काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ४६.७६ अंकले बढेको छ।
उच्च अंकले बढेको बजारमा ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा उछाल आएको छ।
यस दिन बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगाटी हाइड्रोपावर र खप्तड लघुवित्तको सकारात्मक सर्किट लागेर कारोबार भएको छ। यी आठ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
आज नेप्से कारोबारमा आएका मध्ये ३१ कम्पनीको सेयरमूल्य घटेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा स्वाभिमान लघुवित्त रहेको छ। लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.५७ प्रतिशतले घटेको छ।
त्यसैगरी धौलागिरी लघुवित्तको २.४४ प्रतिशत र डिप्रोक्स लघुवित्तको १.८० प्रतिशतले सेयरमूल्य घटेको छ। सेयरमूल्य घट्नेमा अधिकांश बैंक तथा वित्तीय संस्थाको ऋणपत्र कारोबार रहेको छ।
कारोबारमा आएका कम्पनी मध्ये रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २० करोड ६८ लाखको कारोबार भएको हो।
त्यसैगरी न्यादी हाइड्रोपावरको १६ करोड, एनआइसी एसिया बैंकको १६ करोड, शिवम सिमेन्टको १३ करोड र नबिल बैंकको १२ करोडको कारोबार भएको छ।