काठमाडौं। साता चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्न (नेप्से) उच्च अंकले बढेको छ। यस दिन नेप्से ६४.७८ अंकले बढेर २ हजार १ सय विन्दु माथि उक्लिएको हो।
बुधबार २ हजार ६९ बिन्दुमा खुलेको नेप्से ६४ अंकले बढेर २१ बिन्दुमाथि पुगेको छ। कारोबार सुरू भएपछि सुस्त गतिमा उकालो लागेको नेप्से २ बजेपछि ह्वात्तै बढेको हो।
यस दिन नेप्से २१ सय २६ उच्च बिन्दु र न्यून २ हजार ६६ बिन्दु समातेको थियो। बढेको बजारमा साढे ३ अर्बको कारोबार भएको छ। अघिल्लो कारोबारको तुलनामा यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ।
यस दिन नेप्सेमा ३ अर्ब ५० करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ३ अर्ब ३८ करोडको कारोबार भएको थियो। यस दिन नेप्सेमा कारोबारमा आएका २५८ कम्पनीले ८७ हजार ३३ पटक खरिद बिक्री हुँदा ३ अर्ब ५० करोडको कारोबार भएको छ। उच्च अंकले बढेको बजारमा २०८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ।
बुधबार नेप्सेमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा अधिकांश लघुवित्त संस्था रहेका छन्। आज साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन डिस्टीलरी र कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर कम्पनी र खप्तड लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको हाे।
नेपाल एसबिआई बैंको ऋणपत्रको मूल्य सर्वाधिक १.९९ प्रतिशतले घटेको छ। हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ११ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ।
त्यसैगरी सानिमा माई हाइड्रोपावरको १० करोड ८७ लाख र नेपाल टेलिकमको १० करोड रूपैयाँको कारोबार भएको छ।