काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार साढे ५ अर्बको कारोबार भएको छ । साढे ५ अर्बको कारोबार भएको दिनमा परिसूचक भने उच्च अंकले घटेको हो । यस दिन नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१ सय ४९ बिन्दुमा झरेर बन्द भएको छ ।
यस दिन बजार २२ सय ५ बिन्दुमा खुलेको थियो । सुरुवाती समयमा उकालो लागेको बजार धेरै समय अडिन नसकेपछि पुनः निरन्तर ओरालो लागेको हो ।
आज नेप्से परिसूचक उच्च बिन्दु २ हजार २३७ बिन्दु र न्यून २ हजार १४१ बिन्दुमा आएको थियो । सोमबार २२ सय बिन्दु उक्लिन सफल नेप्से पुनः ओरालो लागेको छ ।
नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार भने साढे ५ अर्ब भएको छ । अघिल्लो कारोबार दिन नेप्से २१ अंकले घटे पनि कारोबार भने ७ अर्ब ७३ करोड भएको थियो ।
पछिल्लो दिनमा ६२ अंकले परिसूचकमा गिरावट देखिए पनि कारोबार भने १३ अर्ब बढीे भएको छ । यसले पनि बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवै सक्रिय रहेको देखिन्छ । क्रेता र बिक्रेता सक्रियता रहेको बजार कता जाने टुङ्गो नहुने जानकार बताउँछन् ।
बुधबार बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णयले समेत बजार झन् घटेको छ । यसले दुई कुरालमई इकित गर्छ । एउटा लगानीकर्ता अझै केही दिन मौन रहने छन् । अर्को नाफा बुक गरिसकेकाहरु निस्कन खोज्ने । बिक्रेता र क्रेता दुवै सक्रिय रहेसम्म बजार धेरै अंकले माथि र धेरै अंकले तल नजाने जानकार बताउँछन् ।
यस दिन नेप्सेमा कारोबारमा आएका २५२ कम्पनीले १ करोड ४४ लाख ८२ हजार ५९५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोडको कारोबार भएको छ । घटेको बजारमा २१ कम्पनीको सेयर मूल्यमा बढेको छ भने १८४ कम्पनीको घटेको छ । त्यसैगरी १ कम्पनीको सेयर मूल्य भने स्थिर नै छ ।
घटेको बजारमा कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । त्यसैगरी शिवम् सिमेन्टको भने सर्वाधिक २२ करोड २० लाखको कारोबार भएको छ । यस दिन गुराँश लघुवित्तको सर्वाधिक ९.१८ प्रतिशतले सेयर मूल्य घटेको छ ।