काठमाडौं। होटल ग्रीन लुम्बिनीेले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्राइभेट लिमिटेडसँग व्यवस्थापकीय साझेदारी सुरू गरेको छ। पुस २९ गतेदेखि होटलले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीसँग साझेदारी सुरू गर्ने भएको हो।
होटल ग्रीन लुम्बिनीेले नेपालको प्रदेश ५ मा आन्तरीक र वाह्य पर्यटकहरुलाई भित्र्याउदै यस क्षेत्रको समृद्धिमा सहयोग गर्ने अपेक्षा लिएको छ।
सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीको रूपमा लिएको होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल, स्पालगायतका सुविधाहरु उपलब्ध रहेका छन्।
साथै निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा सम्पन्न कोठा, जिम, हेल्थ क्लबका साथै चार तारेस्तरीय सुविधा दिने होटलको दाबी छ। ग्रुपले होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इस्टिच्युटजस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर व्यवस्थापकीय जिम्मा लिएको छ।
सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, मोरङको विराटनगर , नुवाकोटको वटार, कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमाडाैंको बानेश्वर, धोबिघाट, तीनकुने, सुन्धारा, बौद्घलगायतका स्थानहरुमा ३० वटा शाखामार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आइरहेको छ।
सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे र भैरहवामा पाँच तारे होटलसमेत सञ्चालन गर्ने तयारी बनाएको छ। ग्रुपले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैं प्रयत्नशील रहेने जनाएको छ।
सिद्धार्थ होटल ग्रीन लुम्बिनीले प्रदान गर्ने सेवाहरू
होटलमा सुविधा सम्पन्न भवन संगै ग्राहकको सुविधाका लागि २० वटा वातावरण अनुकूल कोठाहरू, रेष्टुरेन्ट एन्ड बार, स्विमिङ पुल र स्पा, सेमिनार, गोष्टिका तथा तालिमको लागि हल, नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाको व्यवस्था र फ्रि वाइफाइको व्यवस्था रहेको ग्रुपले जनाएको छ। साथै २४ घण्टा तातो, चीसो पानीको व्यवस्था, लण्ड्रीको व्यवस्था र होलिडे प्याकेज र हवाई टिकटको व्यवस्था छ।