काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ४१.०४ अंकले घटेर २ हजार १४९ बिन्दुमा झरेको हो ।
यस दिन कारोबारमा आएका २५२ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । त्यसैगरी १ कम्पनीको कारोबार स्थिर नै छ ।
यी हुन सर्वाधिक सेयरमूल्य बढेका कम्पनी
घटेको बजारमा कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यसैगरी बाराही हाइड्रोपावरको ९.९८ प्रतिशत, एनआइबिएल समृद्धि फन्ड–२ को ९.३० प्रतिशत र मध्येभोटेकोशी जलविद्युतको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ ।
यी हुन सर्वाधिक गुमाउने कम्पनी
नेप्से कारोबार आएका १८४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन गुराँश लघुवित्तको सर्वाधिक ९.१८ प्रतिशतले घटेको छ । त्यस्तै कालिका पावरको ८.४८ प्रतिशत, बलेफि हाइड्रोपावरको ७.४४ प्रतिशत, स्वालम्बन लघुवित्तको ७.३१ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ७.३० प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनी
नेप्से कारोबारमा आएका कम्पनीमध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी रिडीपावर कम्पनीको १७ करोड ८३ लाख, न्यादी पावर कम्पनीको १६ करोड ९४ लाख, अपी पावरको १४ लाख ४ हजार र अपर तामाकोसीको १२ करोड ८४ लाख रुपैयाँको कारोबार गरेका छ ।