काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जी नेपाली बजारमा भित्र्याएको छ । यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ ।
रियलमी १० प्रो+ ५जीको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको सुरुवात भएको कम्पनीले जानकारी दिएको छ । फोन क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक रहेको छ । झट्ट हेर्दा रियलमी १० प्रो+ ५जी हेर्दा यस्तो देखिने यस फोनको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ ।
यस फोनमा ८ सय निटको ब्राइट्नेस भएकाले दिउँसोको उज्यालोमा पनि मज्जाले स्क्रिन देख्न सकिन्छ । १ बिलियनभन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडिआर १०ं सर्टिफाईड कलर गेमुट भएकाले यसमा एचडिआर कन्टेन्टहरु पनि मजाले हेर्न सकिन्छ । यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ ।
डिजाइनको कुरा गर्दा रियलमी १० प्रो ५ जि पहिलाको मोडल हरु भन्दा धेरै फरक छ । र त्यसकाे मुख्य कारण हो यसको कर्भ्ड डिस्प्ले जुन योभन्दा अगाडि फ्ल्यगसिप लेभलको फोनहरुमा मात्र हुन्थ्यो । यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनल इफेक्ट दिन्छ । ७.७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रो+ ५जी वजन भने १७३ ग्राम रहेको छ ।
यस फोनमा आकर्षक तरिकाले पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रो ५ जिलाई शानदार लुक दिएका छन् । यी तीनवटा क्यामरामध्ये प्रमुख सेन्सरमा ५० एमपीबाट १०८ एमपीको अपग्रेड दिइएको छ भने ८ एमपीको अल्ट्रा वाइड र २ एमपीको म्याक्रो लेन्स पहिलाको जस्तै छन् ।
रियलमी १० प्रों ५ जिमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउँछ । त्यस्तै यसको क्लिन र प्रिसाइज हाप्टिक फिडब्याकले पनि प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स दिन्छ । यसमा राखिएको ४डी गेम भाइब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स पनि उत्तिकै राम्रो प्रदान गर्छ । सफ्टवेयरको कुरा गर्नुपर्दा यसमा रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रिइन्स्टल गरिएको छ ।
यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ । जसले ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ, भन्नुको अर्थ रियलमी १० प्रो ५ जी ५० मिनेटभन्दा कम समयमै फुल चार्ज हुन्छ । कनेक्टिभिटी अप्सनको रुपमा यसमा टाइप सि युएसबि, डुअल ब्यान्ड वाइफाइ, फाइभ जी, ब्लुटुथ ५.१ र एनएफसी दिइएको छ ।
आकर्षक नेबुला ब्लु रंगमा उपलब्ध रियलमी १० प्रो ५जीको स्टोरेज क्षमता ८ जीबी बाइ १२८ जिबि रहेको छ भने यसको मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।