एजेन्सी। सन् २०२२ मा अमेरिकाको प्रविधि कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। अमेरिकाको सिलिकन भ्यालीमा रहेको एप्पलको बजार पुँजीकरण २३ खर्ब (२.३ ट्रिलियन) अमेरिकी डलरबराबर रहेको छ।
विश्वभरि बढ्दो ब्याजदर र बिक्रीमा आएको कमीका बाबजुद एप्पल सबैभन्दा ठूलो कम्पनी बन्न पुगेको हो। आइफोनको अधिक मागले गर्दा एप्पलको आम्दानीमा वृद्धि हुँदा कम्पनीको बजार पुँजीकरण बढेको हो।
एप्पलको कूल आम्दानीकाे आधा हिस्सा आइफोन बिक्रीबाट प्राप्त भएको छ। एप्पलको बजार पुँजीकरण विश्वको आठौं ठूलो अर्थतन्त्र क्यानडाको भन्दा बढी छ। क्यानाडाको अर्थतन्त्र २२ खर्ब डलरबराबर छ।
यस्तै दोस्रो स्थानमा अमेरिकाकै प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसन छ। बिल गेट्सको माइक्रोसफ्ट कर्पोरेसनको मूल्य १९ खर्ब (१.९ ट्रिलियन) डलर छ। तेस्रो स्थानमा साउदी अरेबियाको ऊर्जा कम्पनी साउदी अराम्को छ। अराम्कोको बजार पुँजीकरण १८ खर्ब (१.८ ट्रिलियन) डलर छ।
चौथौ स्थानमा अमेरिकी प्रविधि कम्पनी अल्फावेट रहेको छ। अल्फावेटको बजार पुँजीकरण १२ खर्ब .१.२ ट्रिलियन) डलर छ। पाँचौ स्थानमा जेफ बेजोसको अमेजन छ। अमेजनको बजार पुँजीकरण ९ खर्ब २४ अर्ब डलर छ।
यस्तै छैठौं स्थानमा परेकाे विश्वकै सेयर बादशाह वारेन बफेटको ब्रेकसायर हाथवे कम्पनीको बजार पुँजीकरण ७ खर्ब ८६ अर्ब डलर छ। सातौं स्थानमा एलन मस्कको टेस्ला कम्पनी छ। टेस्लाको बजार मूल्य ५ खर्ब २२ अर्ब डलर छ।
यस्तै अमेरिकाको युनाइटेड हेल्थ ग्रुपको ५ खर्ब १० अर्ब डलर बजार मूल्य छ भने जोन्सन एन्ड जोन्सन कम्पनीको ४ खर्ब ६५ अर्ब डलर छ। यस्तै १०औं स्थानमा अमेरिकाको भिसा रहेको छ। भिसाको बजार मूल्य ४ खर्ब ५४ अर्ब डलर छ। बजार मूल्यका आधारमा १००औं स्थानमा अमेरिकी कम्पनी लोवेज छ। लोवेजको बजार मूल्य १ खर्ब २४ अर्ब डलर छ। विश्वका १० मूल्यवान कम्पनीमा नाैवटा अमेरिकाका र एक साउदी अरबको छ।
अर्थ व्यवस्थामा आएको सुस्तताले एप्पलको बिक्रीमा कमी आउँदा बजार पुँजीकरण २८.१ प्रतिशतले घटेको छ। यस्तै डलरको मूल्यवृद्धिले कम्प्युटरको मागमा आएको गिरावटका कारण बिल गेट्सको माइक्रोसफ्टको आम्दानीमा कमी आएको छ। बिक्रीमा सुस्तता आए पनि माइक्रोसफ्ट विश्वको दोस्रो मूल्यवान कम्पनी बनेको छ।
यद्यपि, यसको बजार मूल्य २९.१ प्रतिशत घटेको छ। अल्फाबेटको ३८.७, अमेजनको ५०.३९, टेस्लाको ६८.९ र भिसाको ७.४ प्रतिशत घटेको छ।
कच्चातेलको मूल्यमा आएको उछालले गर्दा साउदी आरम्कोको बजार मूल्य बढेर तेस्रो स्थानमा चढेको हो।साउदी अरब विश्वको ठूलो तेल निर्यातक हो।
सन् २०२२ मा साउदीको आर्थिक वृद्धि ७.६ प्रतिशत भएको अनुमान छ। साउदी विश्वको तीव्र आर्थिक वृद्धि भएको उदीयमान अर्थतन्त्र हो।
विश्वका १० मूल्यवान कम्पनीमध्ये ६२ को केन्द्रीय कार्यालय अमेरिका, ११ वटाको चीन र पाँचको फ्रान्समा छ।
विश्वका धेरै जसो टाइकनहरूले उनीहरूको बजार मूल्य घटेको देखेका छन्। यीमध्ये आधा कम्पनीकाे दोहोरो अंकको गिरावट देखिएको छ।
यस वर्ष टेस्लाले आफ्नो मार्केट क्यापको लगभग ७० प्रतिशत मेटाएको छ। यस गिरावटको पछाडि दुई मुख्य कारक छन्। घट्दो माग, विशेष गरी ची र प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कको ट्वीटरको अस्थिर र जोखिमपूर्ण अधिग्रहण हो। अर्कातर्फ, युनाइटेड हेल्थ समूहले शीर्ष १० मध्ये सबैभन्दा बलियो प्रदर्शन गरेको छ।
प्रविधि कम्पनीका दबदबा
बजार पुँजीकरण घटे पनि विश्वमा प्रविधि कम्पनीका दबदबा बढेको देखिन्छ। एप्पललगायत २० प्रविधि कम्पनीको बजार मूल्य ९ सय २० खर्ब डलर छ।
यस्तै अमेजनलगायत १८ कन्जुमर कम्पनीका मूल्य ४ सय ७० खर्ब, हेल्थकेयरमा युनाइटेडलगायत १७ कम्पनीको ४ सय ३० खर्ब छ। ऊर्जामा साउदी आरम्कोलगायत आठ कम्पनीका ३ सय ४० खर्ब, ब्रेकसायरलगायत १४ कम्पनीका ३ सय खर्ब, भिसालगायत अन्य औद्योगिक समूहको १ सय ८९ खर्ब डलर मूल्य छ।
भाग्य परिवर्तन
यो कुनै आश्चर्यको कुरा होइन कि विश्वका धेरै ठूला कम्पनी विश्वबजारमा लामो समयदेखि स्थापित खेलाडी हुन्।
तै पनि सूचीभित्र २०२१ को तुलनामा केही उल्लेखनीय राइजर युनाइटेड हेल्थ ग्रुप हो। नभिडा जुन गत वर्ष ३ सय २४ बाट बढेर विश्वव्यापीरूपमा ११औं ठूलो कम्पनी बन्न सफल भएको छ।
यसको विपरीत केही सबैभन्दा ठूलो मेटा (फेसबुकको मूल कम्पनी) र अलिबाबा तल झरेका छन्। यसैबीच अलिबाबा कुनै समय विश्वव्यापी नवौं ठूलो थियो। तर, २०२२ मा झरेको छ। दुवै कम्पनीकाे आफ्नो बजार क्यापबाट उल्लेख्य मूल्य घटेको छ।
वर्ष नजिकिँदै गर्दा विश्वका ठूला कम्पनीले २०२३ मा पुनरागमन गर्छन् वा अगाडि थप चुनौतीपूर्ण अवस्थाहर सामना गर्नेछन्, यो हेर्न बाँकी छ।