काठमाडौं। उपाए नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ।
ग्लोबल इक्वीटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त रूपमा प्रचारित प्रवर्द्धित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डले उपाएलाई उक्त लगानी प्रदान गरेको हो।
उपाए एक लजिस्टिक्स कम्पनी हो। २०१८ सालमा स्थापना भएको यस कम्पनीले देशभरमा बजार एकिकरण, संचालन र ‘इन्ड टु इन्ड’ डेलिभरी सञ्चालन गर्दै आइरहेको छ। कम्पनीले उपाएलाई ६ लगानी प्रदान गरेको हो।
उपाएले यसअघि डोल्मा इम्प्याक्ट फन्ड–२ बाट १८ करोड रूपैयाँ लगानी पाएको थियो। कम्पनीले व्यवसय विस्तार गर्न लगानी जुटाउदै आइरहेको कम्पनीका प्रबन्धक निर्देशक सुमन रायमाझिलेले बताए। रायमाझिका अनुसार नेपाल इन्फ्रास्ट्रचर डेभलपमेन्ट फण्डबाट प्राप्त लगानीले व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिनेछ।
साथै लगानी पूर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहने रायमाझिले बताए। आफ्ना चालक/सवारी साझेदार, फेन्चाइज साझेदार, व्यापारिक साझेदार र गठबन्धन साझेदारी समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुने उनले बताए।
उपाय–२ को समापनको लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रहेको छ। उपाय–२ यातायातमा संलन साझेदार/सरोकारवालासँगको सहकार्यमा लजिस्टिक्स क्षेत्रको उत्थानमा केन्दित छ।
यसले गोदाम निर्माण, उपाए स्टेशन र देशभरीका ट्रकको विश्राम केन्द्र, उपाए नगर–ट्रान्समिटर हबका पूर्व मध्ये र पश्चिम नेपालमा अन्तर सञ्चालनका लागि बहु यातायात प्रणाली साथै उपाए गठबन्धन अन्तर्गत शहर सिंक्रोनाइजेसन काम गर्नेछ।
कम्पनीले नेपाल भर ग्राहकको सहज डेलिभरीका लागि ३०० भन्दा बढी पिनकोड डेलिभरी पोइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ।