियाले निकै कम मूल्यमा किसानबाट धान खरिद गर्ने गरेका छन्। जुन मूल्य किसानका लागि पोसाउँदै पोसाउँदैन।
किसानको साथी ‘आरजु राइस मिल’
माथि प्रष्ट्याइएका समस्या समाधान गर्न आरजु राइस मिलले किसानसँग काँधमा काँध मिलाइ सहकार्य गरेको छ। खेतीकिसानीमा आधुनिक प्रविधि हस्तान्तरणदेखि, सहुलियत दरमा बीउबिजन पनि वितरण गरेको छ। वर्षेधान र चैतेधानको न्यूनतम समर्थन मूल्य धानबाली लगाउनुभन्दा अगाडि नै तोक्ने गरेको छ। वर्षेधान प्रतिमन १ हजार २ सय रुपैयाँ र चैतेधान प्रतिमन ९ सय रुपैयाँ तोकेको छ। यो हरेक सिजनमा अद्यावधिक गर्ने गरिन्छ।धानको उत्पादकत्व बढाएर नेपाल धानमा आत्मनिर्भर हुने, भोकमरी हुन नदिने, धान–चामल निर्यात गर्ने र देशको आर्थिक वृद्धिदर बढाउने एउटा प्रमुख माध्यम धान नै हो। अब कर्मकाण्डी सोचाइ त्याग्न जरुरी छ। खेतीकिसानीका लागि सबैको सद्भाव र सहयोग अनिवार्य छ।
कार्यकारी अध्यक्ष, आरजु राइस मिल