काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक जति ठूलो हुन्छ त्यति नै बचतकर्ताको पैसा सुरक्षित हुने बताएका छन् । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाँडेले बैंक ठूलो हुँदा बचतकर्ताको पैसा सुरक्षित हुने बताएका हुन् । बैंक ठूलो हुँदा प्रविधिसमेत बलियो हुने पाँडेको भनाइ छ ।
‘आजको दिनमा टेक्नोलोजी बलियो हुन आवश्यक छ,’ उनले भने, ‘६ महिना वर्षदिनमा टेक्नोलोजी अपग्रेड गर्नुपर्छ । त्यो महँगो पनि हुन्छ । सबैले धान्न सक्दैन ।’ठूलो बैंकले समयअनुसार टेक्नोलोजी बलियो बनाउन सक्ने उनको भनाइ छ । पुँजी सानो हुँदा एउटै बैंकले ठूला परियोजनामा लगानी गर्न नसकेको बताउँदै पाँडेले भने ‘मर्जपश्चात् बनेको इन्भेष्टमेन्ट मेगा बैंकले अब ठूला–ठूला प्रोजेक्टमासमेत लगानी गर्न सक्ने छ ।
‘नेपालमा भएका ठूला परियोजनामा कुनै एक बैंकले मात्र लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘एउटा ठूलो प्रोजेक्टका लागि धेरै संस्था मिलेर लगानी जुटाउन लामो समय जाने गरेको । बैंक मर्ज भएपछि यो समस्या समधान हुने छ ।’उनले एउटा बनाउन लाग्दा ७ वर्ष पैसा जुटाउन लागेको अनुभव पाँडेले सुनाए । । अब नयाँ क्षेत्रमा लगानी गर्नुको बिकल्प नरहेको उनी बताउँछन् ।
साथै बैंकहरुले राष्ट्रिय लेभलमा गएर पैसा कमाउन सक्नुपर्ने पाँडेको भनाइ छ । ‘अहिले बैंकहरुले कर्जा विस्तारबाट मात्र नाफा गरिरहेको छन,’ उनले भने, ‘बैंकहरुले नेसनल लेभलमा गएर पैसा कमाउने नयाँ मोडालिटीबाट अगाडि बढ्नुपर्छ ।’
अहिले बैंकहरुको नाफा घटेर औसतमा १०÷११ प्रतिशत मात्र रहेका उनले बताए । ‘बैंकले सम्पत्ति त कहिले के बेचिरहेका छन,’ उनले भने, ‘ब्यालेन्स सिट हेर्दा दुई तीन बैंकको राम्रो देखिन्छ । तर, एक्चुल अप्रेटिङ प्रोफिट डिस्काउन्ट गर्दा १०/११ प्रतिशत बढी नाफा छैन ।’ अहिले बैंक मर्जरको पहिलो चरण भएको भन्दै पाँडेले दोस्रो चरणमा बैंकको संख्या बढीमा ७÷८ वटा मात्रै हुने दाबी गरे ।
उनले भारतमा ३३ बैंक रहेको बताए । ठूलो अर्थतन्त्र भएको भारतमा ३३ बैंक रहेको अवस्थामा हामीकहाँ ७/८ भए पुग्ने उनको भनाइ छ ।
बैंकको कुल पुँजीमा पहिलो नम्बरम पुगेको छ । मर्जपश्चात् बनेको बैंकको कुल पुँजी ५८ अर्ब रुपैयाँ पुगेको छ ।
उनले मर्जसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैकिङमा पहिलो हुने बताए ।