काठमाडौ। एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ। शुक्रबार शंकर होटल लाजिम्पाटमा भएको साधारणसभाले नयाँ सञ्चालक समिती समेत निर्विरोध चयन गरेको छ।
सभाले दिनेश आचार्यकाे अध्यक्षतामा सञ्चालक समितिकाे नयाँ नेतृत्वमा चयन गरेकाे हाे। नवनिर्वाचित सञ्चालकहरू बोधप्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल छन्। गत वर्ष स्थापना भएको सो सस्था सेयर बजारका सक्रिय लगानीकर्ताको सहकार्यमा गैरआवासिय नेपालीको लगानीमा सञ्चालित छ।
मर्चेन्ट बैंकरको रूपमा कारोबार सुरू गर्ने तयारी गरिरहेको उक्त क्यापिटललाई नेपाल धितोपत्र बोर्डले सञ्चालनका लागि सैद्धान्तिक सहमती (एलओआई) दिइसकेको छ।
उक्त क्यापिटलले लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, अन्डरराइटिङ र डिपी खाता सञ्चालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरूको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ।
सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बिओके क्यापिटल, जनता क्यापिटल, समृद्धि क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन्।
मर्चेन्ट बैंकरको संख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा स्थापित यस सस्थाले बजारमा नयाँ योगदान दिने कुरामा विश्वास गर्न सकिन्छ।