काठमाडाैं। शिवम् सिमेन्टले 'शिवम्सँग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेताहरूको नाम लक्की–ड्रमार्फत सार्वजनिक गरेको छ। कम्पनीले पत्रकार सम्मेलन गररेर उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जनाको नाम सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार योजनामा छोटो समयमै ग्राहककाे उल्लेख्य संख्यामा सहभागिता रहेको थियाे। लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार वापत बागमती प्रदेशबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्।
दोस्रो पुरस्कारअन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन्।
तेस्रो पुरस्कारअन्तर्गत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन्। चौथो बापत पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन्।
शिवम् सिमेन्टले मंसिर १८ देखि 'शिवमसँग उपहार टन्न' नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी २ सय रूपैयाँदेखि ५ सय रूपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो।
कम्पनीले योजना सफल पार्न सहयोग गर्ने सिमेन्ट परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक र वितरकहरूलाई धन्यवाद दिँदै अझै यस योजनाअन्तर्गत स्योर सर्ट पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।
स्क्रयाच कुपनमार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरून्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरूलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीकाे विश्वास छ।