काठमाडौं। साताकाे अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्न (नेप्से) सामान्य अंकले बढेको छ। यस दिन नेप्से १८.०९ अंकले बढेर २ हजार १ सय ४३ बिन्दु पुगेको हो।
बिहीबार २ हजार १ सय ३४ बिन्दुमा खुलेको नेप्से करिब १८ अंकले बढेर साढे २१ सय बिन्दु पुगेको छ। कारोबार सुरूभएदेखि उतार चढाप खेप्दै नेप्से उकालो लागेर बन्द भएको छ।
यस दिन नेप्से २१ सय ६० उच्च बिन्दु र न्यून २ हजार ११३ बिन्दु समातेको थियो। बढेको बजारमा ५ अर्ब बढीको कारोबार भएको छ।अघिल्लो कारोबारको तुलनामा यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा ३ अर्ब ४९ करोडको कारोबार भएको थियो। यस दिन नेप्सेमा कारोबारमा आएका २५९ कम्पनीले १ करोड २५ लाख ८१ हजार ९८२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४ करोडको कारोबार भएको छ।
उच्च अंकले बढेको बजारमा १४७ कम्पनीको सेयर मूल्यमा बढको छ भने ६२ कम्पनीको घटेको छ। त्यसैगरी ४ कम्पनीको सेयरमूल्य भने स्थिर नै छ। आज नेप्सेमा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा अधिकांश लघुवित्त संस्था रहेका छन्।
आज चन्द्रागिरि हिल्स, वृद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रीजनशील लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ। यस दिन सिटिजन्स म्युचल फन्ड–२ को मूल्य सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ।
हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४३ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ। त्यसैगरी रिडी हाइड्रोपावको २१ करोड ४१ लाख र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ।