काठमाडौं। बारा सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालन अनुमति प्राप्त गरेर पनि सम्झौता गर्न नआएका २४ उद्योग–लगानीकर्ता खारेजीमा परेका छन्।
पछिल्लोपटक विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज) बाट उद्योग स्थापना गर्न सैद्धान्तिक सहमति गरेका उनीहरू खारेजीमा परेका हुन्। सेजले केही समयअघि उद्योग सञ्चालन गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो।
अनुमति प्राप्त गरेको १ सय २० दिनभित्र सेजासँग सम्झौता गर्नुपर्ने व्यवस्था छ। उक्त अवधिमा सम्झौता गर्न नआएर २४ उद्योग तथा लगानीकर्ता खारेजीमा परेको र चारले भने सम्झौता गरेको प्राधिकणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए।
सिमरा सेजमा अनुमति प्राप्त गरी सम्झौता गर्न नआएर खारेजीमा परेका उद्योग तथा लगानीकर्तामा अर्घा पोली इन्डस्ट्रिज प्रालि, इम्प्याक्ट नेपाल प्रालि, अशोक खड्गी, श्रीराम निकेतन बोइटेक प्रालि, अमरदीप गार्मेन्ट्स इन्डस्ट्रिज प्रालि, बिग विङ्स टेड्रिङ कन्सर्न प्रालि, एभरेस्ट इक्विपमेन्ट प्रालि छन्।
त्यसैगरी दीपक कपाली, थांका प्रोडक्सन इन्डस्ट्री, वलेन एन्ड फेल्ट गुड्स मेनुफ्याक्चरिङ, एकता जाजोडिया (सिमेन्ट), एकता जाजोडिया (आसर्टफिसियल ग्रानिटी मेनुफ्याक्चरिङ) र एकता जाजोडिया (आर्टीफिसियल मार्बल) र एकता जाजोडिया (स्पाइसिस मेनुफ्याक्चरिङ इन्डस्ट्री) पनि खारेजीमा परेका छन्।
त्यस्तै गणेश मेटल वक्र्स एन्ड टे«डर्स प्रालि, बागमती पेपर इन्डस्ट्रिज प्रालि, नवराज बजगाईं, रेवची इन्टरनेसनल प्रालि, महेश श्रेष्ठ (डग फुड मेनुफ्याक्चरिङ), एभरेस्ट फर्मास्युटिकल्स प्रालि, बायोभिटा हेल्थकेयर प्रालि, एग्रो थाई फुड्स प्रालि, एग्रो प्रोसेसिङ एन्ड एलाइड उद्योग र सुरेन्द्रकुमार कलवार (स्विस ज्वेल्सी) खारेज भएका हुन्।
सिमरा सेजमा चार उद्योगी तथा लगानीकर्ताले भने उद्योग सञ्चालन सम्झौता गरेका छन्। जसमा मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालि, बागमती आटर््स एन्ड ह्यान्डिक्राफ्ट प्रालि, एभरेस्ट फेसन र बालाजी मेनुफेक्चरिङ प्रालि गरी चार कम्पनीले २९ करोड ८७ लाख रुपैयाँबराबरको लगानी सम्झौता गरेका छन्।
सिमरा सेजमा अनुमति प्राप्त गरी सम्झौताका लागि १ सय २० दिन म्याद रहेका कम्पनी १० छन्। ती कम्पनी तथा लगानीकर्तामा थ्रेडर्स अफ हिमालयन प्रालि, सुबोध गुप्ता, अजित खतिवडा, दिनेशकुमार गौतम, सुदीपकुमार खेतान, अनिलकुमार अग्रवाल, आशिषकुमार लाठ, शुलभ कृषि कम्पनी, ज्योतिकुमारी साह र यसकुमार अग्रवाल छन्।
कार्यकारी निर्देशक भट्टका अनुसार ती कम्पनी तथा लगानीकर्ता आफूले अनुमति प्राप्त गरेको १ सय २० दिनभित्र सम्झौता गरिसक्नुपर्छ।
हाल सिमरा सेजमा ४९ प्लट खाली रहेको सेजाले जनाएको छ। खाली प्लटमा पनि उद्योग स्थापना गर्न पुस ५ मा सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरिएको सेजाले जनाएको छ।
६८ प्लट रहेको सिमरा सेजमा एउटा प्लट १ हजार ५ सयदेखि ३ हजार ५ सय वर्गमिटरका छन्। सरकारले सिमरा सेजमा ३ अर्ब रुपैयाँ लगानी गरेको छ।
ब्लक ‘ए’ सहित सिमरा सेज ८ सय १४ बिघा क्षेत्रफलमा फैलिएको छ। सरकारले निर्यात प्रवद्र्धन र व्यापार घाटा कम गराउनुका साथै मुलुकमै रोजगारी सिर्जना गर्न सात प्रदेशमा १४ वटा सेज घोषणा गरेको छ। जसमा भैरहवा सेज र सिमरा सेज सञ्चालनमा छन्।