काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेका छन्।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन भएको जानकारी गराएको हाे।
चालू पुँजी कर्जाकाे सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन गरेको छ।
लामो समयदेखि व्यवसायीले चालु पुँजी कर्जा मार्गदर्शन रोक्न दबाब दिर्दै आइरहेका थिए । दुई वर्ष चालु पुँजी कर्जा रोक्नपर्ने उनीहरुकाे माग िथयाे ।
उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि कार्यान्वयनमा आएको थियो। सोमबार गभर्नरले व्यवसायिक संगठनका पदाधिकारी र मंगलबार बैंकरसँग छलफल गरेका थिए । छलफलमा व्यवसायी र बैंकरहरुले चालू पुँजी कर्जा संशोधन गर्न माग गरेका थिए ।
हाल ५० लाख रुपैयाँ रुपैयाँ भन्दा माथिको कर्जामा मार्गदर्शन लागु हुने भएकोमा अब १ करोड रुपैयाँ भन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिँदा मार्गदर्शन लागू हुने भएको छ ।
यस्तै, विगतमा स्थायी प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ५ वर्षसम्म दिन पाईने व्यवस्था भएकोमा आगामी दिनमा स्थाई प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ३ देखि १० वर्षसम्मका लागि दिन पाइने व्यवस्था गरिउको छ ।
यदी कुनै ऋणीले ऋण लिएको अवधभन्दा अगाडी नै कर्जा भुक्तानी गर्न चाहेका थप कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।
विगतमा ५ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर कर्जा दिनु पर्ने व्यवस्थालाई संशोधन गर्दै ३ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर मात्रै चालू पुँजी प्रकृतिको कर्जा दिन मिल्ने व्यवस्था गरिएको छ ।
सञ्चालन आय नभएको र भर्खरै स्थापना भएको संस्थालाई अनुमानित सञ्चालन खर्चको आधारमा चालू पुँजी प्रकृतिको कर्जा दिने व्यवस्था गरिएको छ ।