काठमाडौं। डिजी पे प्रालि र २१ फस्ट टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ।
डिजी पे प्रालिले सेवा विस्तार गर्न सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने संस्था २१ फस्ट टेकसँग सहकार्य गर्ने सम्झौता गरेको हाे।
सम्झौतापत्रमा २१ फस्ट टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायमा आबद्ध योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने व्यावसायीले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन्।
२१ फस्ट टेक प्रालिको सौजन्य ३० हजार पर्ने प्रिमियम प्याकेज मात्र १५ हजार रुपैयाँमा गर्न सक्नेछन्। साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकताअनुसार, ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्नेछन्।
२१ फस्ट टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताइन्।
यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउँदा खुसी लागेको उनले बताइन्। उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने छ।
त्यस्तै डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले २१ फस्ट टेकसँग सहकार्य गरी आफ्ना व्यवसायीलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ।
त्यसअन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको उनको भनाइ छ। यसै गरी अरु पनि विभिन्न संस्थासँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधाहरु दिने योजना रहेको बताए।