काठमाडाैं। बेकाेले 'वेलकम विन्टर' नामक योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूले बेको ब्रान्डका जाडो मौसममा प्रयोग हुने समानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने छ।
जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा चार हजार बराबरको फ्री इन्स्ट्रलेसन पाइन्छ।
चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको यूरोपको ट्प होम एप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरूको खरिद गरी आफ्ना ग्राहकलाई ढुक्क हुन आह्वान गरेको छ।
चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको हाे। कम्पनीले मुलुक भरका आफ्ना ४०ं वटा सर्भिस सेन्टरबाट यो सेवा निरन्तर रुपमा दिइरहेको छ। बेकोका उत्पादनमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेकाे जनाएकाे छ।
बेको ब्रान्डकाे आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरूमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।