काठमाडाैं । ठमेलमा ‘टर्टल लाउन्ज एन्ड क्लब’ नयाँ स्वारूपमा पुनः सञ्चालनमा आएको छ । क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालन आएको हो।
क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार क्लबमा विभिन्न खानाका परिकार खानाका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिन्छ । ‘टर्टल स्थापना भएको पाँच वर्ष भयो । यो अवधिमा ग्रहकलाई सेवासहितको मनोञ्जन दिँदै आइरहेका थियौं।
ग्राहकलाई थप मनोरञ्जन दिने हेतुले ठमेलकै मनोरञ्जनका लागि सुविधायुक्त ‘टर्टल लाउन्ज एन्ड क्लब’ लाई नयाँ संरचनासहित सञ्चालन ल्याएका छौं’, ठकुरीले भने । ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको सुविधा लिन सक्नेछन्।
उनका अनुसार क्लबमा लाइभसागीतिक प्रस्तुति दिने अवधिको समयलाई ‘लाउन्ज’ समय भनिएको छ । ‘त्यो समयमा पारिवारिक जमघट हुनेछ । वैवाहिक वर्षगाँठ, जन्मदिन मनाउन वा विभिन्न खाना खान परिवार आउँछन् ।
लाउन्जको समय म्युजिक सुनेर ग्राहकले आनन्द लिनसक्नु हुन्छ’, ठकुरी भन्छन्, ‘दिनभरिको थकानलाई आनन्द महसुस गर्न क्लब आउने हो । क्लबको विशेषता भनेको पूर्णरुपमा पारिवारिक वातावरण छ ।
क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुनेछ । जसमा फरक–फरक ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् । ‘१२ बजेदेखि डिजे म्युजिक सुरु हुने क्लबले बताएकाे छ । त्यो क्लबिङ रुचाउने ग्राहकले म्युजिकमा रमाउन सकिन्छ । हामीले सन्तुष्ट बनाउन मनोरञ्जनको ढाँचालाई फरक बनाएका हौं’, ठकुरीले भने ।
ग्राहक ‘टर्टल लाउन्ज एण्ड क्लब’ भित्र प्रवेश गरेपछि समुन्द्रमा बसेको अनुभूत गराउने उनको भनाइ छ । ग्राहकलाई मध्यजनर गरी सुविधासम्पन्न र सुरक्षाका दृष्टिकोणले क्लबलाई थप व्यवस्थित गरिएको ठकुरीले बताए ।
‘क्लब संस्कृतिको विकास भइसक्दा पनि क्लबहरु स्तरी बन्न नसक्दा मनोरञ्जका लागि आएका ग्राहक असर पुगिरहेको हुन्छ । जसले क्लब आएका स्वादेश तथा विदेशी पाहुनहरुलाई सुरक्षित वातवरणसहति सेवा-सुविधा पनि विस्तार गरेका छौं’, उनले भने ।