काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्न (नेप्से) उच्च अंकले बढेको छ । यस दिन नेप्से ४५ अंकले बढेर २२ बिन्दु उक्लिएको हो।
यस दिन २ हजार १७१ बिन्दुबाट खुलेको बजार ४६.७६ अंकले बढेर २ हजार २११.३८ बिन्दुमा पुगेर बन्द भएको छ। पुस १९ गते ३.८२ अंकले बढेर १ हजार ८५८ बिन्दुमा बन्द भएको बजार १५ औं दिनमा आइपुग्दा २ हजार २ सय बिन्दु पुग्न सफल भएको छ।
सामान्य करेक्सन बाहेक बजार निरन्त उकालो लाग्दै आएको छ। १५ औं कारोबार दिनसम्म आइपुग्दा नेप्से परिसूचक साढे तीन सय अंकले बढेको छ। साथै कारोबार रकममा समेत बढोत्तरी भएको छ।
बजार बढ्न थालेसँगै कारोबार सकम समेत बढोत्तरी आएको हो। दैनिक अर्बको हाराहारीमा भइरहेको कारोबार बजार बढ्न थालेसँगै ३ देखि ४ अर्ब भइरहेको छ। विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले उचालिएको बजार उनी अर्थमन्त्री भइसकेपछि निरन्तरता पाएको छ।
कतिपयले उनको आगमनलाई सेन्टिमेन्टको रूपमा व्याख्या गरेका थिए। पौडेल अर्थमन्त्री हुँदा सकारात्मक नीति ल्याउने हुँदा बजार बढ्ने गरेको जानकार बताउँछन्। पछिल्लो एक वर्षदेखि निरन्तर ओरोलो यात्रामा रहेको बजारलाई माथि उठाउन सेन्टिमेन्टले काम गर्ने आकँलन गर्दै आइरहेको छन्।
यता तरलता सहज भएको जस्तो देखिए पनि सहज भइसकेको अवस्था छैन। झन पुसको दबाब पर्ने देखिन्छ। यस्तो अवस्थामा बजार प्रति दुई किसिमको आकँलन सुरू भएको छ।
बजारको आगामी यात्रा निकै रोचक रहने छ। बजार २२ सय उछिनेर २३ पुग्छ वा २२ बाट तल झर्छ? यसलाई भने महत्वका साथ हेर्नुपर्नेछ। यस दिन नेप्सेमा कारोबारमा आएका २५७ कम्पनीले १ करोड ४६ लाख ७६ हजार २०६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोडको कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा १७३ कम्पनीको सेयर मूल्यमा बढको छ भने ३१ कम्पनीको घटेको छ। त्यसैगरी ६ कम्पनीको सेयर मूल्य भने स्थिर नै छ। आज नेप्सेमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको २० करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ।त्यसैगरी न्यादी ग्रुप पावरको १६ करोड ९६ लाख र एनआइसी एसिया बैंकको १६ करोड ७८ लाख रूपैयाँको कारोबार भएको छ ।